मुख्य समाचार
होलीले सबै वर्ग, जाति, भूगोल र सांस्कृतिक अन्तर्घुलनको प्रतिनिधित्व गर्छ
होलीले सबै वर्ग, जाति, भूगोल र सांस्कृतिक अन्तर्घुलनको प्रतिनिधित्व गर्छ

: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले होलीको शुभकामना दिएका छन्। उनले होलीको शुभकामना दिंदै होलीले सबै वर्ग, जाति, भूगोल र सांस्कृतिक अन्तर्घुलनको प्रतिनिधित्व गर्ने बताएका छन्।


'आज पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा भोलि दोस्रो दिन तराई–मधेशमा हर्षोल्लासका साथ मनाइने फागु पूर्णिमा (होली पर्व) २०८१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।', अध्यक्ष दाहालले भने, ' रङ्हरूको पर्वका रूपमा स्थापित होली पर्व त्यस्तो पर्व हो, जसले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तर्घुलनलाई प्रतिनिधित्व गर्दछ ।'

अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नेपालीको साझा पहिचान भएको उनले बताएका छन् । यहाँका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू रहेको बताउँदै ती चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउने उनले उल्लेख गरेका छन् ।



होलीजस्तो पर्वले समुदायलाई एकताबद्ध गर्न सघाउने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अर्जुनचौपारीमा नवनिर्मित नवग्रह मन्दिरमा ७८ लाख रुपैयाँ भेटि संकलन भएको छ। अर्जुनचौपारी गाउँपालिका –१ पञ्चकन्या मन्दिर परिसरमा भएको ९ दिने धार्मिक महोत्सवमा ७७ लाख ६८ हजार रुपैयाँ संकलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले बताए। फागुन ६ देखि १४ गतेसम्म नेपालको पहिलो नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव सञ्चालन गरिएको ...
। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र प्रजातन्त्र एकअर्काको विरोधी नभएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले जनताले राखेको भावनालाई राजतन्त्र रोज्ने कि प्रजातन्त्र रोज्ने भनेर सञ्चारमाध्यमहरूले भ्रम सिर्जना गरेको आरोप लगाए । ‘नेपालमा राजासहितको प्रजातन्त्र चाहिन्छ भन्ने पार्टीको अध्यक्ष भएको नाताले मिडियालाई म के आग्रह गर्न चाहन्छु ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउन निर्देशन दिएका छन्। सो संवादका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सिंहदरबारमा सञ्चालनमा आएको सचिवालयमा आज निरीक्षण र अवलोकनपछि प्रधानमन्त्री ओलीले कार्यक्रम आयोजना गर्नुको मुख्य सन्देशको प्रभावकारी प्रवाहसहित व्यवस्थापनसमेत चुस्त दुरुस्त भएको सन्देश अन्तर्राष्ट्रिय समुदायसमक्ष दिन निर्देशन ...
। उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले पू्र्वविशिष्टलाई आजीवन सुविधा दिने सरकारको कुनै तयारी नरहेको बताएका छन् । नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार गरेको कार्यकर्ता भेटघाट एवं अन्तरक्रियामा मन्त्री सिंहले यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले हल्ला गरिएको जिकिर गरे । ‘०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएको थियो ...
: गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-२० घर भई सोही महानगरपालिका-३० लालपर्सा बस्ने १९ वर्षीय धिरज पटेल रहेका छन्। सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास सञ्चालन भइरहेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले नेपाल टेलिकम र एनसेल प्रालिको ...