: अर्घाखाँचीमा रहेको नेपाल विद्युत् प्राधिकरणको जिल्ला शाखाले कुनै गाउँ वा टोलमा बिजुली नपुगेको भए खबर गर्न आग्रह गरेको छ।
अर्घखाँचीका ९९ प्रतिशतभन्दा धेरै घरधुरीमा बिजुली पुगेको दाबी गर्दै कार्यालयले कुनै टोल वा गाउँमा बिजुली नपुगेको भए सूचना दिन आग्रह गरेको हो। नेपाल विद्युत् प्राधिकरण अर्घाखाँचीका शाखा प्रमुख इन्जिनियर त्रिलोचन भट्टराईले निकालेको सूचनामा यही आर्थिक वर्षभित्र जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको भन्दै कुनै टोल वा बस्तीमा बिजुली नपुगेको भए आउँदो चैत ३ गतेभित्र जानकारी दिन आग्रह गरिएको छ।
नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय मातहतका जिल्लाहरू अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई यो वर्ष पूर्ण विद्युतीकरण गर्ने लक्ष्य छ।