मुख्य समाचार
क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त
क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त

। क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लिबरल पार्टीले प्रधानमन्त्री जस्टिन ट्रुडोको उत्तराधिकारीका लागि कार्नीलाई भारी मतले निर्वाचित गरेपछि तत्काल पतिक्रिया दिँदै ‘क्यानडेली जीवनशैली’को पक्षमा पतिक्रिया दिएका हुन् ।




‘हामीले यो लडाईंका लागि आग्रह गरेका थिएनौँ । तर जब अरू कसैले हात हाल्छ क्यानडेलीहरू जहिले पनि प्रतिकारका लागि तयार हुन्छन्,’ कार्नीले ओटावामा पार्टी समर्थकहरूको ठूलो भीडलाई सम्बोधन गर्दै भने ।

‘त्यसैले अमेरिकीहरूले कुनै गल्ती नगरून् । हकीमा जस्तै व्यापारमा युद्धमा पनि क्यानडाले जित्नेछ,’ आगामी दिनमा ट्रुडोको स्थानमा कार्यभार सम्हाल्ने ५९ वर्षीय कार्नीले हालै अमेरिकाविरूद्धको खेलमा क्यानडाको विजयलाई उल्लेख गर्दै भने, ‘अस्तित्वगत चुनौती’




आफ्नो विजय भाषणमा कार्नीले ट्रम्पको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिकाले क्यानाडालाई नियन्त्रण गर्न खोजिरहेको चेतावनी दिएका थिए ।

‘अमेरिकीहरू हाम्रो स्रोत, हाम्रो पानी, हाम्रो भूमि र हाम्रो देश चाहन्छन्’, उनले भने, ‘यो हामीले विश्वास गर्न नसक्ने तर देशले सामना गरिरहेको अँध्यारो दिन हो।’

ट्रम्पले क्यानडाका कामदार, परिवार र व्यवसायमाथि आक्रमण गरेको आरोप लगाउँदै उनले भने, ‘हामी यस क्यानडाविरूद्धको आक्रमणमा उहाँलाई सफल हुन दिन सक्दैनौँ।’

‘हामी सबै एकअर्काको पक्षमा र क्यानडाको जीवनशैलीका लागि उभिनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई सहर छोड्न आह्वान गरेको छ । रुसले गत साताको अन्त्यमा युक्रेनमा कैयौँ ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो जसमा चार जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका थिए ।आक्रमणबाट किएभमा रहेका भौतिक संरचनामा पनि व्यापक क्षति पुगेको थियो । मस्कोका अनुसार रुसले ...
। बाल्टिक राष्ट्रहरूमा रहेका रुसी नागरिकहरूको मानव अधिकार उल्लंघन भएको भन्दै रुसले अन्तर्राष्ट्रिय अदालत (आईसीजे) जाने चेतावनी दिएको छ। रूसी संचारमध्यम ‘तास’ का अनुसार, रुसले लाटभिया, लिथुआनिया र एस्टोनियासँग वार्ताको माध्यमबाट यो समस्या समाधान गर्ने प्रयास गरेको थियो। तर सो प्रयास असफल भएपछि रुसले कानुनी बाटो रोज्ने निर्णय गरेको हो। रुसी विदेश मन्त्रालयले ‘इज्वेस्टिया’ अखबारलाई यसबारे ...
केन्द्रीय तिब्बती प्रशासन (सीटीए) को नयाँ राजनीतिक नेतृत्व ‘सिक्योङ’ को शपथ ग्रहण समारोह नजिकिँदै गर्दा चीनले भारतसमक्ष केही आग्रहहरू राखेको छ । चीनले भारतलाई ‘तिब्बती स्वतन्त्रता’ को वकालत गर्ने गतिविधिहरूका लागि कुनै पनि प्लेटफर्म उपलब्ध नगराउन आग्रह गरेको छ। यसका साथै आगामी दलाई लामाको ‘पुनर्जन्मको प्रक्रिया’ मा कुनै पनि प्रकारको हस्तक्षेप नगर्न समेत चीनले आइतबार ...
युरोपेली संघ (ईयू) का प्रमुख सदस्य राष्ट्रहरू एकजुट भएका छन्। उनीहरूले ब्रसेल्सलाई कडा व्यापार नीति ल्याउन दबाब दिइरहेका छन्। यो नीति चिनियाँ शैलीको अत्यधिक औद्योगिक उत्पादन (ओभरक्यापासिटी ) संगको प्रतिष्पर्धामा केन्द्रित छ। यस नयाँ नीतिमा आकस्मिक महसुल द्रुत रूपमा लगाउने योजना छ। यसमा बृहत्तर सुरक्षा उपायहरू समावेश छन्। साथै, नियम छल्ने प्रवृत्तिलाई रोक्न नयाँ शक्तिहरू थपिने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वी देशहरू र पाकिस्तानका नेताहरूसँग ’कन्फरेन्स कल’ गरेका छन् । उनले ती देशहरूलाई इजरायलसँगको सम्बन्ध सामान्य बनाउन ‘अब्राहम सम्झौता’ मा सहभागी हुन आग्रह गरेका छन्। वासिङ्टन र तेहरानबीच जारी युद्ध अन्त्यका लागि शान्ति सम्झौता भएमा यो कदम चाल्न उनले प्रस्ताव गरेका हुन् । दुई अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै न्यूज पोर्टल ‘एक्सिओस’ ले ...