मुख्य समाचार
युक्रेनले अमेरिकासँगको वार्ता 'धेरै रचनात्मक' भएको दाबी
युक्रेनले अमेरिकासँगको वार्ता 'धेरै रचनात्मक' भएको दाबी

: युक्रेनले अमेरिकासँगको वार्ता 'धेरै रचनात्मक' भएको दाबी गरेको छ। साउदी अरेबियाको पहलमा मंगलबारदेखि जेदाहमा सुरू भएको द्विपक्षीय वार्तामा अमेरिका र युक्रेन अधिकारीबीच जारी वार्ता सकारात्मक बनेको दाबी गरिएको हो।


युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका कार्यालय प्रमुख एन्ड्री यरमाकले उक्त दाबी गरेका हुन्। 'अमेरिकी टोलीसँगको बैठक धेरै रचनात्मक तरिकाले सुरु भयो। हामी न्यायपूर्ण र दिगो शान्तिको लागि काम गरिरहेका छौं,' टेलिग्राममा उनले भनेका छन्।

रुस-युक्रेनबीचको जारी युद्ध अन्त्य गर्ने उद्देश्यसाथ भइरहेको वार्तामा युक्रेनका विदेशमन्त्री एन्ड्री सैबिया, रक्षा मन्त्री रुस्तम उमिरोभ, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्टज, साउदी अरबका विदेशमन्त्री फैजल बिन फरहान र राष्ट्रिय सुरक्षा सल्लाहकार मोसम बिन मोहम्मद अल अैबान सहभागी थिए।



बीबीसीसँगको कुराकानीमा मार्कोले वार्ता राम्रो हुने बताएका थिए। उनले रुस र युक्रेनबीच कसरीट्ठ युद्धबिराम गर्ने सकिने विषयमा वार्ता केन्द्रित रहने बताएका थिए।
यता रसियाले साउदी अरबियाको वार्ताबाट आफूहरूले धेरै अपेक्षा नगरेको बताएको छ। साउदीका लागि राजदूत रहिसकेका एन्ड्रे बाक्लानोभले अमेरिकी र युक्रेनी अधिकारीहरूबीच भइरहेको वार्ताबाट धेरै अपेक्षा गर्न नसकिने बताएका हुन्। उनले जेलेन्स्कीलाई आफूहरूले वास्तविक राष्ट्रपति नमान्ने गरेको बताए। 'जेलेन्स्कीलाई हामीले वास्तविक राष्ट्रपति मान्दैनौं। किभका अधिकांश राष्ट्रवादी भनिएका नेताहरू हाम्रो आपराधिक सूचीमा छन्। ती अपराधिसँग हामीले गम्भीरतापूर्वक कुरा गर्न सक्दैनौं,' उनले अलजाजीरासँग भनेका छन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच ह्वाइट हाउसमा भेटवार्ता भएको थियो। खनिजसम्बन्धी सम्झौता र रुससँगको युद्धबारे ठूलो सहमति हुनसक्ने त्यतिबेला आकलन गरिए पनि ट्रम्प र जेलेन्स्कीबीचको छलफल वादविवादमा टुंगिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डालासमा भारतीय मूलका मोटेल म्यानेजर चन्द्र नागमल्लैयाको हत्यापछि अमेरिकामा गैरकानुनी रुपमा रहिरहेका आप्रवासीमाथि निशाना साँधेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रथ सोशलमा लेखेका छन्, ‘टेक्सासको डालासमा चन्द्र नागमल्लैयाको हत्याको जानकारी पाएँ । उनी एक सम्मानित व्यक्ति थिए । उनकै पत्नी र छोराको अगाडि बर्बरतापूर्ण तरिकाले टाउको काटेर मारिएको छ ...
– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डालासमा भारतीय मूलका मोटेल म्यानेजर चन्द्र नागमल्लैयाको हत्यापछि अमेरिकामा गैरकानुनी रुपमा रहिरहेका आप्रवासीमाथि निशाना साँधेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रथ सोशलमा लेखेका छन्, ‘टेक्सासको डालासमा चन्द्र नागमल्लैयाको हत्याको जानकारी पाएँ । उनी एक सम्मानित व्यक्ति थिए । उनकै पत्नी र छोराको अगाडि बर्बरतापूर्ण तरिकाले टाउको काटेर मारिएको छ ...
: अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गर्ने भएका छन्। भेटमा कतारमा इजरायली आक्रमण पछिको अवस्थाबारे छलफल हुने अपेक्षा गरिएको छ। गत हप्ताको आक्रमणमा हमासका नेताहरूलाई निशाना बनाइएको थियो। त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा धेरै विरोध भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसको आलोचना गरेका थिए। रुबियोले पहिले भनेका थिए,ʻस्पष्ट रूपमा हामी यसबाट खुसी ...
। इजराइलले पछिल्ला ७२ घण्टामा ६ देशहरूमा हमला गरेको छ। यसमा गाजा (प्यालेस्टाइन) सहित सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया रहेका छन्। यी आक्रमणहरूमा २०० भन्दा बढीको मृत्यु भएको छ र १००० भन्दा बढी घाइते भएका छन्। यी आक्रमण सोमबारदेखि बुधबारबीच भएका हुन्। इजराइलले यी देशहरूमा रहेका आतंककारी केन्द्रहरूलाई लक्ष्य बनाइरहेको जिकिर गरेको छ। इजरायलको यो कदमको ...
। अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले नेपालमा विकसित भएको घटनाबारे चासो राख्दै प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन् । सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालले विगत दुई दशकमा प्रजातान्त्रिक अभ्यासको महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ, नागरिकको कडा योगदानले प्राप्त उपलब्धिहरूको रक्षा गर्नु वाञ्छनीय रहेको छ ।’ साथै नागरिकहरूविरुद्ध ...