मुख्य समाचार
साउदी अरेबियामा अमेरिका-युक्रेनबीच भएको वार्तामा युक्रेनले रुससँग तत्काल ३० दिने युद्धविराम गर्ने प्रस्ताव स्वीकार
साउदी अरेबियामा अमेरिका-युक्रेनबीच भएको वार्तामा युक्रेनले रुससँग तत्काल ३० दिने युद्धविराम गर्ने प्रस्ताव स्वीकार

साउदी अरेबियामा अमेरिका-युक्रेनबीच भएको वार्तामा युक्रेनले रुससँग तत्काल ३० दिने युद्धविराम गर्ने प्रस्ताव स्वीकार गरेको छ।


युक्रेन युद्ध अन्त्य गर्न मंगलबार अमेरिकी र युक्रेनी अधिकारीहरूबीच बैठक भएको छ। यसपछि युक्रेनले अमेरिकाको ३० दिने युद्धविराम प्रस्ताव स्वीकार गरेको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पुष्टि गरेका छन्।

राष्ट्रपति जेलेन्स्कीले भने, 'यो प्रस्ताव सकारात्मक कदम हो। युक्रेन यसलाई स्वीकार गर्न पूर्ण रूपमा तयार छ। अब यसका लागि रुसलाई मनाउनु अमेरिकाको जिम्मेवारी हो। मस्कोले सहमति जनाएपछि युद्धविराम तुरुन्तै लागू हुनेछ।'



अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले साउदी अरेबियाको जेद्दामा भएको बैठकमा युक्रेनका धेरै सम्झौता प्रस्तावहरूबारे छलफल गरेको बताएका छन्। युक्रेनी अधिकारीहरू रुसद्वारा कब्जा गरिएको क्षेत्रको विषयमा भने कुनै पनि सम्झौताको लागि तयार देखिएनन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पूर्वी युक्रेनका चार ठूला क्षेत्रहरू (डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजिया) मा पूर्ण नियन्त्रण चाहन्छन्। रुसले पहिले नै युक्रेनको २०% भूभाग कब्जा गरिसकेको छ।

अमेरिका-युक्रेन वार्तामा भएका निर्णयहरूमा युद्धविराम हवाई र समुद्रीलगायत सबै क्षेत्रमा लागू हुने जनाइएको छ। त्यस्तै वाचा गरिएअनुसार अमेरिकाले रुसलाई युद्धविराममा सहमत हुन मनाउने प्रयास गर्नेछ। अमेरिकाले युक्रेनको लागि सैन्य सहयोग तथा गुप्तचर जानकारी आदान प्रदान गर्न रोकेको थियो। वार्तामा युक्रेनले अमेरिकाबाट सैन्य सहयोग र गुप्तचर जानकारी प्राप्त गर्ने कुरा पनि सम्झौता भएको छ।

त्यस्तै दुर्लभ खनिज सम्झौता सकेसम्म चाँडो पूरा गर्न अमेरिका र युक्रेनबीच सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...