मुख्य समाचार
वडाध्यक्ष अर्जुनकुमार कटवाललाई नेकपा माओवादी (केन्द्र )ले पार्टीबाट निष्कासन
वडाध्यक्ष अर्जुनकुमार कटवाललाई नेकपा माओवादी (केन्द्र )ले पार्टीबाट निष्कासन

: खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाललाई नेकपा माओवादी (केन्द्र )ले पार्टीबाट निष्कासन गरेको छ । एक वर्षदेखि पार्टी र कार्यालयलाई जानकारी नगराइ अमेरिका गएर नफर्किएका उनलाई माओवादीको कोशी प्रदेश समितिले अनिश्चित कालका लागि पार्टी सदस्यताबाट निलम्बन गर्दै निष्कासन गरेको हो ।



कट्वाल २०७९ को स्थानीय तह निर्वाचनमा माओवादीको तर्फबाट साकेला ४ को वडाअध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्ष भएपछि पालिका र पार्टीलाईसमेत जानकारी नदिइ अमेरिका गएपछि उनी फर्किएनन्।


उनलाई पार्टीले निष्कासन गरेको माओवादी केन्द्र खोटाङका अध्यक्ष दिपक पाण्डे(आकाश) ले बताएका छन् । वडाअध्यक्ष नहुँदा कार्यालयबाट हुने जनताका काम प्रभावित भएकाले उनलाई पार्टीबाट निष्कासन गरेको उनको भनाइ छ।

पार्टीबाट निष्कासनमा परेका वडाअध्यक्ष कटवाललाई जनप्रतिनिधिबाट निलम्बन गर्न निर्वाचन आयोगलाई समेत पत्र पठाउने अध्यक्ष पाण्डेले बताए ।

माओवादी केन्द्रको प्रदेश कमिटि अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो) र सचिव गणेश उप्रेती (शुशील)ले हस्ताक्षर गरेको निलम्बन–पत्रमा अमेरिका बस्ने वडाध्यक्षका कारण पार्टीले आलोचना खेप्नु परेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौंको कालिमाटी ढलमा फसेका एक जनालाई प्रहरीले उद्धार गरेको छ। आज बिहान काठमाडौं महानगरपालिका-२० कालिमाटी कनप पेट्रोल पम्प नजिकै रहेको ढलबाट अन्दाजी ३५ वर्षका एक जनालाई उद्धार गरेको प्रहरीले जनाएको छ। null प्रहरीका अनुसार उनलाई नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालयले उद्धार गरी थप उपचारका लागि ट्रमा सेन्टर पठाएको छ। उनको पहिचान खुल्न बाँकी रहेको ...
। पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । पोखराबाट आइतबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । विमानस्थलबाट बाहिरिने क्रममा उनले विमानस्थलको मुख्यद्वारमा स्वागत गर्न जम्मा भएका समर्थकलाई अभिवादन गरेका छन् । पूर्वराजालाई स्वागत गर्न ठूलो संख्यमा उनका समर्थक विमानस्थलको मुख्यद्वार अगाडि भेला भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल ...
: पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। खैरहनी नगरपालिका घर भएका रत्ननगर नगरपालिका–७ बस्ने ३५ वर्षीय सुरेश महतोको मृत्यु भएको हो। रत्ननगर–७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि महतोलाई शनिबार हात्तीको आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिएका छन्। जङ्गली हात्ती गोविन्देको आक्रमणबाट महतोको घटनास्थलमा नै ...
रास्वपा सभापति लामिछाने कास्की जिल्ला अदालतमा उपस्थित हुँदै
जलवायु परिवर्तन र एआई प्रविधिको विकासले पार्ने असर अहिलेको विश्वका चुनौतीहरू हुन्। नेपालले पनि जलवायु परिवर्तनमा अरूले गरेको सजाय भोग्नुपरेको छ। अमेरिकामा ४७औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले २० जनवरीमै जलवायु सम्झौतासँग सरोकार राख्ने ऐतिहासिक पेरिस सन्धिबाट अमेरिकालाई अलग गराएका थिए। जलवायु परिवर्तनको नाममा गरिने सहयोग पनि रोकेका छन्। यसले विश्वमा पर्न सक्ने प्रभावको चर्चापरिचर्चा सुुरु ...