मुख्य समाचार
सरकार राजावादीहरुको प्रदर्शनबाट आफू विचलित नभएको
सरकार राजावादीहरुको प्रदर्शनबाट आफू विचलित नभएको

। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार राजावादीहरुको प्रदर्शनबाट आफू विचलित नभएको बताएका छन् ।

सोमबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।




पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डलाई ‘राजावादीहरूको प्रदर्शनले मन, मुटु हल्लिएको हो ?’ भन्ने प्रश्न गरेका थिए

जवाफमा अध्यक्ष प्रचण्डले भनेका छन्, ‘यो प्रदर्शनले केही हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाईंको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ।’




सरकारले जनताका लागि काम गर्न नसक्दा जनता निराश भएको बताउँदै प्रचण्डले राजावादीहरूको प्रदर्शनको काउण्टरमा जाने हो भन्ने प्रश्नमा आफूहरू सल्लाह गरिरहेको जवाफ दिए ।

‘यो प्रदर्शनले केही मन मुटु हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाईंको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ? यसको जिम्मेवारी त सरकारले लिनु नै पर्छ । सरकार जुन ढंगले बन्यो, जनतामा निकै ठूलो निराशा र आक्रोश छ,’ प्रचण्डले भने, ‘जनताको समस्याका बारेमा सरकारको ध्यान केन्द्रित भएको अझै देखिँदैन । सेटिङमा नै आफ्नै मान्छे भर्ती गर्ने, नियुक्ति गर्नेतिर केन्द्रित भएकाले जनतामा निकै ठूलो फ्रस्टेशन छ । त्यसले गर्दा नै प्रतिक्रियावादी शक्तिहरूले त्यसलाई मौका पाएको जस्तो देखिन्छ । हामी सल्लाह गर्दैछौँ ।’

अध्यक्ष दाहालले सरकार अझै पनि नागरिकप्रति उत्तरदायि नरहेको र त्यसको फाइदा प्रतिक्रियावादी शक्तिहरूले लिएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
मधेश प्रदेश : बजेटमा देखिएको अवरोध हटाउन १४ सदस्यीय कार्यदल गठन
: पूर्वराष्ट्रपति विद्या भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) नेपालको मौलिक बिचार भएकाले यसको गहन अध्ययन र अनुसन्धान हुन जरुरी रहेको बताएकी छन्। मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले जबजको बिचार नेपालका साथै अन्तराष्ट्रियस्तरमा समेत तुलनात्मक रुपमा अध्ययन हुनुपर्ने बताएकी हुन्। उनले समाज रुपान्तरणका लागि बिचार सबैभन्दा महत्त्वपूर्ण कुरा भएको धारणा ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको गठबन्धन चुनावसम्मै जाने बताएका छन्। झापाको कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा धनीपुर्जा वितरण गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेससँगको गठबन्धन २०८४ को चुनावसम्म जारी रहने बताएका हुन्। उनले आफ्नो नेतृत्वको सरकार नढल्ने दाबी गरेका छन्। उनले भने, ‘यो सरकार ढल्छ ढल्छ भनेर कराउनेहरू कराऊन्। सरकारको एक वर्ष ...
: प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको विश्वास जित्ने आधार निर्माणका लागि राजनीतिक दलहरूले आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने बताएका छन्। शनिबार भक्तपुरमा सोमप्रसाद मिश्रद्वारा लिखित शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू–तुलनात्मक अध्ययन पुस्तक विमोचन गर्दै सभामुख घिमिरेले संसदीय प्रणालीमा राजनीतिक दलहरूले जनताको विश्वास जितेर पुन सदनमा आउनका लागि प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका हुन्। नीति निर्माण गर्ने ठाउँलाई ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शय्याको आज उद्घाटन गरेका छन्। सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गरेका छन्। साथै बृहत् खानेपानी आयोजनाको शिलान्यास गरे। सो पालिकाका एक सय ७६ अव्यवस्थित बसोवासीलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ। कार्यक्रममा प्रधानमन्त्री ओलीले तीन तहको सरकारको समन्वयमा विकास निर्माणका काम भइरहेको उल्लेख ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम