मुख्य समाचार
कोशी प्रदेशलाई १६५ रनले हराउँदै मधेश प्रदेशले विजयी सुरुवात
कोशी प्रदेशलाई १६५ रनले हराउँदै मधेश प्रदेशले विजयी सुरुवात

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई १६५ रनले हराउँदै मधेश प्रदेशले विजयी सुरुवात गरेको छ। सिद्धार्थनगरस्थित सिद्धार्थ रंगशाला टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८४ रन बनाएको थियो।


मधेशले दिएको २८५ रनको बलियो लक्ष्य पछ्याएको कोशीले ३३ ओभरमा ११९ रन बनाउँदै अलआउट भएको हो। कोशीका दुवै ओपनर डकआउट हुँदा तेस्रो क्रमका ब्याटर सकिब हकले सर्वाधिक २५ रन बनाए। उनले ४७ बलमा २ चौका प्रहार गरे।

सुजन थपलियाले २४, फिर्दोस अन्सारीले २१ रन बनाउँदा दिपेश कँडेल २० रन बनाउँदै बोल्ड भए। मधेशका लागि रुपेश सिंहले उत्कृष्ट बलिङ स्पेल देखाए। उनले ९ ओभरमा २९ रन खर्चेर ५ विकेट लिए।



राजेश यादवले ३ विकेट लिँदा हरिशंकर शाह र प्रदिप पाश्वानले १–१ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको मधेशका लागि पवन सरार्फले सर्वाधिक ९२ रन बनाए। ८५ बलमा ११ चौका र २ छक्का प्रहार गरे।

कप्तान अनिल शाह र पवन सरार्फको उत्कृष्ट पारीमा मधेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८६ रन बनाएको हो। ओपनर अनिल शाहले ७५ बलमा १० चौकासहित ७५ रन बनाए। अर्का ओपनर मयन यादवले १० रन बनाउँदै क्याच भए। रुपेश सिंह इनिङ्सको अन्तिम बलमा १० रन बनाउँदै क्याच आउट भए। डेब्युटेन्ट दिपेश दास ५६ रनमा अविजित रहे।

कोशी प्रदेशका लागि विपिन महतो र प्रकाश कार्कीले समान २–२ विकेट लिए। फिर्दोस अन्सारी र दीपेश कँडेलले १–१ विकेट लिए। कोशी पहिलो खेलमा लुम्बिनी प्रदेशसँग २६ रनले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मधेश वारियर्सले नेपाल भलिबल लिग (एनभीएल) मा पहिलो जित निकालेको छ । लगातार ३ खेलमा हार बेहोरेको मधेशले आफ्नो चौथो खेलमा खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा मधेशले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२० र २५–२३ ले जित निकाल्यो । मधेशका जिविन सेबास्टियन ‘म्यान अफ ...
। एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङले नेपाललाई १५ रनले हराएको हो । हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमा अलआउट भयो । नेपालका लागि इशान पान्डेले सर्वाधिक ९० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । आसिफ शेखले ४४, दिपेन्द्रसिंह ऐरीले ...
। नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानसँग खेल्ने भएको छ । समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’ को उपविजेता ओमानसँग सेमिफाइनल खेल्ने भएको हो । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएपनि समूहको विजेताकै रूपमा रहेको हो । यस्तै समूह उपविजेता बनेको हङकङले सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएईसँग खेल्नेछ । यस प्रतियोगिताको उपाधि जित्ने ...
। युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको नयाँ सिजन आजबाट सुरु हुँदैछ । २०२६/२७ सिजनमा पनि ३६ टोलीले लिग चरणमा प्रतिस्पर्धा गर्दैछन् । प्रत्येक टोलीले आठ फरक प्रतिद्वन्द्वीविरुद्ध चार घरेलु र चार अवे गरी आठ खेल खेल्नेछन् । यसपटक रियल मड्रिड, पेरिस सेन्ट जर्मेन (पीएसजी), म्यान्चेस्टर सिटी, बार्सिलोना र बायर्न म्युनिखजस्ता टोलीलाई मुख्य उपाधि ...
: नेपाल भलिबल लिग (एनभीएल) को चौथो दिनको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले मधेश वारियर्सलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा अन्नपूर्णले मधेशलाई ३–१ को सेटमा पराजित गरेको हो। अन्नपूर्णले मधेश वारियर्सलाई २५–१६, ३१–२९, २५–२२ र २५–२१ को सेटमा पराजित गर्यो। अन्नपूर्णका उरनबायर ‘म्यान अफ द म्याच’ घोषित भए । उनी ...