मुख्य समाचार
क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त
क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त

। क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लिबरल पार्टीले प्रधानमन्त्री जस्टिन ट्रुडोको उत्तराधिकारीका लागि कार्नीलाई भारी मतले निर्वाचित गरेपछि तत्काल पतिक्रिया दिँदै ‘क्यानडेली जीवनशैली’को पक्षमा पतिक्रिया दिएका हुन् ।




‘हामीले यो लडाईंका लागि आग्रह गरेका थिएनौँ । तर जब अरू कसैले हात हाल्छ क्यानडेलीहरू जहिले पनि प्रतिकारका लागि तयार हुन्छन्,’ कार्नीले ओटावामा पार्टी समर्थकहरूको ठूलो भीडलाई सम्बोधन गर्दै भने ।

‘त्यसैले अमेरिकीहरूले कुनै गल्ती नगरून् । हकीमा जस्तै व्यापारमा युद्धमा पनि क्यानडाले जित्नेछ,’ आगामी दिनमा ट्रुडोको स्थानमा कार्यभार सम्हाल्ने ५९ वर्षीय कार्नीले हालै अमेरिकाविरूद्धको खेलमा क्यानडाको विजयलाई उल्लेख गर्दै भने, ‘अस्तित्वगत चुनौती’




आफ्नो विजय भाषणमा कार्नीले ट्रम्पको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिकाले क्यानाडालाई नियन्त्रण गर्न खोजिरहेको चेतावनी दिएका थिए ।

‘अमेरिकीहरू हाम्रो स्रोत, हाम्रो पानी, हाम्रो भूमि र हाम्रो देश चाहन्छन्’, उनले भने, ‘यो हामीले विश्वास गर्न नसक्ने तर देशले सामना गरिरहेको अँध्यारो दिन हो।’

ट्रम्पले क्यानडाका कामदार, परिवार र व्यवसायमाथि आक्रमण गरेको आरोप लगाउँदै उनले भने, ‘हामी यस क्यानडाविरूद्धको आक्रमणमा उहाँलाई सफल हुन दिन सक्दैनौँ।’

‘हामी सबै एकअर्काको पक्षमा र क्यानडाको जीवनशैलीका लागि उभिनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...