मुख्य समाचार
जापानको अध्यागमनले दुई जना नेपालीलाई निष्कासन
जापानको अध्यागमनले दुई जना नेपालीलाई निष्कासन

: जापानको अध्यागमनले दुई जना नेपालीलाई निष्कासन गरेको छ। जापानको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्कासनमा पर्नेमा पुन र भुजेल रहेको स्रोतले बताएको छ। उनीहरू गत साता काठमाडौं आइपुगेको स्रोतको भनाइ छ।


अमेरिकामा मात्र नभई जापान, दक्षिण कोरिया, स्पेन, जर्मनी, ब्राजिल, मलेसिया, दुवई लगायतका मुलुकहरुले गैरकानुनी रूपमा आएका आप्रवासीलाई निष्कासन गरेका छन्। त्यसको मारमा नेपालीहरु पनि पर्न थालेका हुन्। पुन भिसाको म्याद सकिएपश्चात पनि काम गरिरहेका थिए। भुजेल चाहिँ भिसाको दूरुपयोग गरिरहेको अवस्थामा पक्राउ परेको जनाइएको छ। यद्यपि उनले कसरी दुरुपयोग गरे भन्ने खुलाइएको छैन। उनीहरूलाई कोरियन एयरलायन्स र थाइ एयरलायन्सको विमानबाट नेपाल फर्काइएको हो।

पछिल्लो समय जापानले पनि अवैधरूपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्न थालेको छ। विभिन्न प्रवेशाज्ञामा जापान पुगेका आप्रवासीहरूलाई कडाइ गर्न थालेपछि नेपालीहरू समेत त्यसको मारमा पर्न थालेका हुन्।



फागुनको दोस्रो साता जापानको अध्यागमनले चार नेपाली र फागुनको पहिलो साता पनि पाँच जना नेपालीलाई जापानले निष्कासन गरेको थियो। निष्कासित हुनेमा मगर, थापामगर, तामाङ, गौचन, चेम्जोङ, विष्ट, राजभाट, बस्याल र पौडेल थरका एक/एक जना रहेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको राजधानी टोकियोमा पछिल्लो समय एउटा अनौठो पसलले सबैको ध्यान तानिरहेको छ। त्यो पसल त्यत्तिकै चर्चित भएको होइन। यो सायद दुनियाँकै एउटामात्रै त्यस्तो पसल हो, जसमा खुलमखुल्ला चोरी गर्न पाइन्छ। उक्त पसलभित्र प्रवेश गरेसँगै जोकोहीलाई सामान चोर्नका लागि ६० सेकेन्डको समय दिइन्छ । त्यो समयभित्रमा पसलमा भएको जुनसुकै सामानहरु उठाउन पाइन्छ। तर आफूलाई मन ...
— जापान सरकारले नयाँ तालिम तथा रोजगारी प्रणालीअन्तर्गत स्वीकार गरिने विदेशी कामदारको संख्या सीमित गर्ने तयारी थालेको छ । क्योदो न्युजका अनुसार सन् २०२७ को आर्थिक वर्षमा कार्यक्रम सुरु भएपछि पहिलो दुई वर्षमा करिब ४ लाख २६ हजार विदेशी कामदार मात्र स्वीकार गर्ने विषयमा जापानी सरकारभित्र छलफल भइरहेको छ । जापानी समाजमा विदेशी नागरिकको संख्या बढ्दै ...
— फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत डडेल्धुराको फैसलाले लागुऔषध मुद्दामा ८ दिन कैद, १० हजार ४०० रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ गरेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उप–महानगरपालिका–३ मिलनचोक बस्ने २२ वर्षीय आयुष सिजापती रहेका छन् । उनलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारबाट जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको छ । प्रहरीका ...
। जापानको ‘स्की’ रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ । गत अप्रिल देखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालुहरू घर भित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू नियमित रूपमा रिपोर्ट गरिएको छ । नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्ककी काजुया शिराकावालाई ...
— जापानको उत्तरपूर्वी क्षेत्रमा सोबार राति गएको ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तिमा ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर १५ मिनेटमा गएको थियो । यसको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा करिब ८० किलोमिटर टाढा जमिनभन्दा ५० ...