मुख्य समाचार
नुवाकोटको नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित
नुवाकोटको नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

: नुवाकोटको नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित भएको छ।


क्याम्पस प्रशासनले बिहीबार अपराह्ण क्याम्पसमा विविध कारणले स्ववियु निर्वाचन स्थगित गरिएको सूचना टाँसेको हो। चैत ५ गते तय भएको स्ववियु निर्वाचनका लागि विदुरनपा–४ बट्टार बजारमा रहेको सो क्याम्पसमा निर्वाचन समितिका संयोजकले राजीनामा दिएको लगायत विविध घटनाक्रमका कारण हाललाई अर्को निर्वाचन समिति चयन नभएसम्मका लागि स्ववियु निर्वाचन स्थगित गरिएको क्याम्पस प्रमुख नारायणमान डंगोलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

निर्वाचन समितिका संयोजक पुर्णबहादुर सडौलाले फागुन २५ गते पदबाट राजीनामा दिएका कारण क्याम्पस प्रशासन, विभिन्न विद्यार्थी संगठन, शिक्षकहरू सहितको संयुक्त बैठकले विवादित विषयहरूलाई सहमतिमा टुंग्याउने र निर्वाचन समितिलाई काम गर्न सहज वातावरण बनाउने निर्णय हुँदासमेत निर्वाचन समितिले राजीनामा फिर्ता लिई निर्वाचन प्रक्रिया अगाडि बढाउन असमर्थता जनाएको क्याम्पसले जारी गरेको सूचनामा उल्लेख छ। तत्काल नयाँ निर्वाचन समिति गठन हुन नसकेका कारण अर्को समिति नबनेसम्मका लागि स्ववियु निर्वाचन स्थगित गरिएको क्याम्पस प्रमुख डंगोलले बताए।



यसका साथै स्ववियु निर्वाचनको सन्दर्भलाई लिएर क्याम्पसमा असहज परिस्थिति उत्पन्न नहोस् भन्ने उद्देश्यले क्याम्पसको संशोधित विधान २०७७ को दफा १३, उपदफा १७ बमोजिम क्याम्पस आगामी चैत ६ गतेसम्मका लागि बन्द गरिएको सूचनामा जनाइएको छ। विद्यार्थी संगठनहरूले भने स्ववियु निर्वाचन स्थगित गर्नु अन्याय भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको जिम्मा आफ्नो पार्टीको काँधमा आएकाले ७० वर्ष नाघे पनि आफू सक्रियतापूर्वक देशदौडाहामा लागिरहेको बताएका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको नगर सम्मेलन तथा जागरणसभालाई सम्बोधन गर्दै प्रचण्डले देशभित्र परिवर्तनलाई उल्टाउन षड्यन्त्र भइरहेकाले त्यसलाई रोक्न आफू पुनः सक्रिय भइरहेको बताए । ‘देशको जिम्मेवारी लिने ऐतिहासिक अभिभारा पुनः एकपटक हाम्रो ...
: समाजवादी मोर्चाले चैत्र १५ गते काठमाडौंमा बृहत् जनसभाको आयोजना गर्ने भएको छ। शुक्रबार बिहान बसेको विपक्षी चार दलको समाजवादी मोर्चाको बैठकले १५ गते जनसभालाई बृहत् बनाउने निर्णय गरेको हो। बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले १५ गतेको जनसभालाई बृहत् बनाउने निर्णय भएको जानकारी दिए। उनले भने, ' चैत्र १५ गतेको बृहत् प्रदर्शनलाई भव्य बनाइनेछ। हजारौं ...
। अन्तर्राष्ट्रिय आगमन कल बाइसपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२० घर भएका १९ वर्षीय धिरज पटेल छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले वीरगञ्जबाट २६ फागुनमा पक्राउ गरेको हो । उनले वीरगञ्जकै लालपर्सा भन्ने ठाउँमा अमेरिका पटेलको १ तले घर र वीरगञ्ज–१६ स्थित अनुजकुमार सरार्फको ...
महालेखा नियन्त्रकको कार्यालयका अनुसार फागुनसम्म ८ खर्ब ३९ अर्ब ३५ करोड खर्च हुँदा कुल प्राप्ति ७ खर्ब ३८ अर्ब ८२ करोडमात्र रहेको छ । बाँकी खर्च जुटाउन सरकारले आन्तरिक तथा वाह्य ऋणमा भर पर्नुपर्ने अवस्था छ । १ चैत, काठमाडौं । विकास खर्चमा सरकारले पुनः आफूलाई कमजोर सावित गरेको छ । बजेट निर्माणका हरेक चरणमा प्रमुख मुद्दा ...
: धनुषामा बस पल्टिदा करिब २४ जना बढी यात्रु घाइते भएका छन् । जनकपुरबाट राजविराजको लागि छुटेको ना.५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत मालटोल नजिक पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादव जानकारी दिए । उनका अनुसार बसमा ५०–६० जना सवार रहेका थिए । ‘दुर्घटनामा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका ...