मुख्य समाचार
युक्रेन रुसमाथि 'गम्भीर' आक्रमण गर्न सक्षम छ : युक्रेनी सांसद
युक्रेन रुसमाथि 'गम्भीर' आक्रमण गर्न सक्षम छ : युक्रेनी सांसद

साउदी अरेबियामा अमेरिकी र युक्रेनी अधिकारीहरूबीच वार्ता जारी छ। यसैबीच युक्रेनी सांसद ओलेक्सी गोन्चारेन्कोले मस्कोमा रातारात गरिएको आक्रमणले युक्रेन रुसमाथि ठूलो र गम्भीर आक्रमण गर्न सक्षम रहेको प्रमाणित गरेको बताएका छन्।


गोन्चारेन्कोले भने, 'यो स्पष्ट सन्देश हो कि हामीसँग पनि केही शक्ति छ।'

उनले डोनाल्ड ट्रम्पको हालैको भनाइ 'जसमा ट्रम्पले शान्ति वार्तामा रुसको बढी शक्ति रहेको उल्लेख गरेका थिए'लाई लक्षित गर्दै उक्त कुरा बताएका हुन्।



साउदी अरेबियाको जेद्दामा अमेरिकी र युक्रेनी अधिकारीहरू बीचको बैठकको बारेमा गोन्चारेन्कोले यसले अमेरिका र युक्रेनबीच विश्वास पुनर्स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्।

गोन्चारेन्कोले यस वार्तामा युक्रेनको मुख्य लक्ष्य आफ्नो देशको अखण्डता, सार्वभौमसत्ता र सुरक्षाको ग्यारेन्टी सुनिश्चित गर्नु रहेको कुरा बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इरानमा इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई फाँसी दिइएको छ। इरानी न्यायपालिकाका अनुसार मेहदी फरीद नामक व्यक्तिले इजरायको गुप्तचर एजेन्सी मोसादलाई देशको संवेदनशील विषयका बारेमा जानकारी दिएका थिए। इरानी अदालतका अनुसार मेहदी फरीद देशको एउटा महत्त्वपूर्ण संस्था प्यासिभ डिफेन्स कमिटीको व्यवस्थापन विभागमा काम गर्थे। उनले इन्टरनेटमार्फत् इजरायललाई सम्पर्क गर्थे । मानव अधिकार संगठन र सामाजिक ...
गत २८ फेब्रुअरीदेखि सुरु भएको युद्धका कारण इरानले होर्मुज स्ट्रेट बन्द गरेपछि अमेरिकाले इरानी बन्दरगाहहरूमा कडा नौसैनिक नाकाबन्दी लगाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले ‘ट्रुथ सोसल’ मार्फत इरानले बिना सर्त होर्मुज स्ट्रेट नखोलेसम्म नाकाबन्दी नहट्ने स्पष्ट पारेका छन् । ट्रम्पका अनुसार यो नाकाबन्दीका कारण इरानले दैनिक ५० करोड डलर नोक्सानी बेहोरिरहेको छ, जुन उसको अर्थतन्त्रका लागि ...
। प्रविधि क्षेत्रको एक अग्रणी कम्पनी एप्पलका सीईओ टिम कुकले पद त्याग्ने निर्णय गरेका छन् । ६५ वर्षीय कुकले सेप्टेम्बर १ मा सीईओको जिम्मेवारी जोन टर्नसलाई हस्तान्तरण गर्ने छन् । त्यसपछि उनी एप्पलमा एक्जीक्युटिभ चेयरम्यान (कार्यकारी अध्यक्ष) का रूपमा रहने बताइएको छ । औपचारिक रूपमा उनले पद छोडेपछि जोन टर्नसले एप्पलको नयाँ सीईओको रूपमा जिम्मेवारी सम्हाल्नेछन् ...
: युद्धविरामको समय सीमा सकिँदै गर्दा इरान–अमेरिकाबीचको सम्भावित दोस्रो चरणको वार्ताका विषयमा विश्वले चासो देखाइरहेको छ । अमेरिका र इरानबीचको सम्भावित दोस्रो चरणको वार्तालाई लिएर चीनले समेत चासो व्यक्त गरेको छ । अमेरिका–इरान शान्ति वार्ताको नयाँ चरणबारे उठेका सम्भावना र प्रश्नबीच पाकिस्तानका उपप्रधानमन्त्री इशाक डारले चीनका राजदूत जियाङ जायदोंगसँग भेट गरेका छन् । चीनले अमेरिका र ...
: संयुक्त राज्य अमेरिकाको लुइसियानाका एक व्यक्तिले आफ्नै सात सन्तानसहित आठ जनाको हत्या गरेका छन् । ३१ वर्षीय शमार एल्किन्सले आफ्नै सात सन्तानसहित आठ जनाको गोली हानी हत्या गरेका हुन् । फ्रेडी मोंटगोमेरीले छिमेकीकहाँबाट घर फर्किदा सडकपारी शमार एल्किन्सलाई देखेका थिए । एल्किन्स शनिबार दिउँसो आफ्नै घरको अगाडिको बरन्डामा बसेका थिए । दुवै जनाले एकअर्कालाई ...