मुख्य समाचार
कर्णालीलाई ४ विकेटले हराउँदै गण्डकीले प्रतियोगितामा पहिलो जित दर्ता
कर्णालीलाई ४ विकेटले हराउँदै गण्डकीले प्रतियोगितामा पहिलो जित दर्ता

: प्रधानमन्त्री कपमा पुरुष राष्ट्रिय प्रतियोगितामा कर्णालीलाई ४ विकेटले हराउँदै गण्डकीले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।


टस हारेर ब्याटिङ गरेको कर्णाली २७.२ ओभरमा ९१ रन बनाउँदै अलआउट भएको थियो।
कर्णालीले दिएको ९२ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकीले २९.१ ओभरमा ६ विकेट गुमाउँदै ९५ रन बनाउँदै खेल जितेको हो। गण्डकीका लागि दिपक डुम्रेको सम्हालिएको अर्धशतकले गण्डकीलाई खेल जितायो।



११.६ ओभरमा ६ विकेट गुमाउँदै २२ रन बनाएको गण्डकीको लागि चौथो क्रममा ब्याटर दिपक डुम्रेले आठौं क्रमका ब्याटर सुजन गौतमसँग ७३ रनको अविजित साझेदारी गर्दै खेल जिताए।

गण्डकीका लागि दिपकले ७८ बलमा ७ चौकासहित अविजित ५० रनको अर्धशतकीय पारी खेले। सुजन गौतमले ४६ बलमा ३ चौकासहित २२ रनमा अविजित रहे।

कर्णालीका लागि कप्तान दिवान पुनले सर्वाधिक ३ विकेट लिए। दिपेन्द्र रावतले २ विकेट लिँदा युनिश विक्रम ठकुरीले १विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको कर्णालीका लागि विपिन शाहीले ५७ बलमा २ चौकासहित सर्वाधिक २० रन बनाए। ओपनर विपिन रावलले १५ रन बनाए। हिमान्शु शाही १२ रन बनाउँदै रन आउट भए। अर्का अर्जुन घर्ती पनि १७ रनमा रनआउट भए।

गण्डकीका लागि सुवास भण्डारी, चन्द्र पौडेल र कप्तान विपिन खत्रीले समान २–२ विकेट लिए। सन्दीप पराजुली र अमृत गुरुङले १–१ विकेट लिए।

गण्डकीले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशसँग ६ विकेटले पराजित भएको थियो। त्यस्तै, पहिलो खेलमा कर्णालीले सुदूरपश्चिममाथि ७९ रनको जित हात पारेको थियो।

आज यी दुवै टिमको दोस्रो खेल हो। दुवै टोली १जित र १ हारसहित समान २ अंक बटुलेका छन्। तर अंक तालिकामा कर्णालीले पहिलो खेलमा फराकिलो जित निकाल्दा तालिकाको तेस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी ...
। नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको ...
। एबेरेची एजेले ह्‍याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो । एजेको ह्‍याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे । खेलको ३६औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका ...