मुख्य समाचार
कोशी प्रदेशलाई १६५ रनले हराउँदै मधेश प्रदेशले विजयी सुरुवात
कोशी प्रदेशलाई १६५ रनले हराउँदै मधेश प्रदेशले विजयी सुरुवात

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई १६५ रनले हराउँदै मधेश प्रदेशले विजयी सुरुवात गरेको छ। सिद्धार्थनगरस्थित सिद्धार्थ रंगशाला टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८४ रन बनाएको थियो।


मधेशले दिएको २८५ रनको बलियो लक्ष्य पछ्याएको कोशीले ३३ ओभरमा ११९ रन बनाउँदै अलआउट भएको हो। कोशीका दुवै ओपनर डकआउट हुँदा तेस्रो क्रमका ब्याटर सकिब हकले सर्वाधिक २५ रन बनाए। उनले ४७ बलमा २ चौका प्रहार गरे।

सुजन थपलियाले २४, फिर्दोस अन्सारीले २१ रन बनाउँदा दिपेश कँडेल २० रन बनाउँदै बोल्ड भए। मधेशका लागि रुपेश सिंहले उत्कृष्ट बलिङ स्पेल देखाए। उनले ९ ओभरमा २९ रन खर्चेर ५ विकेट लिए।



राजेश यादवले ३ विकेट लिँदा हरिशंकर शाह र प्रदिप पाश्वानले १–१ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको मधेशका लागि पवन सरार्फले सर्वाधिक ९२ रन बनाए। ८५ बलमा ११ चौका र २ छक्का प्रहार गरे।

कप्तान अनिल शाह र पवन सरार्फको उत्कृष्ट पारीमा मधेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८६ रन बनाएको हो। ओपनर अनिल शाहले ७५ बलमा १० चौकासहित ७५ रन बनाए। अर्का ओपनर मयन यादवले १० रन बनाउँदै क्याच भए। रुपेश सिंह इनिङ्सको अन्तिम बलमा १० रन बनाउँदै क्याच आउट भए। डेब्युटेन्ट दिपेश दास ५६ रनमा अविजित रहे।

कोशी प्रदेशका लागि विपिन महतो र प्रकाश कार्कीले समान २–२ विकेट लिए। फिर्दोस अन्सारी र दीपेश कँडेलले १–१ विकेट लिए। कोशी पहिलो खेलमा लुम्बिनी प्रदेशसँग २६ रनले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार दशरथ रंगशालामा आयोजित मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय यू–२० टोलीले युनान प्रान्तीय युवा टोली चीनविरुद्धको ३–१ को जित पाएको छ । अन्तिम समयमा तीन गोल गरेपछि नेपाली यू–२० टोलीले जित हात पारेको हो । पहिलो हाफमा एक गोलले पछि परेको स्थितिमा नेपालबाट सुक्रिया मिया, कप्तान बिर्सना चौधरी र सजनी स्याङ्तानले गोल गरेका थिए । खेलको ...
— महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमार्फत दुई देशबीचको सम्बन्ध सुदृढ बन्दै गइरहेको बताएकी छन् । चिनियाँ नयाँ वर्ष २०२६ को अवसरमा आयोजित नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेल कार्यक्रममा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपाल–चीन सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मानमा आधारित रहेको बताइन् । उनले खेलकुद र संस्कृतिलाई ...
: मोफसलकै प्रतिष्ठित तथा लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ गतेदेखि हुने भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजना हुने विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । फागुन ४ गतेसम्म सञ्चालन हुने यस पटकको प्रतियोगिता ...
। साफ यू-१९ महिला च्याम्पियनसिपको पहिलो खेलमै नेपाल भारतसँग पराजित भएको छ । पोखरा रंगशालमा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल भारतसँग १-० ले पराजित भयो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा पर्ल फर्नान्डेजले भारतका लागि वियजी गोल गरिन् । उनले दोस्रो हाफ सुरु भएको चौथो मिनेटमै गोल गर्दै भारतलाई ...
। आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले भारतको एमसीए प्रेसिडेन्ट ११ सँगको दोस्रो अभ्यास टी-२० खेल पनि जितेको छ । शनिबार ब्राबोर्न स्टेडियममा भएको खेलमा नेपालले एमसीए प्रेसिडेन्ट ११ लाई ४८ रनले पराजित गरेको हो । नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको एमसीएले २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन मात्र बनायो । एमसीएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम