मुख्य समाचार
३० प्रतिशत काम सम्पन्न, फेरि अस्पतालको शिलान्यास मोह
३० प्रतिशत काम सम्पन्न, फेरि अस्पतालको शिलान्यास मोह

: २०७८ चैत १४ गते मोरङको धनपालथान गाउँपालिकाका तत्कालीन अध्यक्ष हरिलाल सिंह, उपाध्यक्ष नसिमा बानु र वडाध्यक्ष गयानन्द सरदारले १५ शय्या अस्पतालको शिलान्यास गरे । ०८० फागुन २० गते अस्पताल निर्माणको सम्झौता भयो । गत भदौदेखि अस्पतालको निर्माण सुरु भयो । हाल अस्पताल निर्माणको काम ३० प्रतिशत पूरा भइसकेको छ ।


तर, सोही अस्पतालको शिलान्यास गर्ने तयारी गरे, गाउँपालिकाका अध्यक्ष जीवछप्रसाद गच्छदारले । ३० प्रतिशत पूरा भइसकेको अस्पतालको नयाँ शिलान्यास गर्ने तयारी भएपछि विवाद भयो । त्यसैकारण निर्माण कार्य रोकियो । संघीय सरकारको १३ करोड ५९ लाख बढी रुपैयाँको लगानीमा मोरङको धनपालथान गाउँपालिका–५ बबिया टोलमा तीन वर्षअघि अस्पतालको शिलान्यास गरिएको थियो । गाउँपालिकाका अध्यक्ष गच्छदारले पुनः शिलान्यास गर्ने तयारी गरेपछि जनप्रतिनिधि नै विरोधमा उत्रिए ।

त्यसपछि निर्माणकार्य एक महिनादेखि रोकिएको हो । गाउँपालिकाका अध्यक्ष गच्छदारले निर्माणाधीन अस्पतालको पुनः शिलान्यास गर्ने तयारी गरेको भन्दै वडाध्यक्ष गयानन्द सरदारले विरोध गरेका छन्  । संघीय सरकारको १३ करोड ५९ लाख बढी रुपैयाँको लगानीमा अस्पतालको निर्माण भइरहेको छ । धनपालथान–४ का कर्णबहादुर राजवंशीको परिवारले दान दिएको १५ कट्ठा जग्गामा यो अस्पताल निर्माणाधीन छ  ।



भद्रपुरको निर्माण व्यवसायी कम्पनी बस्नेत पी एन्ड जेभीका अनुसार हालसम्म अस्पतालको कम्पाउन्ड वाल र साढे दुईतले अस्पताल भवनको बेसमेन्टसमेत तयार भइसकेको छ । २०७९ को स्थानीय निर्वाचनबाट उपाध्यक्षमा नसिमा बानु र वडाध्यक्षमा गयानन्द सरदार पुनः निर्वाचित भए । गाउँपालिका अध्यक्षमा कांग्रेसका जीवछप्रसाद गच्छदार निर्वाचित भए । गाउँपालिकाका नयाँ अध्यक्ष गच्छदारले निर्माणाधीन अस्पतालको पुनः शिलान्यासको तयारी गरेपछि वडाध्यक्ष सरदार र पालिका प्रमुखबीच विवाद बढेको छ ।

वडाध्यक्ष सरदारका अनुसार गच्छदारले दोहोरो शिलान्यास गरी अस्पताल निर्माणको श्रेय आफूले लिन जनतामा भ्रम छर्ने प्रयास गरिरहेका छन् । ‘सरकारले एक पालिका एक अस्पतालको नीति ल्याएपछि आफ्नै वडामा अस्पताल निर्माण गराउन दातासँग निकै परि श्रम गरेर अस्पतालका लागि चाहिने जग्गा खोज्यौं’, वडाध्यक्ष सरदारले भने, ‘फेरि शिलान्यास गर्ने तयारी अनुचित हो ।’

