मुख्य समाचार
भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने
भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

: परराष्ट्रमन्त्री आरजु राणा देउवा आज अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन्। भारतको झारखण्डस्थित बाबा वैद्यनाथधाममा दर्शन तथा पूजाआजापछि उनी आज नयाँ दिल्ली पुगेको उनको सचिवालयले जनाएको छ।


मन्त्री राणालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले स्वागत गरेका थिए।

मन्त्री राणा भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) द्वारा यही मार्च १७ देखि १९ सम्म नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागी हुनेछिन्।



मन्त्री राणाले यही मार्च १७ मा उद्घाटन हुने सो कार्यक्रमका जलवायु परिवर्तनको अवस्था र समस्या तथा दक्षिण के चाहन्छ? नामक फरक–फरक सत्रमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। साथै उनले यसैअन्तर्गत ‘डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर कन्क्लेभ’ लाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।

यस कार्यक्रमका दौरानमा मन्त्री राणाले भारतका विदेशमन्त्री एस जयशङ्कर तथा अन्य मित्रराष्ट्रका समकक्षीहरूसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। सो राइसिना डायलगमा विश्वका विभिन्न देशका प्रधानमन्त्री, विदेशमन्त्री, नेता तथा नीति निर्माताहरूको सहभागिता रहने आयोजक संस्था ओरआएफले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति जसवन्त पौडेलसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्याम्पसमा तोडफोड गर्दै स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । प्रहरी नियन्त्रणमा रहेकामा विराटनगर महानगरपालिका–१० बस्ने २८ वर्षीय स्ववियु सभापति जसवन्त पौडेल, विराटनगर महानगरपालिका–३ बस्ने ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधनको खबरले आफूलाई पीडा भएको बताउँदै उनीप्रति हार्दिक श्रदाञ्जली अर्पण गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले क्षेत्रीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन,आफन्त,साहित्यानुरागी दाजुभाइ–दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गरेका छन्। 'लीलबहादुर क्षेत्रीको 'बसाइँ'उपन्यासले कुनै समय क्यम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो । उहाँका 'बसाइँ'' र ...
। चार करोड रुपैयाँ भन्दा बढीको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भएका कुयाङछुयाङ दार्जे लामा छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २८ फागुनमा अनामनगरबाट पक्राउ गरेको हो । उनीविरुद्ध बैंकिङ कसुरको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनीविरुद्ध ४ करोड ...
: नेकपा एकीकृत समाजवादीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समाजवादीले सुशासन र रोजगारी समाजवादको तयारीका लागि भन्दै पहिलो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो । जस अनुसार चैत्र २ देखि ६ गतेसम्म मातहत कमिटीहरूमा छलफल गर्ने र चैत्र ७ देखि १५ गतेसम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा ...
। राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । आगामी ७ चैतमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको बोर्डले जनाएको छ । ‘हाम्रो तर्फबाट तयारी पूरा भएको छ । सिम्बोल नम्बर, प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ । ...