मुख्य समाचार
एसियन जोनल ३.२ चेस च्याम्पियनसिपमा सहभागी नेपाली टोली श्रीलंका प्रस्थान
एसियन जोनल ३.२ चेस च्याम्पियनसिपमा सहभागी नेपाली टोली श्रीलंका प्रस्थान

: श्रीलंका चेस फेडेरेसनको आयोजनामा सञ्चालन हुने एसियन जोनल ३.२ चेस च्याम्पियनसिपमा सहभागी नेपाली टोली श्रीलंका प्रस्थान गरेको छ । प्रतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र भुटानका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।


मार्च १८ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका रुपेश जैसवाल, सिन्दिरा जोशी र पुरुषोत्तम सिलवालले प्रतिस्पर्धा गर्ने छन् । नौ चरणको स्टान्डर्ड क्लासिकल खेलको पहिलो ४० चालका लागि ९० मिनेटको समय निर्धारण गरिएको छ भने ३० मिनेट ३० सेकेन्ड इन्क्रिजमेन्ट थप हुने जनाइएको छ ।

प्रतियोगिताको पुरुषतर्फका शीर्ष तीन विजेताले क्रमशः एक हजार पाँच सय, एक हजार र पाँच सय डलर नगद पुरस्कार पाउने छन् । महिलातर्फका विजेताले भने एक हजार, ६ सय र चार सय डलर पुरस्कार पाउने छन् । प्रतियोगितामा सहभागी हुने खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सोमबार बिदाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...