: गृहमन्त्री रमेश लेखकले जनताले आन्दोलन गरेर फालिसकेको राजसंस्था फर्किन नसक्ने स्पष्ट पारेका छन्। आइतबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले आन्दोलन गरेर फालिसकेको राजसंस्था र राजालाई जनताले फेरि फर्काएर ल्याउँछन् भनेर कसैले विश्वास गर्न नसक्ने बताएका हुन् ।
उनले मुलुकमा विकल्पका रूपमा राजतन्त्र हुन सक्छ भन्ने भ्रममा नबस्न पूर्व राजालाई सुझाव समेत दिए। गृहमन्त्री लेखकले केही मानिसले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने फैलाएको भ्रममा पूर्व राजालाई हौसिन आवश्यक नरहेको जिकिर गरे।
उनले मुलुकको लोकतन्त्र संयमित, परिष्कृत, उद्दार र सहिष्णुता रहेकोको बताउँदै जनताले फालिसकेको राजसंस्थाका राजाले सबै स्वतन्त्रतापूर्वक अधिकारको उपभोग गरेर बसिरहेको बताए। लोकतन्त्रलाई कसैले पनि कमजोरीका रुपमा नलिन उनले चेतावनी दिए ।