मुख्य समाचार
कर्णालीलाई ४ विकेटले हराउँदै गण्डकीले प्रतियोगितामा पहिलो जित दर्ता
कर्णालीलाई ४ विकेटले हराउँदै गण्डकीले प्रतियोगितामा पहिलो जित दर्ता

: प्रधानमन्त्री कपमा पुरुष राष्ट्रिय प्रतियोगितामा कर्णालीलाई ४ विकेटले हराउँदै गण्डकीले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।


टस हारेर ब्याटिङ गरेको कर्णाली २७.२ ओभरमा ९१ रन बनाउँदै अलआउट भएको थियो।
कर्णालीले दिएको ९२ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकीले २९.१ ओभरमा ६ विकेट गुमाउँदै ९५ रन बनाउँदै खेल जितेको हो। गण्डकीका लागि दिपक डुम्रेको सम्हालिएको अर्धशतकले गण्डकीलाई खेल जितायो।



११.६ ओभरमा ६ विकेट गुमाउँदै २२ रन बनाएको गण्डकीको लागि चौथो क्रममा ब्याटर दिपक डुम्रेले आठौं क्रमका ब्याटर सुजन गौतमसँग ७३ रनको अविजित साझेदारी गर्दै खेल जिताए।

गण्डकीका लागि दिपकले ७८ बलमा ७ चौकासहित अविजित ५० रनको अर्धशतकीय पारी खेले। सुजन गौतमले ४६ बलमा ३ चौकासहित २२ रनमा अविजित रहे।

कर्णालीका लागि कप्तान दिवान पुनले सर्वाधिक ३ विकेट लिए। दिपेन्द्र रावतले २ विकेट लिँदा युनिश विक्रम ठकुरीले १विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको कर्णालीका लागि विपिन शाहीले ५७ बलमा २ चौकासहित सर्वाधिक २० रन बनाए। ओपनर विपिन रावलले १५ रन बनाए। हिमान्शु शाही १२ रन बनाउँदै रन आउट भए। अर्का अर्जुन घर्ती पनि १७ रनमा रनआउट भए।

गण्डकीका लागि सुवास भण्डारी, चन्द्र पौडेल र कप्तान विपिन खत्रीले समान २–२ विकेट लिए। सन्दीप पराजुली र अमृत गुरुङले १–१ विकेट लिए।

गण्डकीले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशसँग ६ विकेटले पराजित भएको थियो। त्यस्तै, पहिलो खेलमा कर्णालीले सुदूरपश्चिममाथि ७९ रनको जित हात पारेको थियो।

आज यी दुवै टिमको दोस्रो खेल हो। दुवै टोली १जित र १ हारसहित समान २ अंक बटुलेका छन्। तर अंक तालिकामा कर्णालीले पहिलो खेलमा फराकिलो जित निकाल्दा तालिकाको तेस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...