मुख्य समाचार
दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतबाट रिहा
दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतबाट रिहा

: महाभियोग लगाइएका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई अदालतले प्रक्रियागत आधारमा पक्राउ गर्न आदेश दिएपछि शनिबार हिरासतबाट रिहा गरिएको छ। गत डिसेम्बर ३ मा नागरिक शासनलाई उल्ट्याउने प्रयास गरेको आरोपमा जनवरीमा पक्राउ परेका निलम्बित राष्ट्रपति मुस्कुराउँदै विशेष हिरासतबाट बाहिर निस्किएका थिए।


‘म यस देशका जनताप्रति कृतज्ञता व्यक्त गर्दै शिर निहुराउँछु,’ रिहाइपछि आफ्ना वकिलमार्फत जारी गरेको युनको विज्ञप्तिमा भनिएको छ। एक दिनअघि एक अदालतले प्राविधिक र कानुनी आधार देखाउँदै उनको गिरफ्तारी वारेन्ट रद्द गरेको थियो। यो निर्णयको अनुसन्धान गरिरहेका अभियोजनकर्ताहरूले शनिबार एक बयानमा उक्त निर्णय ‘अन्यायपूर्ण’ थियो भनेका छन्।

अभियोजकहरूले अदालतको फैसलाविरुद्ध अपिल गर्ने उनीहरूको अधिकारबारे सुनुवाइ गर्दै युनलाई रिहा गरिएको थियो। विशेष गरी यो आपराधिक अभियोगमा उनको हिरासतको प्राविधिक विवरणका बारेमा थियो। युनले आफ्नो महाभियोगलाई कायम राख्ने र औपचारिक रूपमा उनलाई पदबाट हटाउने वा नहटाउने भन्ने विषयमा छुट्टै संवैधानिक अदालतको निर्णयको पनि सामना गर्नुपर्ने छ।



अभियोजकहरूले भनेका छन्, ‘संवैधानिक अदालतको निर्णय र सम्बन्धित विचारहरूलाई ध्यानमा राख्दै महान्यायाधिवक्ताले टोलीलाई युनलाई हिरासतबाट रिहा गर्न अपील गर्नुको सट्टा सक्रिय रूपमा ‘ट्रायल कोर्ट’मा आफ्ना तर्कहरू प्रस्तुत गर्न निर्देशन दिनुभएको छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: शनिबार बिहानसम्म पूर्वी युक्रेनमा रातभर गरिएको रूसी आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको देशको आपतकालीन सेवाले जनाएको छ। यो घटना साउदी अरेबियामा अमेरिका र युक्रेनी वार्ताकारहरूबीच युद्धविरामका लागि हुने वार्ताको केही दिन अगाडि भएको हो। युक्रेनको डोनेट्स्क क्षेत्रको डोब्रोपिलियाको केन्द्रमा शुक्रबार राति भएको रूसी आक्रमणमा ११ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको आपतकालीन ...
सिरियामा असदका लडाकु र सेनाबीच झडप : दुई दिनमा १८० भन्दा बढीको मृत्यु, ३०० भन्दा बढी घाइते
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग भन्दा रुससँग शान्ति सम्झौता गर्न सजिलो भएको बताएका छन्। शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले रुसी राष्ट्रपति पुटिनमाथि विश्वास भएको उल्लेख गरेका छन्। उनले पुटिन युद्ध अन्त्य गर्न चाहने कुरामा आफूहरु विश्वस्त रहेको जनाए। ट्रम्पले युक्रेनसँग व्यवहार गर्न गाह्रो हुँदै गइरहेको बताए। युक्रेनसँग धेरै विकल्पहरू नभएको बताउँदै उनले भने, 'युद्ध ...
सिरियाको लताकिया र टार्टसमा सेना र पूर्व राष्ट्रपति बसर अल-असदका समर्थकहरूबीच विगत केही दिनदेखि झडप भइरहेको छ। यस हिंसाका कारण २ दिनमा १ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको सञ्चारमाध्यमहरुमा उल्लेख छ। यो मृत्युको संख्या २०११ मा भएको सिरियाली गृहयुद्ध पछिको सबैभन्दा उच्च भएको सिरियामा भइरहेको युद्धको निगरानी गर्ने संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको हो। संस्थाका ...
: अमेरिकाले आफ्ना नागरिकहरूका लागि एडबाइजरी जारी गरेको छ। यसमा अमेरिकी नागरिलाई भारत-पाकिस्तान नियन्त्रण सीमा वारिपरि यात्रा नगर्न आग्रह गरिएको छ। एडबाइजरीमा पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको यात्रा पनि निषेध गरिएको छ। यी क्षेत्रहरूमा आतंकवाद र सशस्त्र द्वन्द्वको सम्भावना रहेकोले उक्त एडवाइजरी जारी गरिएको जनाइएको छ। एडवाइजरीमा भनिएको छ, 'पाकिस्तानमा हिंस्रक अतिवादी समूहहरूले आक्रमण गरिरहेका छन्। बलुचिस्तान ...