मुख्य समाचार
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुससहित मालपोतका दुईजना कर्मचारीलाई नियन्त्रणमा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुससहित मालपोतका दुईजना कर्मचारीलाई नियन्त्रणमा

: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुससहित मालपोतका दुईजना कर्मचारीलाई नियन्त्रणमा लिएको छ। आयोगले भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदार मुन्नु कुमार दास र लेखापढी कानुन व्यवसायी जिवछ महतोलाई ३५ हजार घुससहित नियन्त्रणमा लिएको हो।


उनीहरूले जग्गाको ट्रायल चेकगरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस /रिसवत माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिइ गएको टोलीले घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । आगामी ७ चैतमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको बोर्डले जनाएको छ । ‘हाम्रो तर्फबाट तयारी पूरा भएको छ । सिम्बोल नम्बर, प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ । ...
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले १५ फागुन, २०८० मा सार्वजनिक लेखा समितिको कार्यक्रममा भनेका थिए, ‘अनुसन्धान करिब–करिब अन्तिम चरणमा पुगेको छ । केही समयभित्रै रिजल्ट आउन सक्छ ।’ राईले सार्वजनिक लेखा समितिमा गएर घोषणा गरेको एक वर्ष बित्यो, तर नेपाल दूरसञ्चार प्राधिकरणको बहुचर्चित टेरामक्स प्रविधि खरिदमा भएको अनुसन्धानबारे अख्तियारले कुनै निर्णय गरेको ...
: अर्जुनचौपारीमा नवनिर्मित नवग्रह मन्दिरमा ७८ लाख रुपैयाँ भेटि संकलन भएको छ। अर्जुनचौपारी गाउँपालिका –१ पञ्चकन्या मन्दिर परिसरमा भएको ९ दिने धार्मिक महोत्सवमा ७७ लाख ६८ हजार रुपैयाँ संकलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले बताए। फागुन ६ देखि १४ गतेसम्म नेपालको पहिलो नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव सञ्चालन गरिएको ...
। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र प्रजातन्त्र एकअर्काको विरोधी नभएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले जनताले राखेको भावनालाई राजतन्त्र रोज्ने कि प्रजातन्त्र रोज्ने भनेर सञ्चारमाध्यमहरूले भ्रम सिर्जना गरेको आरोप लगाए । ‘नेपालमा राजासहितको प्रजातन्त्र चाहिन्छ भन्ने पार्टीको अध्यक्ष भएको नाताले मिडियालाई म के आग्रह गर्न चाहन्छु ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउन निर्देशन दिएका छन्। सो संवादका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सिंहदरबारमा सञ्चालनमा आएको सचिवालयमा आज निरीक्षण र अवलोकनपछि प्रधानमन्त्री ओलीले कार्यक्रम आयोजना गर्नुको मुख्य सन्देशको प्रभावकारी प्रवाहसहित व्यवस्थापनसमेत चुस्त दुरुस्त भएको सन्देश अन्तर्राष्ट्रिय समुदायसमक्ष दिन निर्देशन ...