: धनुषामा बस पल्टिदा करिब २४ जना बढी यात्रु घाइते भएका छन् । जनकपुरबाट राजविराजको लागि छुटेको ना.५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत मालटोल नजिक पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादव जानकारी दिए ।
उनका अनुसार बसमा ५०–६० जना सवार रहेका थिए । ‘दुर्घटनामा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । हामी यात्रुको संख्या एकिन गरिरहेका छौं । ५–६ जना गम्भीर प्रकृतिका घाइते छन्,’प्रहरी निरीक्षक यादवले भने ।
दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि जनकपुर पठाइएको उनले बताए । बसका चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।