स्थानीय बासिन्दाहरूले पनि गाउँपालिकाले दोहोरो शिलान्यास गरे प्रतिवाद गर्ने चेतावनी दिएका छन् । अस्पतालको भवन बनाएर उद्घाटन गर्नुपर्नेमा अध्यक्षले शिलान्यास गरेर निर्माण काम प्रभावित गर्न खोजेको स्थानीयको आरोप छ । अध्यक्षको शिलान्यास गर्ने मोहले निर्माण काम प्रभावित भएको वडाध्यक्ष सरदारले बताए । गाउँपालिका प्रमुख गच्छदारले दोहोरो शिलान्यास नगरिने बताएका छन् । उनले भने, ‘अस्पतालको निर्माण सुरु भएकाले सामान्य पूजापाठ गर्न लागिएको हो  ।’

गाउँपालिका प्रमुख गच्छदारले निर्माण व्यवसायीलाई काम सम्पन्न गरेबापतको भुक्तानी दिनसमेत आलटाल गरिरहेको बताइएको छ । विभिन्न बहानामा काम गरेबापतको रकम भुक्तानी नगरेकाले निर्माण व्यवसायीले निर्माणकार्यसमेत रोकेको स्थानीयले आरोप लगाउँदै आएका छन् । स्थानीय रामनारायण राजवंशीले राजनीति स्वार्थका कारण अस्पताल निर्माणको काम प्रभावित बनेको बताए । उनले नजिक अस्पताल नहुँदा स्थानीयलाई सामान्य उपचारको लागि लामो दूरी तय गरेर विराटनगर र रंगेली जानुपर्ने बाध्यता रहेको बताए । अस्पताल निर्माण भएपछि यहाँका हजारांै बासिन्दाले सहज स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।

निर्माण कम्पनी बस्नेत पी एन्ड जेभीका प्रबन्ध निर्देशक विनोद बस्नेतले भुक्तानीमा ढिलाइ हुँदा निर्माणकार्य प्रभावित भएको बताए । ‘हामीले लगभग तीन करोडबराबरको काम सकेका छौं, तर अहिलेसम्म एक करोडमात्रै भुक्तानी पाएका छौं’, उनले भने । निर्माण कम्पनीलाई ०८३ असार मसान्तसम्म काम सक्ने गरि गरी ठेक्का दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र प्रजातन्त्र एकअर्काको विरोधी नभएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले जनताले राखेको भावनालाई राजतन्त्र रोज्ने कि प्रजातन्त्र रोज्ने भनेर सञ्चारमाध्यमहरूले भ्रम सिर्जना गरेको आरोप लगाए । ‘नेपालमा राजासहितको प्रजातन्त्र चाहिन्छ भन्ने पार्टीको अध्यक्ष भएको नाताले मिडियालाई म के आग्रह गर्न चाहन्छु ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउन निर्देशन दिएका छन्। सो संवादका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सिंहदरबारमा सञ्चालनमा आएको सचिवालयमा आज निरीक्षण र अवलोकनपछि प्रधानमन्त्री ओलीले कार्यक्रम आयोजना गर्नुको मुख्य सन्देशको प्रभावकारी प्रवाहसहित व्यवस्थापनसमेत चुस्त दुरुस्त भएको सन्देश अन्तर्राष्ट्रिय समुदायसमक्ष दिन निर्देशन ...
। उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले पू्र्वविशिष्टलाई आजीवन सुविधा दिने सरकारको कुनै तयारी नरहेको बताएका छन् । नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार गरेको कार्यकर्ता भेटघाट एवं अन्तरक्रियामा मन्त्री सिंहले यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले हल्ला गरिएको जिकिर गरे । ‘०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएको थियो ...
: गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-२० घर भई सोही महानगरपालिका-३० लालपर्सा बस्ने १९ वर्षीय धिरज पटेल रहेका छन्। सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास सञ्चालन भइरहेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले नेपाल टेलिकम र एनसेल प्रालिको ...
। मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन गरी ७३ दशमलव ११ किलोमिटर दूरीमा कालोपत्र भएको हो । पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यो खण्डमा चार लेनतर्फ ३४ दशमलव ९८ र दुई लेनतर्फ ३ दशमलव १५ किलोमिटर ...