मुख्य समाचार
साउदी अरेबियामा अमेरिका-युक्रेनबीच भएको वार्तामा युक्रेनले रुससँग तत्काल ३० दिने युद्धविराम गर्ने प्रस्ताव स्वीकार
साउदी अरेबियामा अमेरिका-युक्रेनबीच भएको वार्तामा युक्रेनले रुससँग तत्काल ३० दिने युद्धविराम गर्ने प्रस्ताव स्वीकार

साउदी अरेबियामा अमेरिका-युक्रेनबीच भएको वार्तामा युक्रेनले रुससँग तत्काल ३० दिने युद्धविराम गर्ने प्रस्ताव स्वीकार गरेको छ।


युक्रेन युद्ध अन्त्य गर्न मंगलबार अमेरिकी र युक्रेनी अधिकारीहरूबीच बैठक भएको छ। यसपछि युक्रेनले अमेरिकाको ३० दिने युद्धविराम प्रस्ताव स्वीकार गरेको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पुष्टि गरेका छन्।

राष्ट्रपति जेलेन्स्कीले भने, 'यो प्रस्ताव सकारात्मक कदम हो। युक्रेन यसलाई स्वीकार गर्न पूर्ण रूपमा तयार छ। अब यसका लागि रुसलाई मनाउनु अमेरिकाको जिम्मेवारी हो। मस्कोले सहमति जनाएपछि युद्धविराम तुरुन्तै लागू हुनेछ।'



अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले साउदी अरेबियाको जेद्दामा भएको बैठकमा युक्रेनका धेरै सम्झौता प्रस्तावहरूबारे छलफल गरेको बताएका छन्। युक्रेनी अधिकारीहरू रुसद्वारा कब्जा गरिएको क्षेत्रको विषयमा भने कुनै पनि सम्झौताको लागि तयार देखिएनन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पूर्वी युक्रेनका चार ठूला क्षेत्रहरू (डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजिया) मा पूर्ण नियन्त्रण चाहन्छन्। रुसले पहिले नै युक्रेनको २०% भूभाग कब्जा गरिसकेको छ।

अमेरिका-युक्रेन वार्तामा भएका निर्णयहरूमा युद्धविराम हवाई र समुद्रीलगायत सबै क्षेत्रमा लागू हुने जनाइएको छ। त्यस्तै वाचा गरिएअनुसार अमेरिकाले रुसलाई युद्धविराममा सहमत हुन मनाउने प्रयास गर्नेछ। अमेरिकाले युक्रेनको लागि सैन्य सहयोग तथा गुप्तचर जानकारी आदान प्रदान गर्न रोकेको थियो। वार्तामा युक्रेनले अमेरिकाबाट सैन्य सहयोग र गुप्तचर जानकारी प्राप्त गर्ने कुरा पनि सम्झौता भएको छ।

त्यस्तै दुर्लभ खनिज सम्झौता सकेसम्म चाँडो पूरा गर्न अमेरिका र युक्रेनबीच सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...