: लावालस्करसहित मिथिलाको महाकुम्भ माध्यमिक परिक्रमा जनकपुरधाम आइपुगेको छ। १५ दिने मिथिला माध्यमिकी परिक्रमाले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको छ। परिक्रममा साधुसन्त, श्रद्धालुभक्तजनको लावालस्कर थियो। माध्यमिक परिक्रमाले धनुषा, महोत्तरी र भारतको विहार प्रान्तका सीमावर्ती क्षेत्र अवस्थित विभिन्न धार्मिक स्थल र सीमावर्ती क्षेत्र परिक्रमा गरेको थियो।
नेपालको १ सय ३३ किलोमिटर र भारतको २६ किलोमिटर भूभागको परिक्रमा गरेको थियो। जनकपुरधाम आउने साधुसन्तसहित महन्तहरूको टोलीले मध्यरातमा नगरको परिक्रमा गरेपछि विधिवत रूपमा समापन गर्ने चलन छ। साधुसन्तहरू बिभिन्न कुवा, नदी र तलाउहरूमा स्नान–ध्यान गरी चोखो भई नियम निष्ठाका साथ बस्छन्। परिक्रम अवधिमा सम्बन्ध राख्न नहुने, मदिरा तथा मासु खान नहुने मान्यता छ। यो यात्रामा लाखौं मानिस सहभागी हुने गरेको वरिष्ठ पत्रकार तथा संस्कृतिका जानकार विष्णुमणि खनाल बताउँछन्।
हजारौंको संख्यामा रहेका साधु–सन्त तथा महात्माहरू जनकपुरधामको ऐतिहासिक बाह्रबिघा, तिरहुतिया गाछीमा पण्डाल, तथा बिभिन्न कुट्टी, छाउनी तथा ओडारको सहारामा बसी परिक्रमा गर्ने गर्छन्।
परिक्रमावासीहरूले रात्रिकालिन वि श्रामका लागि पराल, भाँडाकुँडा, टायरगाडा, दाउरा, चामल, दाललगायत उपभोग्य वस्तुहरू बोकेर हिँड्ने गर्छन्। डोलीको पछिपछि परम्परागत बाजागाजा, झाँकी किर्तनसहितका मौलिक पहिरनमा लाखौं नरनारीहरू सहभागिता जनाउँछन्।
लावा लस्करसहितको टोलीले मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरूको परिक्रमा गर्ने गरिन्छ। जसलाई १५ दिने माध्यमिकी परिक्रम वा मध्यमा परिक्रमा भनिन्छ। जनकपुरधामको हनुमानगढीबाट कल्याणेश्वर हँुदै परिक्रमा सुरु हुन्छ। फुलहर, मठिहानी, जलेश्वर, मडई, लवकुण्ड, कञ्चनवन, क्षीरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, विषौल र फेरि कल्याणेश्वर हुँदै फागुन पूर्णिमाको दिन जनकपुर फर्किन्छ। नगरको पाँचकोशे अन्तरगृह परिक्रमा गरी समाप्त हुन्छ।
नेपाल तथा भारतको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक सद्भावको प्रतिक बनेको माध्यमिकी परिक्रमा यात्राका क्रममा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ वि श्रामस्थल छन्। मिथिला महात्मयमा वि श्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे बेग्ला बेग्लै रूपमा चर्चा गरिएको स्थलप्रति भक्तजनमा अटुट विश्वास पाइन्छ।
मिथिला महात्म्य अनुसार १८ औं शताब्दीदेखि धार्मिक यात्रा माध्यमिकी परिक्रमामा भारतको अयोध्या, मथुरा, हरिद्धार, दरभंगहा, सीतामढी, बैजनाथ धामका साधुहरू उल्लेख्य रुपमा सहभागी हुने गर्छन्। महाशिवरात्री तिथिदेखि १५ दिनभित्र जनकपुर पुगेर होली खेलेर फागुन पूर्णिमामा समापन हुन्छ। यस परिक्रमामा सहभागी भएमा मन, वचन र कर्म तथा अञ्जानमा हुने पापबाट मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रहेको राममन्दिरका महन्थ रामगिरी बताउँछन्।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गरिन्छ।
यसलाई मिथिलाञ्चल क्षेत्रकै महाकुम्भ भनेर पनि चिनिने गरिन्छ। तर, मिथिला महात्मयमा माध्यमिकी परिक्रमा गर्न नसक्नेहरूले छोटो दूरीको अन्तरगृह परिक्रमा गर्नुपर्ने उल्लेख छ। अन्तरगृह परिक्रमाको सीमा क्षेत्र जनकपुरधाम उपमहानगरपालिका भित्र पर्छ।
मिथिला महात्म्यमा हरिहर क्षेत्रबाट प्रारम्भ भई गण्डकी नदीको किनार हँुदै हिमालय क्षेत्र, कोशी नदी भएर पुनः हरिहर क्षेत्रमा समापन हुने बृहत् परिक्रमाको चर्चा गरिएको छ। भारतको पटना स्थित गंगा नदीको तटमा हरिहर क्षेत्र अवस्थित छ।
केही दशकयता माध्यमिकी परिक्रमाको क्षेत्र र अवधि विस्तारित भए पनि जनकपुरस्थित रत्नसागर स्थानका स्वः महन्त बाबा नारायण दासजीले करिब डेढ सय वर्षपूर्वदेखि दुईसय सम्म साधुसन्तलाई लिएर वनजंगलको बाटो भएर माध्यमिकी परिक्रमालाई मिथिला महात्मयको निर्देशअनुसार पुनःआरम्भ गरेको बताइन्छ।
त्यसलाई करिब ५० वर्षपछि स्थानीय सीताकुण्डका महन्त परमहंस सियालाल शरणले ५ सय साधुसहित बाजागाजासहित परिक्रमा गरेका थिए।
५ सयको सानो संख्यालाई बढाएर २० हजार पु¥याई परिक्रमाको महत्व बढाउने तथा वैष्णव सम्प्रदायको प्रबद्र्धनमा महन्त परमंहसको उल्लेखनीय योगदान रहेको लक्ष्मी नारायण मठ मटिहानीका मान महन्थ जग्गनाथ दास वैष्णवले बताए।