: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्ने बताएका छन्। रौतहटको गरुडा नगरपालिका-५ ले सुरु गरेको विपन्न नागरिकका लागि राइस कुकर वितरण कार्यक्रमको उद्घाटन गर्दै उनले गणतन्त्र स्थापना भएसँगै एक चरणको राजनीति क्रान्ति पूरा भएको बताएका हुन्।
उनले अब समाजवादी क्रान्तिको तयारीमा जुट्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले समाजवादका लागि जनताको आर्थिक सामाजिक रुपान्तरण अनिवार्य भएकाले कम्युनिस्ट क्रान्तिकारीहरू अब यसमै केन्द्रित हुनुपर्ने बताए।
उनले रौतहट क्रान्तिकारी कम्युनिस्टहरुको किल्ला भएको उल्लेख गर्दै यहाँ भएको किसान विद्रोहले देशभर सामन्तवादविरुद्धको आन्दोलनलाई प्रेरणा दिएको बताए।