मुख्य समाचार
एलोन मस्कले युक्रेनको इन्टरनेट बन्द गर्ने धम्की
एलोन मस्कले युक्रेनको इन्टरनेट बन्द गर्ने धम्की

: टेस्ला र स्टारलिङ्कका सीईओ एलोन मस्कले युक्रेनको इन्टरनेट बन्द गर्ने धम्की दिएका छन्। आइतबार मस्कले यदि उनले युक्रेनमा आफ्नो स्टारलिङ्क इन्टरनेट प्रणाली बन्द गरे भने युक्रेनको रक्षा रेखा ध्वस्त हुने बताएका छन्।


मस्कको स्टारलिङ्क इन्टरनेट प्रणाली युक्रेनलाई सैन्य सञ्चार कायम राख्न सहयोगी भएको छ।

मस्कले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेखेका छन्, 'स्टारलिङ्क प्रणाली युक्रेनी सेनाको मेरुदण्ड हो। युक्रेनले अन्ततः हार्ने युद्ध र नरसंहारको बारेमा म चिन्तित छु।'



तर पछि उनले अर्को पोस्ट गर्दै यस्तो आफूले कहिल्यै नगर्ने भनेर स्पस्ट पारेका छन्। उनले लेखेका छन्, 'म युक्रेनको नीतिको जतिसुकै विरुद्धमा भए पनि त्यहाँ स्टारलिङ्कको टर्मिनल कहिल्यै बन्द गर्ने छैन। म स्टारलिङ्क इन्टरनेटलाई मोलमोलाईको रूपमा प्रयोग गर्दिनँ।'

पोल्याण्डका विदेशमन्त्री राडोस्लाव सिकोर्स्कीले पोल्याण्डले युक्रेनको स्टारलिङ्कलाई वार्षिक ५ करोड डलर दिने बताएका थिए। उनले भने, 'युद्ध पीडितलाई धम्की दिनु र तर्साउनु एउटा कुरा हो तर यदि SpaceX अब इन्टरनेट प्रदायकको रूपमा भरपर्दो रहेन भने हामीले विकल्पहरू खोज्नुपर्छ।'

जवाफमा मस्कले भने, 'चुप लाग्नुस्, सानो मान्छे। तपाईंले स्टारलिङ्कको लागतको सानो अंश मात्र तिर्नुहुन्छ। जे भए पनि स्टारलिङ्कको विकल्प छैन।'

स्टारलिङ्कले लो-अर्थ अर्बिट मा उपग्रहहरूको नेटवर्क सञ्चालन गर्दछ। यसमार्फत धेरै देशहरूमा अन्तरिक्ष-आधारित ब्रॉडब्यान्ड कनेक्टिभिटी प्रदान गर्दछ। कम्पनीले विश्वको जुनसुकै ठाउँमा पनि स्याटेलाइटबाट स्मार्टफोनमा सिधैँ इन्टरनेट सेवा प्रदान गर्न सक्छ।

सामान्यतया इन्टरनेट उपग्रहहरू पृथ्वीबाट ३६ हजार किलोमिटरको दूरीमा परिक्रमा गर्छन्, तर मस्कको स्टारलिंक उपग्रहहरू पृथ्वीबाट ५५० किलोमिटरको दूरीमा परिक्रमा गर्छन्।

सामान्य स्याटेलाइट इन्टरनेट विलम्बता ६०० मिलिसेकेन्ड वा ०.६ सेकेन्ड हुन्छ। साथै स्टारलिङ्क स्याटेलाइटबाट इन्टरनेटको विलम्बता २० मिलिसेकेन्ड ०.०२ सेकेन्ड छ। यसको अर्थ पृथ्वीबाट कुनै पनि डेटा उपग्रहमा यात्रा गर्न र उपग्रहबाट फर्कन ०.०२ सेकेन्ड लाग्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...