मुख्य समाचार
प्रधानमन्त्रीओलीले राष्ट्रिय सुरक्षामा देखा पर्नसक्ने चुनौतीको सामना गर्नुपर्ने बताए
प्रधानमन्त्रीओलीले राष्ट्रिय सुरक्षामा देखा पर्नसक्ने चुनौतीको सामना गर्नुपर्ने बताए

: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षामा देखा पर्नसक्ने चुनौतीको सामना गर्नुपर्ने बताएका छन्।


राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको २४औं वार्षिकोत्सवका अवसरमा सिंहदबारमा आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष प्रधानमन्त्री ओलीले परम्परागत सुरक्षा चुनौतीका अतिरिक्त सूचना र प्रविधिको द्रूत विकाससँगै यसको दुरुपयोगका कारण उत्पन्न साइबर अपराध, अन्तरदेशीय अपराध, जलवायु परिवर्तन, लागु औषध दुर्व्यसन, सामाजिक सञ्जालको दुरुपयोगजस्ता कारणले राष्ट्रिय सुरक्षालाई संवेदनशील बनाउने बताए।

उनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा विभिन्न नयाँ आयाम र नवीन प्रवृत्तिहरू देखा पर्न थालेका र यसबाट राष्ट्रिय सुरक्षामा के कस्ता असर, प्रभाव र चुनौतीहरू सिर्जना हुन सक्ने भएकाले समयमै आकलन तथा विश्लेषण गरी तदनुसार उपयुक्त रणनीति तय गर्न आवश्यक हुने बताए।



प्रधानमन्त्री ओलीले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्तता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सम्बन्धित निकाय, राजनीतिक दललगायत सबैले एकापसमा उचित समन्वय र सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको जोड दिँदै राष्ट्रिय सुरक्षाको सन्दर्भमा ‘होल अफ द नेशन’को अवधारणाअनुसार काम गर्न आवश्यक रहेको बताए।

नेपालको संविधान भाग २८ मा राष्ट्रिय सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ। उक्त भागको धारा २६६ को उपधारा (१) मा नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि नेपाल सरकार, मन्त्रिपरिषदलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा परिषद् गठनको प्रबन्ध गरिएको छ।

विसं २०५८ साल फागुन २७ गतेबाट राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको स्थापना भएको थियो। सचिवालयले राष्ट्रिय सुरक्षा परिषद्को कार्यलाई सहजीकरण गर्ने, आवश्यक राय सुझाव दिने तथा सुरक्षा विश्लेषण प्रतिवेदन तयार गर्ने कार्यहरू गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: समाजवादी मोर्चाले चैत्र १५ गते काठमाडौंमा बृहत् जनसभाको आयोजना गर्ने भएको छ। शुक्रबार बिहान बसेको विपक्षी चार दलको समाजवादी मोर्चाको बैठकले १५ गते जनसभालाई बृहत् बनाउने निर्णय गरेको हो। बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले १५ गतेको जनसभालाई बृहत् बनाउने निर्णय भएको जानकारी दिए। उनले भने, ' चैत्र १५ गतेको बृहत् प्रदर्शनलाई भव्य बनाइनेछ। हजारौं ...
। अन्तर्राष्ट्रिय आगमन कल बाइसपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२० घर भएका १९ वर्षीय धिरज पटेल छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले वीरगञ्जबाट २६ फागुनमा पक्राउ गरेको हो । उनले वीरगञ्जकै लालपर्सा भन्ने ठाउँमा अमेरिका पटेलको १ तले घर र वीरगञ्ज–१६ स्थित अनुजकुमार सरार्फको ...
महालेखा नियन्त्रकको कार्यालयका अनुसार फागुनसम्म ८ खर्ब ३९ अर्ब ३५ करोड खर्च हुँदा कुल प्राप्ति ७ खर्ब ३८ अर्ब ८२ करोडमात्र रहेको छ । बाँकी खर्च जुटाउन सरकारले आन्तरिक तथा वाह्य ऋणमा भर पर्नुपर्ने अवस्था छ । १ चैत, काठमाडौं । विकास खर्चमा सरकारले पुनः आफूलाई कमजोर सावित गरेको छ । बजेट निर्माणका हरेक चरणमा प्रमुख मुद्दा ...
: धनुषामा बस पल्टिदा करिब २४ जना बढी यात्रु घाइते भएका छन् । जनकपुरबाट राजविराजको लागि छुटेको ना.५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत मालटोल नजिक पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादव जानकारी दिए । उनका अनुसार बसमा ५०–६० जना सवार रहेका थिए । ‘दुर्घटनामा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका ...
। मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति जसवन्त पौडेलसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्याम्पसमा तोडफोड गर्दै स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । प्रहरी नियन्त्रणमा रहेकामा विराटनगर महानगरपालिका–१० बस्ने २८ वर्षीय स्ववियु सभापति जसवन्त पौडेल, विराटनगर महानगरपालिका–३ बस्ने ...