मुख्य समाचार
पोखरीमा डुबेर नाबालिकाको मृत्यु
पोखरीमा डुबेर नाबालिकाको मृत्यु

: मोरङमा सार्वजनिक पोखरीमा डुबेर नाबालिकाको मृत्यु भएको छ। आमासँगै मामाघर आएकी २ वर्षीया रोशनी मुखियाको मृत्यु भएको हो।


मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जहदा गाउँपालिका–४ स्कुल टोलमा रहेको सार्वजनिक पोखरीमा डुबेर मन्तिदेवी मुखियाकी २ वर्षीया छोरी रोशनीको मृत्यु भएको बताए।

मन्तिदेवीको घर भारतको अररिया सोनापुर हो। उनी नाबालिका छोरीलाई लिएर सोमबार मात्रै जहदास्थित माइती घर आएकी थिइन्।



डीएसपी जोशीले मन्तिदेवीको माइती घरनजिकै रहेको पोखरीमा डुबेर उनकी नाबालिका छोरीको मृत्यु भएको जानकारी दिए। डुबेर घाइते भएको अवस्थामा देखेर आफन्त उद्धार गरी नाबालिकालाई सोमबार साँझ उपचारका लागि अस्पताल पुर्याएका थिए। विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ राति ८ बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।

खेल्ने क्रममा नाबालिका पोखरीमा खसेर डुबेको हुनसक्ने बताउँदै डीएसपी जोशीले विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काममा फेरि स्थानीयले अवरोध गरेका छन् । निर्माणको गति बढिरहेकै बेला चन्द्रागिरि नगरपालिका–२ स्थित टुटिपाखाका स्थानीयले पूरा भइसकेका मागलाई व्यवस्थित गर्नुपर्ने भन्दै काममा अवरोध गरेका हुन् । स्थानीयले सुरुङ निर्माणमा अवरोध गरेको यो पहिलो घटना भने होइन । यसमा काम गर्न नदिन मात्रै स्थानीयले निर्माण सुरु भएयता छैटौं पटक आइतबार अवरोध ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेस-एमालेसहितको सरकारमा सहभागी हुने कुनै नीति नरहेको स्पष्ट पारेका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारमा जाने कुनै नीति नलिएको र यसबारे कुनै छलफलसमेत नभएको बताए। प्रचण्डले मुलुकमा कुनै संकट आएको खण्डमा समाधानको विचार दिन भने आफूहरू तयार रहे पनि सरकारमा सामेल हुन भने नसकिने स्पष्ट पारे। कांग्रेस, ...
— संसद्ले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानुन बनाउन लागेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको हो । समितिअन्तर्गतको उपसमितिले ६ पटकसम्म ...
— संसद्ले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानुन बनाउन लागेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको हो । समितिअन्तर्गतको उपसमितिले ६ पटकसम्म ...
: रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ७ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको महाराष्ट्र प्रदेश मुम्बईको गुलनाज बेग रहेको प्रहरी स्रोतले जनाएको छ। ‘सोमबार दिउँसो थाइल्याण्डबाट थाई एयर एसियाको विमानमा आएकी उक्त महिलाको लगेज चेकजाँच गर्ने क्रममा करिब ७ किलो गाँजा बरामद भएको हो’, प्रहरी स्रोतले भन्यो, ‘महिलालाई पक्राउ गरेर थप ...