मुख्य समाचार
तराईमा आज होली मनाइँदै
तराईमा आज होली मनाइँदै

: फागु अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ खेली आपसी सद्भाव साटेर मनाइँदै छ। बिहीबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको थियो ।


वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ ।

मिथिलाञ्चल क्षेत्रमा मनाइने होली देशको अन्यत्र भाग भन्दा फरक हुन्छ। फागु पूर्णिमाका रूपमा समेत बुझिने होली नेपाल र भारतको भूभाग समेटिएको मिथिला बृहत् परिक्रमा क्षेत्रमा पूर्णिमाका दिन पर्दैन। त्यसको भोलिपल्ट पर्छ।



पूर्णिमाको दिन जनकपुरधामको परिक्रमा गरिने भएकाले मदिरा र मासु सेवन वर्जित गरिएको हुन्छ। दोस्रो पूर्णिमाको दिन १५ दिने परिक्रमाको समापन दिन हो र मिथिलावासीहरू परिक्रमाले थकित भएका हुन्छन्। त्यसैले पूर्णिमाको दिन परिक्रमा घुमेर त्यसको भोलिपल्ट मात्र होली खेल्ने गर्दछन्।

यो मदनोत्सव हो। अनि यसमा मानिसहरू मदमस्त हुन्छन्। वसन्त पञ्चमीको दिनदेखि डम्फु, झयाल, ढोलकका साथ होलीका गीत गाउने होलैताहरू तयार हुन्छन्। यो क्रम फागुन पूर्णिमाको भोलिसम्म चल्छ।

पूर्णिमाको राति होलीका गीतहरू (फागु) गाउँदै होलिका दहन गरिन्छ र भोलिपल्ट फागु मनाइन्छ। फागुका दिन रंग अबिर खेलेर बेलुका होलिका दहन गरिएको स्थानमा गएर खरानी उडाउँदै ‘जे जीवे से खेले फागु जे मरे से लेखा ले’ भन्दै त्यहाँबाट ‘चैतावर’ गीत (चैत महिनाको गीत) गाउँदै फर्किने गरिन्छ।

पहिले पहिले गाउँघरमा दूध र मसला मिश्रित भाङ तयार हुन्थ्यो। जसलाई शिवशंकरको प्रसाद पनि भनिन्थयो। जसले मात चढ्थ्यो। अर्थात मानिस भाङ खाएर मतवाला हुन्थे।

होलैता समूहमा प्रत्येक टोलको मानिसहरू सहभागी हुन्थे र उनीहरू घरघरमा पुगेर होली गीत गाउने गर्थे। होलैतालाई भाङ, अबिर, पान र मसालेदार सुपारी प्रदान गरी बिदा गरिन्थ्यो। भाङलाई अहिले मदिरा, मद्य, मांसले विस्थापित गरेको छ।

तराईका जिल्लामा फागु पूर्णिमाको भोलिपल्ट मनाइने होलीमा पहिला भगवानलाई रंग चढाएर र आफ्ना परिवारका सदस्यसँग रंग लगाएपछि आफन्त र छिमेकीसँग खेल्ने गरिन्छ।

रंग, अबिर र धुलो

होली रंग अबिरको पर्व हो। फागुको धार्मिकभन्दा पनि सांस्कृतिक महत्व रहेको छ। होलीमा रंग र अबिरसँगै धुलो पनि उडाइन्छ। प्राध्यापक परमेश्वर कापडीले भन्छन्, ‘रंग अबिरको खेलसँगै धुरखेल (धुलो उडाउने खेल) पनि मिथिलामा हुन्छ।’

विसंगतिहरूलाई उडाउँदै नयाँ वर्षको सुखद शुभारम्भ होलीको दिनबाट हुन्छ। होलीले समाजमा आपसी रिस, द्वेष र वैमनस्यताहरूलाई बिर्साएर सद्भाव र मेलमिलापका साथ अगाडि बढाउने मान्यता छ। होली प्रारम्भ भएदेखि गाइने गीत र होली सकिएपछि गाइने गीतमा धेरै भिन्नता देखिन्छ।

डा. रेवतीरमण लालले होलीमा होलिका दहनको कुनै प्रसंग नरहेको बताउँछन्। उनले भने, ‘होलिका दहनको खुशियाली मनाउन होली खेलिएको होइन्। होलीमा होलिकारूपि विकृतीको दहन गरिने भनिए पनि यो कहिले देखि फागुमा जोडियो, त्यसको यकिन छैन।’

लोक संस्कृतिमा जानकार प्राध्यापक तथा पत्रकार श्यामसुन्दर शशीले मिथिलाञ्चलका होलीका प्रचलनको वर्णन गरेका छन्। ‘मिथिलाञ्चलमा एउटा चलन छ। प्रत्येक गाउँमा एउटा ब्रह्मस्थान हुन्छ। होलीको गीत त्यहाँबाट सुरु हुन्छ, र त्यसपछि गवैयाहरू सबैका घर घरमा जान्छन्। त्यसरी जाँदा गाउँलेहरूले उनीहरूलाई खानेकुरा वा केही उपहार दिन्छन्।’

