मुख्य समाचार
दुई समूहबीच झगडा हुँदा खुकुरी प्रहारबाट एक युवकको मृत्यु
दुई समूहबीच झगडा हुँदा खुकुरी प्रहारबाट एक युवकको मृत्यु

: कालीकोटको खाँडाचक्र नगरपालिका-१० चौकीमा एक किशोरको हत्या भएको छ। बुधबार राति हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरूबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो।


दुई समूहबीच झगडा हुँदा १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका छन्। झगडामा भएको खुकुरी प्रहारबाट शाहीको मृत्यु भएको हो। सदरमुकाम मान्मबाट ३५ किमी टाढा चौकी गाउँमा आज बिहान जिल्ला प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावत सहितको टोली घटनास्थलमा पुगेर घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ।

मृतकको शव पोस्टमर्टमका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरीका सूचना अधिकारी कृष्ण केसीले बताए। ‘घटनामा संलग्नलाई पक्राउ गरेका छौं,’ उनले भने, ‘पक्राउ परेका पाँचै जना १८ वर्षमुनिका छन्।’ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले १५ फागुन, २०८० मा सार्वजनिक लेखा समितिको कार्यक्रममा भनेका थिए, ‘अनुसन्धान करिब–करिब अन्तिम चरणमा पुगेको छ । केही समयभित्रै रिजल्ट आउन सक्छ ।’ राईले सार्वजनिक लेखा समितिमा गएर घोषणा गरेको एक वर्ष बित्यो, तर नेपाल दूरसञ्चार प्राधिकरणको बहुचर्चित टेरामक्स प्रविधि खरिदमा भएको अनुसन्धानबारे अख्तियारले कुनै निर्णय गरेको ...
: अर्जुनचौपारीमा नवनिर्मित नवग्रह मन्दिरमा ७८ लाख रुपैयाँ भेटि संकलन भएको छ। अर्जुनचौपारी गाउँपालिका –१ पञ्चकन्या मन्दिर परिसरमा भएको ९ दिने धार्मिक महोत्सवमा ७७ लाख ६८ हजार रुपैयाँ संकलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले बताए। फागुन ६ देखि १४ गतेसम्म नेपालको पहिलो नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव सञ्चालन गरिएको ...
। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र प्रजातन्त्र एकअर्काको विरोधी नभएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले जनताले राखेको भावनालाई राजतन्त्र रोज्ने कि प्रजातन्त्र रोज्ने भनेर सञ्चारमाध्यमहरूले भ्रम सिर्जना गरेको आरोप लगाए । ‘नेपालमा राजासहितको प्रजातन्त्र चाहिन्छ भन्ने पार्टीको अध्यक्ष भएको नाताले मिडियालाई म के आग्रह गर्न चाहन्छु ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउन निर्देशन दिएका छन्। सो संवादका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सिंहदरबारमा सञ्चालनमा आएको सचिवालयमा आज निरीक्षण र अवलोकनपछि प्रधानमन्त्री ओलीले कार्यक्रम आयोजना गर्नुको मुख्य सन्देशको प्रभावकारी प्रवाहसहित व्यवस्थापनसमेत चुस्त दुरुस्त भएको सन्देश अन्तर्राष्ट्रिय समुदायसमक्ष दिन निर्देशन ...
। उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले पू्र्वविशिष्टलाई आजीवन सुविधा दिने सरकारको कुनै तयारी नरहेको बताएका छन् । नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार गरेको कार्यकर्ता भेटघाट एवं अन्तरक्रियामा मन्त्री सिंहले यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले हल्ला गरिएको जिकिर गरे । ‘०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएको थियो ...