मुख्य समाचार
नेपाल ओलम्पिक कमिटी (एनओसी) विवाद समाधान उन्मुख
नेपाल ओलम्पिक कमिटी (एनओसी) विवाद समाधान उन्मुख

: नेपाल ओलम्पिक कमिटी (एनओसी) विवाद समाधान उन्मुख देखिएको छ । हालै एसियाली ओलम्पिक काउन्सिल (ओसीए)को मुख्यालयमा बसेको बैठकले दुई बुँदे समझदारीमा हस्ताक्षर गर्दै मिलेर अगाडि बढ्न सहमति गरेपछि लामो समयदेखि विवादित बनेको एनओसी विवाद समाधान उन्मुख देखिएको हो ।


ओसीएका महानिर्देशक हुसेन अल मुसाल्लामको अध्यक्षतामा मंगलबार बसेको बैठकले दुई बुँदे सम्झौता भएको छ । सम्झौतामा एनओसीको सदस्यता माग गर्दै आएका पाँच संघलाई सदस्यता दिने र उनीहरूले अदालतमा दायर गरेको मुद्दा यथाशीघ्र फिर्ता लिने उल्लेख गरिएको छ ।

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठसमेत उपस्थित बैठकमा पाँच राष्ट्रिय संघका प्रतिनिधिले दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेका थिए । बैठकमा नेपाल मोडर्न पेन्टाथलन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल इक्वेस्ट्रियन संघका अध्यक्ष रविराज कर्णिकार, नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा, नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनाल र नेपाल बेसबल तथा सफ्टबल संघका अध्यक्ष दीपक न्यौपाने सहभागी थिए ।



बैठकले पाँच संघलाई नयाँ सदस्यता दिनका लागि १५ दिनभित्र एनओसीको विशेष साधारणसभा आह्वान गर्ने र सो साधारणसभाले नयाँ सदस्यताको मान्यता दिने सहमति भएको हो ।
एनओसीको साधारणसभा, विधान संशोधन र निर्वाचनका विषयमा उठेको विवाद र त्यसको निराकरणको जिम्मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले ओसीएलाई दिएको थियो । गत फेब्रुअरी ९ मा चीनको हर्विनमा आयोजना भएको नवौं विन्टर एसियन गेम्सका अवसरमा ओसीएले नेपाल ओलम्पिक कमिटीमा देखिएको विवादका विषयमा छलफल आयोजना गरेको थियो । त्यसपछि आईओसीका निर्देशक जेम्स म्याकलियोडले एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ र कमिटीमा आवद्ध संघहरूलाई पत्र लेख्दै पछिल्लो समय देखिएको विवाद समाधानको पहल ओसीएले गर्ने जानकारी गराएका थिए ।

यसअघि आईओसी र ओसीएले गत माघ २३ मा पत्राचार गर्दै सधारणसभा र निर्वाचनको विवाद अदालतमा पुगेको र त्यसको अन्तिम निर्णयको नहुञ्जेलसम्म ‘पर्ख र हेर’ को अवस्थामा रहेको जनाएको थियो । एनओसीको साधारणसभा र निर्वाचनका विषयमा पछिल्लो समय विभन्न प्रश्नहरू उठेको जनाउँदै त्यस बारे आफूहरू सचेत रहेको उल्लेख गरेको थियो ।

एनओसीको विधान संशोधन गैरकानुनी रहेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको थियो । उच्च अदालतले पूर्व निर्धारित समयमा साधारणसभा नगर्न आदेश दिएको थियो । एनओसीले भने उच्च अदालतको आदेश समयमै नपाएको भन्दै साधारणसभा गरी विधान संशोधन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी ...
। नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको ...
। एबेरेची एजेले ह्‍याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो । एजेको ह्‍याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे । खेलको ३६औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका ...