मुख्य समाचार
समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय
समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय

: समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको छ।


नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले देशलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रलाई प्रतिकार गर्नका लागि भन्दै चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरिएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए।

गणतन्त्रको पक्षमा र प्रतिगमनविरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्न लागिएको उनले बताए। त्यसअघि चैत १ गते बुद्धिजीवीसँग अन्तरक्रिया गर्ने र त्यही दिन पत्रकार सम्मेलन गर्ने निर्णय गरिएको विश्वकर्माले बताए। उनले देशलाई प्रतिगमनतर्फ लैजाने हरकत सह्य नहुने निष्कर्ष निकालिएको जानकारी दिए।



उनले देशलाई अशान्तितर्फ धकेल्ने घटनालाई प्रतिकार गर्नका लागि आम जनतामा अपील गरिने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अन्तर्राष्ट्रिय आगमन कल बाइसपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२० घर भएका १९ वर्षीय धिरज पटेल छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले वीरगञ्जबाट २६ फागुनमा पक्राउ गरेको हो । उनले वीरगञ्जकै लालपर्सा भन्ने ठाउँमा अमेरिका पटेलको १ तले घर र वीरगञ्ज–१६ स्थित अनुजकुमार सरार्फको ...
महालेखा नियन्त्रकको कार्यालयका अनुसार फागुनसम्म ८ खर्ब ३९ अर्ब ३५ करोड खर्च हुँदा कुल प्राप्ति ७ खर्ब ३८ अर्ब ८२ करोडमात्र रहेको छ । बाँकी खर्च जुटाउन सरकारले आन्तरिक तथा वाह्य ऋणमा भर पर्नुपर्ने अवस्था छ । १ चैत, काठमाडौं । विकास खर्चमा सरकारले पुनः आफूलाई कमजोर सावित गरेको छ । बजेट निर्माणका हरेक चरणमा प्रमुख मुद्दा ...
: धनुषामा बस पल्टिदा करिब २४ जना बढी यात्रु घाइते भएका छन् । जनकपुरबाट राजविराजको लागि छुटेको ना.५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत मालटोल नजिक पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादव जानकारी दिए । उनका अनुसार बसमा ५०–६० जना सवार रहेका थिए । ‘दुर्घटनामा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका ...
। मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति जसवन्त पौडेलसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्याम्पसमा तोडफोड गर्दै स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । प्रहरी नियन्त्रणमा रहेकामा विराटनगर महानगरपालिका–१० बस्ने २८ वर्षीय स्ववियु सभापति जसवन्त पौडेल, विराटनगर महानगरपालिका–३ बस्ने ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधनको खबरले आफूलाई पीडा भएको बताउँदै उनीप्रति हार्दिक श्रदाञ्जली अर्पण गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले क्षेत्रीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन,आफन्त,साहित्यानुरागी दाजुभाइ–दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गरेका छन्। 'लीलबहादुर क्षेत्रीको 'बसाइँ'उपन्यासले कुनै समय क्यम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो । उहाँका 'बसाइँ'' र ...