मुख्य समाचार
युद्धविरामको चर्चाबीच युक्रेन र रुसबीच 'ड्रोन वार' जारी
युद्धविरामको चर्चाबीच युक्रेन र रुसबीच 'ड्रोन वार' जारी

: युद्धविरामको चर्चाबीच युक्रेन र रुसबीच 'ड्रोन वार' जारी छ। युक्रेनले गएराति रुसले प्रहार गरेको १६ वटा ड्रोनलाई विफल बनाइदिएको बताएको छ।


रुसले प्रहार गरेको २७ मध्ये १६ वटा ड्रोनलाई विफल बनाएको युक्रेन एयर फोर्सले जानकारी दिएको छ। 'रूसले रातारात २७ वटा ड्रोन प्रहार गरेको थियो। जसमध्ये हाम्रो हवाई रक्षा प्रणालीले १६ वटालाई विफल पारेको छ,' युक्रेनको एयर फोर्सले विज्ञप्तिमा भनेको छ। अन्य ९ वटा ड्रोन पनि लक्ष्यमा पुग्न नसकेको युक्रेन युथ फोर्सको भनाइ छ।

रुसले पनि युक्रेनले रातभरि ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। उसले युक्रेनले २८ वटा ड्रोन आक्रमण गरेको जानकारी दिएको छ। रुसको हवाई रक्षा प्रणालीले ती सबै ड्रोनलाई विफल बनाइदिएको रुसले दाबी गरेको छ। युक्रेनले मस्को र बेल्गरोड लक्षित ड्रोन आक्रमण गरेको जानकारी दिएको छ।



हालै साउदीमा भएको अमेरिका-युक्रेन वार्ताले एक महिनाका लागि युद्धविराम गर्ने सहमति जुटाएको छ। अमेरिकाको आग्रहमा युक्रेन एक महिनाको लागि युद्धविराम गर्न राजी भएको हो। तर, अमेरिकी प्रस्तावलाई भने रुसले इन्कार गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोवले युक्रेनसँग युद्धविराम गर्न अस्वीकार गरेका हुन्।

उनले युद्धविरामले युक्रेनलाई अस्थायी राहत दिनेबाहेक केही हुँदैन। 'यो युद्धविरामले युक्रेनी सेनालाई अस्थायी राहत प्रदान गर्नुको साथै उनीहरूलाई संगठित बन्न दिने अवसरबाहेक केही हुँदैन,' उनले भनेका छन्।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत बनेर स्टिभ विटकफ रुस पुगेका छन्। उनले रुसी अधिकारीसँग संवाद गरे पनि राष्ट्रपति पुटिनसँग भेटवार्ता भएको भन्ने एकिन हुन नसकेको बीबीसीले उल्लेख गरेको छ। स्टिभले रुसी अधिकारीहरूमार्फत ट्रम्पको सन्देश राष्ट्रपति पुटिनलाई पठाएको बताइएको छ।

एक महिना युद्धविरामको प्रस्ताव स्वीकार गर्नका लागि उनले रुसी पक्षसँग लबिङ गरिएको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...