मुख्य समाचार
युक्रेनले अमेरिकासँगको वार्ता 'धेरै रचनात्मक' भएको दाबी
युक्रेनले अमेरिकासँगको वार्ता 'धेरै रचनात्मक' भएको दाबी

: युक्रेनले अमेरिकासँगको वार्ता 'धेरै रचनात्मक' भएको दाबी गरेको छ। साउदी अरेबियाको पहलमा मंगलबारदेखि जेदाहमा सुरू भएको द्विपक्षीय वार्तामा अमेरिका र युक्रेन अधिकारीबीच जारी वार्ता सकारात्मक बनेको दाबी गरिएको हो।


युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका कार्यालय प्रमुख एन्ड्री यरमाकले उक्त दाबी गरेका हुन्। 'अमेरिकी टोलीसँगको बैठक धेरै रचनात्मक तरिकाले सुरु भयो। हामी न्यायपूर्ण र दिगो शान्तिको लागि काम गरिरहेका छौं,' टेलिग्राममा उनले भनेका छन्।

रुस-युक्रेनबीचको जारी युद्ध अन्त्य गर्ने उद्देश्यसाथ भइरहेको वार्तामा युक्रेनका विदेशमन्त्री एन्ड्री सैबिया, रक्षा मन्त्री रुस्तम उमिरोभ, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्टज, साउदी अरबका विदेशमन्त्री फैजल बिन फरहान र राष्ट्रिय सुरक्षा सल्लाहकार मोसम बिन मोहम्मद अल अैबान सहभागी थिए।



बीबीसीसँगको कुराकानीमा मार्कोले वार्ता राम्रो हुने बताएका थिए। उनले रुस र युक्रेनबीच कसरीट्ठ युद्धबिराम गर्ने सकिने विषयमा वार्ता केन्द्रित रहने बताएका थिए।
यता रसियाले साउदी अरबियाको वार्ताबाट आफूहरूले धेरै अपेक्षा नगरेको बताएको छ। साउदीका लागि राजदूत रहिसकेका एन्ड्रे बाक्लानोभले अमेरिकी र युक्रेनी अधिकारीहरूबीच भइरहेको वार्ताबाट धेरै अपेक्षा गर्न नसकिने बताएका हुन्। उनले जेलेन्स्कीलाई आफूहरूले वास्तविक राष्ट्रपति नमान्ने गरेको बताए। 'जेलेन्स्कीलाई हामीले वास्तविक राष्ट्रपति मान्दैनौं। किभका अधिकांश राष्ट्रवादी भनिएका नेताहरू हाम्रो आपराधिक सूचीमा छन्। ती अपराधिसँग हामीले गम्भीरतापूर्वक कुरा गर्न सक्दैनौं,' उनले अलजाजीरासँग भनेका छन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच ह्वाइट हाउसमा भेटवार्ता भएको थियो। खनिजसम्बन्धी सम्झौता र रुससँगको युद्धबारे ठूलो सहमति हुनसक्ने त्यतिबेला आकलन गरिए पनि ट्रम्प र जेलेन्स्कीबीचको छलफल वादविवादमा टुंगिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...