मुख्य समाचार
प्रधानमन्त्री ओलीले एउटा जुलुस निकाल्नुपर्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा नरहेको बताए
प्रधानमन्त्री ओलीले एउटा जुलुस निकाल्नुपर्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा नरहेको बताए

: प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा जुलुस निकाल्नुपर्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा नरहेको बताएका छन्।


राजावादीको प्रदर्शनमा भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोग भएकोप्रति प्रधानमन्त्री ओलीले जुलुस निकाल्न विदेशीको फोटो प्रयोग गर्नुपर्ने अवस्थामा देश नरहेको बताएका हुन्।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोगको आलोचना भएपछि केपी ओलीले जुलुसमा मान्छे घुसाएको भन्ने तर्क गर्ने गरेको उनको भनाइ छ। उनले राजावादीको जुलुस आफूले गराएको र फोटो पनि आफूले राखेको भन्दै कटाक्ष गरे।



प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक, प्रणालीविरोधी र असंवैधानिक कुराहरूमा लाग्ने फुर्सद नभएको र देश बनाउने अघि अभियानमा लागेको बताए। उनले बाह्य अनुदान सहायतामा भर नपरि आफ्नै ढंगले मुलुकको विकासमा लाग्नुपर्ने बताए।

बाह्य सहयोग जुनसुकै अवस्थामा रोकिन सक्ने भएकाले अनुदान नआउँदा पनि मुलुक चल्ने गरी आत्मनिर्भर हुने बाटोतर्फ अघि बढ्नुपर्ने धारणा राखे। प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्वर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए।

सामाजिक संस्थाले असफलताको मात्र नभइ सफलता, आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै उनले विकासको प्रयासमा कुनै प्रकारको अवरोध सिर्जना हुन नदिने स्पष्ट गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार राजावादीहरुको प्रदर्शनबाट आफू विचलित नभएको बताएका छन् । सोमबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डलाई ‘राजावादीहरूको प्रदर्शनले मन, मुटु हल्लिएको हो ?’ भन्ने प्रश्न गरेका थिए जवाफमा अध्यक्ष प्रचण्डले भनेका ...
: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण नदीमा बन्ने जलविद्युत् आयोजना चाँडो निर्माण गरी फाइदा लिनुपर्ने बताएका छन्। अरुण नदीमा निर्माण हुने माथिल्लो अरुण र अरुण चौथो जलविद्युत् आयोजनाबारे सोमबार मन्त्रालयमा आयोजित छलफलका क्रममा मन्त्री खड्काले लामो समय जलविद्युत् आयोजना नबन्दा राज्यले ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै माथिल्लो अरुण, ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताएका छन्। मंगलबार कोशी प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताए। उनले जनताको बलिदानी संघर्षको बलमा प्राप्त संविधानको रक्षा गरी ...
। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नागरिकको असन्तुष्टिको आक्रोशलाई आगोलाई प्रयोग गरेर एकथरी रोटी सेक्न चाहेको बताएका छन् । राजावादीहरूको प्रदर्शनलाई लक्षित गर्दै महामन्त्री थापाले आक्रोशको आगो निभाउने दायित्व कांग्रेसको रहेको बताए । सुदूरपश्चिम कांग्रेसको पहिलो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले नागरिकमा असन्तुष्टि रहे पनि निराशा भने नरहेको बताए । ‘जसले २०६० सालमा माओवादीले लखेट्दा पनि ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अघि बढाउन उद्यमशीलतामा जोड दिनुपर्ने बताएका छन्। कोशी प्रदेशसभा बैठकलाई मंगलबार विशेष सम्बोधन गर्दै उनले नेपाल विकासशील राष्ट्रमा परिणत हुने क्रममा रहेको उल्लेख गरे। ओलीले प्रदेशसभा बैठकलाई १ घण्टा ५ मिनेट सम्बोधन गरेका थिए। त्यस क्रममा उनले वादविवादमा अल्झिन मन नभएको र देशको मुहार फेर्नेतर्फ आफू केन्द्रित भएको उल्लेख ...