मुख्य समाचार
न्यायालयमा महिलाको उपस्थिति केही बढेको भएपनि पर्याप्त नरहेको : न्यायाधीश मल्ल
न्यायालयमा महिलाको उपस्थिति केही बढेको भएपनि पर्याप्त नरहेको : न्यायाधीश मल्ल

। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायालयमा महिलाको उपस्थिति केही बढेको भएपनि पर्याप्त नरहेको बताएकी छिन् ।

सोमबार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।


निर्णायक तहमा महिलाको उपस्थिति अझै कमजोर रहेको बताउँदै उनले उपस्थितिलाई कसरी बाक्लो बनाउने, कसरी प्रभावकारी बनाउने भन्नेकुरा आजको बहसको विषय भएको बताइन् ।

‘महिलाको उपस्थिति केही हदसम्म देखिएको छ तर पर्याप्त छैन । निर्णायक तहमा महिलाको उपस्थिति कम छ,’ उनले भनिन्, ‘उपस्थितिलाई कसरी बाक्लो बनाउने, कसरी प्रभावकारी बनाउने हो । पुरुषको क्षमताको प्रश्न उठ्दैन तर महिलाको सक्षमताको प्रत्येक दिन, प्रत्येक क्षण प्रश्न उठ्छ । हामीले आफूलाई स्थापित पनि गर्नुपरेको छ ।’


पुरुषको क्षमताको प्रश्न नउठ्ने तर महिलाको सक्षमताको बारेमा हरेक क्षण प्रश्न उठ्ने गरेको भन्दै महिलाले आफूलाई स्थापित पनि गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

‘यूएन वुमेनले एक्सेस टु जस्टिसको अध्ययन गर्दा एक पटक सय जना महिलालाई अध्ययन गरेर हेरेको थियो । उनीहरूले ७५ प्रतिशतले हामी अदालत जाँदैनौँ भने । किनभने कानुन पनि विभेदपूर्ण छ । न्यायपालिकामा जाँदा सबै पुरुष नै पुरुषका बीचमा आफ्ना कुरा भन्नै अफ्ठ्यारो लाग्छ । सहज वातावरण कसरी सिर्जना गर्ने ?,’ उनले भनिन्, ‘आजकाल त गर्व लाग्छ । किनभने महिला अधिकृतहरू बेन्चमा हुनुहुन्छ, बहस गर्ने सरकारी वकिल पनि धेरै महिला हुनुहुन्छ, वैतनिक पनि महिला हुनुहुन्छ र निजी क्षेत्रबाट धेरै वकिल नै हुनुहुन्छ । सुरक्षामा पनि महिला नै हुनुहुन्छ । पत्रकारहरूले जुन कभर गर्नुहुन्छ कानुनको त्यहाँ पनि महिलाले नै नेतृत्व गर्नुहुन्छ । त्यो भनेर हामीले पुरुष पनि हाम्रो लागि महत्त्वपूर्ण हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार राजावादीहरुको प्रदर्शनबाट आफू विचलित नभएको बताएका छन् । सोमबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डलाई ‘राजावादीहरूको प्रदर्शनले मन, मुटु हल्लिएको हो ?’ भन्ने प्रश्न गरेका थिए जवाफमा अध्यक्ष प्रचण्डले भनेका ...
: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण नदीमा बन्ने जलविद्युत् आयोजना चाँडो निर्माण गरी फाइदा लिनुपर्ने बताएका छन्। अरुण नदीमा निर्माण हुने माथिल्लो अरुण र अरुण चौथो जलविद्युत् आयोजनाबारे सोमबार मन्त्रालयमा आयोजित छलफलका क्रममा मन्त्री खड्काले लामो समय जलविद्युत् आयोजना नबन्दा राज्यले ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै माथिल्लो अरुण, ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताएका छन्। मंगलबार कोशी प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताए। उनले जनताको बलिदानी संघर्षको बलमा प्राप्त संविधानको रक्षा गरी ...
। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नागरिकको असन्तुष्टिको आक्रोशलाई आगोलाई प्रयोग गरेर एकथरी रोटी सेक्न चाहेको बताएका छन् । राजावादीहरूको प्रदर्शनलाई लक्षित गर्दै महामन्त्री थापाले आक्रोशको आगो निभाउने दायित्व कांग्रेसको रहेको बताए । सुदूरपश्चिम कांग्रेसको पहिलो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले नागरिकमा असन्तुष्टि रहे पनि निराशा भने नरहेको बताए । ‘जसले २०६० सालमा माओवादीले लखेट्दा पनि ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अघि बढाउन उद्यमशीलतामा जोड दिनुपर्ने बताएका छन्। कोशी प्रदेशसभा बैठकलाई मंगलबार विशेष सम्बोधन गर्दै उनले नेपाल विकासशील राष्ट्रमा परिणत हुने क्रममा रहेको उल्लेख गरे। ओलीले प्रदेशसभा बैठकलाई १ घण्टा ५ मिनेट सम्बोधन गरेका थिए। त्यस क्रममा उनले वादविवादमा अल्झिन मन नभएको र देशको मुहार फेर्नेतर्फ आफू केन्द्रित भएको उल्लेख ...