गीतहरू डम्फा र ढोलक बजाएर गाइने शशी बताउँछन्, तर हाल भने यो प्रचलनलाई आधुनिक मनोरञ्जनले विस्थापित गरिरहेको छ।

‘जनकपुर लगायतका शहरको होली विकृत भइसकेको छ। त्यहाँ डिजे लगाएर भोजपुरी वा हिन्दी गाना गाउने चलन बढिरहेको छ, उनी भन्छन्। ‘असली होली गाउँमा हुन्छ। ब्राह्मण जस्ता शास्त्रीय जातहरूमा होलीका गीत खासै गाइँदैन। गाउँमा बस्ने कथित तल्लो जातमा होलीको असली रौनक हुन्छ। नगर पितालाई वन्दना गरेर गायन सुरु हुन्छ। बाटो हिँड्ने बेलामा बटगमनि हुन्छ। नामले नै बताउँछ त्यसको प्रकृतिः बटगमनी। त्यसपछि प्रेम प्रसंगका गीतहरू हुन्छन्, कुनै मिलनका त कुनै विरहका।

अन्त्यसम्म जाँदा निर्गुण गाउने चलन छ। निर्गुण भनेको शरीरलाई नश्वर र आत्मालाई सत्य मान्ने गीतको विधा हो। त्यसको अर्थ बेग्लै हुन्छ। म मरेर जाँदै छु, शरीर छोडेर आफ्नो कर्म मात्रै लिएर जाँदै छु भन्ने किसिमका गीत पाइन्छन्।

तर तराईको फागु गीतमा प्रमुख भनेको जोगिरा गीत मानिन्छ। ‘जोगिरा भनेको एउटा विशेष ताल नै हुन्छ। यसमा रामायणका विषयमा वा समसामयिक विषयमा प्रश्नोत्तर गरिन्छ र जोगिरा सररर भनेर गाइन्छ। यसमा राजनीतिक विषयवस्तु पनि हुन्छन्। नेताहरूलाई तथानाम गाली गरेर गीत बनेका छन्,’ शशी भन्छन्।

जनकपुरमा यस्ता गीतहरूको प्रवर्द्धन गर्न लागि बर्सेनि होली गीत प्रतियोगिताहरूको आयोजना हुनेगर्छ। जसमा गाउँ गाउँमा रैथाने टोलीहरूले भाग लिने गर्दछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इँटको जवाफ पत्थरबाट दिइने बताएका छन् । शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राजावादीहरूको पछिल्लो घटनाक्रमतर्फ इंगित गर्दै यस्तो बताएका हुन् । ‘इँटको जवाफ पत्थरले दिन माओवादी केन्द्र तयार छ,’ प्रचण्डले भनेका छन् । उनले सोही जवाफ अन्तर्गत आगामी चैत १५ गते काठमाडौंमा ...
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको जिम्मा आफ्नो पार्टीको काँधमा आएकाले ७० वर्ष नाघे पनि आफू सक्रियतापूर्वक देशदौडाहामा लागिरहेको बताएका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको नगर सम्मेलन तथा जागरणसभालाई सम्बोधन गर्दै प्रचण्डले देशभित्र परिवर्तनलाई उल्टाउन षड्यन्त्र भइरहेकाले त्यसलाई रोक्न आफू पुनः सक्रिय भइरहेको बताए । ‘देशको जिम्मेवारी लिने ऐतिहासिक अभिभारा पुनः एकपटक हाम्रो ...
: समाजवादी मोर्चाले चैत्र १५ गते काठमाडौंमा बृहत् जनसभाको आयोजना गर्ने भएको छ। शुक्रबार बिहान बसेको विपक्षी चार दलको समाजवादी मोर्चाको बैठकले १५ गते जनसभालाई बृहत् बनाउने निर्णय गरेको हो। बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले १५ गतेको जनसभालाई बृहत् बनाउने निर्णय भएको जानकारी दिए। उनले भने, ' चैत्र १५ गतेको बृहत् प्रदर्शनलाई भव्य बनाइनेछ। हजारौं ...
। अन्तर्राष्ट्रिय आगमन कल बाइसपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२० घर भएका १९ वर्षीय धिरज पटेल छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले वीरगञ्जबाट २६ फागुनमा पक्राउ गरेको हो । उनले वीरगञ्जकै लालपर्सा भन्ने ठाउँमा अमेरिका पटेलको १ तले घर र वीरगञ्ज–१६ स्थित अनुजकुमार सरार्फको ...
महालेखा नियन्त्रकको कार्यालयका अनुसार फागुनसम्म ८ खर्ब ३९ अर्ब ३५ करोड खर्च हुँदा कुल प्राप्ति ७ खर्ब ३८ अर्ब ८२ करोडमात्र रहेको छ । बाँकी खर्च जुटाउन सरकारले आन्तरिक तथा वाह्य ऋणमा भर पर्नुपर्ने अवस्था छ । १ चैत, काठमाडौं । विकास खर्चमा सरकारले पुनः आफूलाई कमजोर सावित गरेको छ । बजेट निर्माणका हरेक चरणमा प्रमुख मुद्दा ...