मुख्य समाचार
जापानको नागाइजुमीमा विश्वकै सबैभन्दा सानो पार्कको रुपमा गिनिज बुकमा नाम
जापानको नागाइजुमीमा विश्वकै सबैभन्दा सानो पार्कको रुपमा गिनिज बुकमा नाम

। जापानको नागाइजुमीमा रहेको झण्डै एउटा पत्रिका जत्रै आकारको एउटा पार्कले विश्वकै सबैभन्दा सानो पार्कको रुपमा गिनिज बुकमा नाम लेखाएको छ ।

२.६ वर्गफिट आकारको यो पार्कमा घाँसको एउटा सानो गाज, ढुंगाका केही टुक्रा र आगन्तुकका लागि बस्ने एउटा टूल रहेको छ । यो पार्क त्यहाँ सन् १९८० को दशकदेखि नै रहेको भएपनि हालैमात्र यसले विश्वको सबैभन्दा सानो मनोरञ्जनात्मक पार्कको रुपमा गिनिज बुकमा नाम लेखाएको हो ।




नागाइजुमी नगरको निर्माण व्यवस्थापन महाशाखाका प्रमुख शुजी कोयामाका अनुसार सडकमा रहेको खाली ठाउँको राम्रोसँग उपयोग गर्नका लागि सन् १९८८ मा त्यो सानो पार्क निर्माण गरिएको थियो । त्यसबेला भर्खरै अमेरिकाको भ्रमण गरेर आएका कार्यालयका एक कर्मचारीको उत्प्रेरणा तथा अवधारणाका आधारमा उक्त पार्क बनाइएको थियो ।

उनका अनुसार ती कर्मचारीले ओरेगनस्थित मिल्स एन्ड्स पार्क देखेका रहेछन्, जुन त्यसबेलाको विश्वको सबैभन्दा सानो पार्कको रुपमा थियो । त्यसपछि उनीहरुले त्यो अमेरिकी पार्क भन्दा पनि सानो पार्क जापानमा बनाउने निधो गरेर फर्किए।

स्थानीयहरुले स्वतस्र्फुत रुपमा यो पार्कलाई विश्वकै सानो पार्क भन्ने गरेको भएपनि गत महिना मात्रै गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले आधिकारिक रुपमा त्यसको मान्यता दिएको हो । त्यसक्रममा उक्त पार्कको क्षेत्रफल निर्धारण र मापनका लागि व्यवसायिक सर्भेयर ल्याइएको थियो ।

साथै कुनैपनि पार्कमा हुनुपर्ने आधारभूत सुविधा (कम्तिमा एकजना बस्न र रिल्याक्स गर्नसक्ने) भए नभएको पनि एकिन गरियो ।

कोयामाका अनुसार उक्त पार्कको मर्मत सम्भार तथा अझैबढि सोसल मिडिया मैत्री बनाएर थप चर्चामा ल्याउने योजना नगरको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पछिल्ला केही महिनादेखि नै काठमाडौंमा चोरीका घटना अत्यधिक बढिरहेका थिए। अन्य समयभन्दा जेन–जी आन्दोलनपछि काठमाडौंमा लुटपाट र चोरी बढ्यो। त्यसमा थपिएको एउटा कारण हो, सुन चाँदीको अचाक्ली मूल्यवृद्धि। जेन–जी आन्दोलनताका कारागारबाट निस्केका कैदीले काठमाडौं पेप्सीकोला, गोठाटार क्षेत्रलाई केन्द्रविन्दु बनाई कहिले ललितपुर कहिले भक्तपुर पुगी लुटपाट गरेका हुन्। राति ९ बजेपछि सक्रिय हुने लुटेराको एक समूहलाई प्रहरीले ...
: चन्द्र नहर सिँचाइ प्रणाली पुनःस्थापना कार्य सम्पन्न भएको छ। जापान सरकारको अनुदान सहयोगमा सञ्चालन गरिएको उक्त परियोजनाको पुनःस्थापना कार्य सम्पन्न भएको हो। मंगलबार एक कार्यक्रम आयोजना गरी परियोजना हस्तान्तरण गरिएको थियो। सन् १९२७ मा निर्माण गरिएको चन्द्र नहर सिँचाइ प्रणाली नेपालकै पुराना सिँचाइ प्रणालीमध्ये एक हो। लामो समयदेखि मर्मतसम्भार अभावका कारण मुख्य नहरका संरचनाहरू ...
। जापानका पाण्डा प्रेमीहरूका लागि यो साता निकै नमज्जा बनेको छ। टोक्योको उएनो चिडियाखानामा रहेका अन्तिम दुई जुम्ल्याहा पाण्डा ‘शाओ शाओ’ र ‘लेई लेई’ जनवरी २७ मा चीन फर्किँदै छन्। यी पाण्डाहरूमाथि चीनको स्वामित्व रहेको छ। आइतबार चिडियाखानामा यी पाण्डाहरूलाई अन्तिम पटक सार्वजनिक रूपमा प्रदर्शन गरियो। हजारौँ मानिसहरू अन्तिम बिदाइका लागि पुगेका थिए। भीड धेरै भएकाले ...
। जापानको राजधानी टोकियोमा पछिल्लो समय एउटा अनौठो पसलले सबैको ध्यान तानिरहेको छ। त्यो पसल त्यत्तिकै चर्चित भएको होइन। यो सायद दुनियाँकै एउटामात्रै त्यस्तो पसल हो, जसमा खुलमखुल्ला चोरी गर्न पाइन्छ। उक्त पसलभित्र प्रवेश गरेसँगै जोकोहीलाई सामान चोर्नका लागि ६० सेकेन्डको समय दिइन्छ । त्यो समयभित्रमा पसलमा भएको जुनसुकै सामानहरु उठाउन पाइन्छ। तर आफूलाई मन ...
— जापान सरकारले नयाँ तालिम तथा रोजगारी प्रणालीअन्तर्गत स्वीकार गरिने विदेशी कामदारको संख्या सीमित गर्ने तयारी थालेको छ । क्योदो न्युजका अनुसार सन् २०२७ को आर्थिक वर्षमा कार्यक्रम सुरु भएपछि पहिलो दुई वर्षमा करिब ४ लाख २६ हजार विदेशी कामदार मात्र स्वीकार गर्ने विषयमा जापानी सरकारभित्र छलफल भइरहेको छ । जापानी समाजमा विदेशी नागरिकको संख्या बढ्दै ...