मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग भन्दा रुससँग शान्ति सम्झौता गर्न सजिलो भएको बताए
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग भन्दा रुससँग शान्ति सम्झौता गर्न सजिलो भएको बताए

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग भन्दा रुससँग शान्ति सम्झौता गर्न सजिलो भएको बताएका छन्। शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले रुसी राष्ट्रपति पुटिनमाथि विश्वास भएको उल्लेख गरेका छन्।


उनले पुटिन युद्ध अन्त्य गर्न चाहने कुरामा आफूहरु विश्वस्त रहेको जनाए।

ट्रम्पले युक्रेनसँग व्यवहार गर्न गाह्रो हुँदै गइरहेको बताए। युक्रेनसँग धेरै विकल्पहरू नभएको बताउँदै उनले भने, 'युद्ध सकेसम्म चाँडो अन्त्य होस् भन्ने उद्देश्यले हामीले युक्रेनमाथि थप दबाब दिइरहेका छौं।'



अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध रोक्न काम गर्ने कुरा निरन्तर बताउँदै आएका छन्। यस महिनाको सुरुमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पको ह्वाइटहाउसमा भेटवार्ता भएको थियो।

ओभल अफिसमा भएको उक्त भेटमा जेलेन्स्की र ट्रम्पबीच विवाद सिर्जना भएको थियो। मिडियाकै अगाडि दुई जनाबीच चर्को बहस भएर वार्ता सफल हुन सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच ‘महत्त्वपूर्ण सहमति’ भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्केका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले ...
। इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने ...
। इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू-९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो ...
। ‘स्टोनहेन्ज’ बेलायतको एक प्रख्यात प्रागैतिहासिक स्मारक हो। यस स्मारकको केन्द्रमा ६ टन तौलको विशाल ढुङ्गा छ। यसलाई ‘अल्टर स्टोन’ भनिन्छ। पुरातन मानवहरूले यस ढुङ्गालाई सयौँ किलोमिटर टाढा स्कटल्यान्डबाट ओसारपसार गरेका थिए। एउटा नयाँ वैज्ञानिक अनुसन्धानले यो कुरा पुष्टि गरेको छ। यो अध्ययन अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको हो। यस अध्ययनले हजारौँ वर्ष अघिको मानव ...
। क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग गरेको र नक्कली प्रमाण चिह्न राखेको लगायत थुप्रै आरोपहरू लगाइएको छ। ५९ ...