मुख्य समाचार
होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले ५५ जनालाई नियन्त्रणमा
होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले ५५ जनालाई नियन्त्रणमा

: होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले ५५ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले ५२ पुरुष र ३ महिलालाई नियन्त्रणमा लिइएको जानकारी दिए।


उनका अनुसार चेकजाँचका क्रममा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँबाट दुई पाङ्ग्रे २३० र चार पाङ्ग्रे २३ गरी दुई सय ५३ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ। जसमा मादक पदार्थ सेवन गरेका ४९ र लागुपदार्थ सेवन गरेका आठ वटा छन्।

पक्राउ परेकाहरूको अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने टुंगो लाग्ने प्रहरीले जनाएको छ। प्रहरीले काठमाडौंबाट मात्रै २१९ सवारी साधन नियन्त्रणमा लिएको छ। जसमा चार पाङ्ग्रे १८ तथा दुई पाङ्ग्रे २०१ छन्। आज साँझसम्म दुई पाङ्ग्रे ११६ तथा चार पाङ्ग्रे १३ गरी १२९ सवारी साधन छाडिसकिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधनको खबरले आफूलाई पीडा भएको बताउँदै उनीप्रति हार्दिक श्रदाञ्जली अर्पण गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले क्षेत्रीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन,आफन्त,साहित्यानुरागी दाजुभाइ–दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गरेका छन्। 'लीलबहादुर क्षेत्रीको 'बसाइँ'उपन्यासले कुनै समय क्यम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो । उहाँका 'बसाइँ'' र ...
। चार करोड रुपैयाँ भन्दा बढीको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भएका कुयाङछुयाङ दार्जे लामा छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २८ फागुनमा अनामनगरबाट पक्राउ गरेको हो । उनीविरुद्ध बैंकिङ कसुरको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनीविरुद्ध ४ करोड ...
: नेकपा एकीकृत समाजवादीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समाजवादीले सुशासन र रोजगारी समाजवादको तयारीका लागि भन्दै पहिलो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो । जस अनुसार चैत्र २ देखि ६ गतेसम्म मातहत कमिटीहरूमा छलफल गर्ने र चैत्र ७ देखि १५ गतेसम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा ...
। राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । आगामी ७ चैतमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको बोर्डले जनाएको छ । ‘हाम्रो तर्फबाट तयारी पूरा भएको छ । सिम्बोल नम्बर, प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ । ...
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले १५ फागुन, २०८० मा सार्वजनिक लेखा समितिको कार्यक्रममा भनेका थिए, ‘अनुसन्धान करिब–करिब अन्तिम चरणमा पुगेको छ । केही समयभित्रै रिजल्ट आउन सक्छ ।’ राईले सार्वजनिक लेखा समितिमा गएर घोषणा गरेको एक वर्ष बित्यो, तर नेपाल दूरसञ्चार प्राधिकरणको बहुचर्चित टेरामक्स प्रविधि खरिदमा भएको अनुसन्धानबारे अख्तियारले कुनै निर्णय गरेको ...