मुख्य समाचार
दयनीय विकास खर्च, ८ महिनामा २३ प्रतिशतमात्र
दयनीय विकास खर्च, ८ महिनामा २३ प्रतिशतमात्र

महालेखा नियन्त्रकको कार्यालयका अनुसार फागुनसम्म ८ खर्ब ३९ अर्ब ३५ करोड खर्च हुँदा कुल प्राप्ति ७ खर्ब ३८ अर्ब ८२ करोडमात्र रहेको छ । बाँकी खर्च जुटाउन सरकारले आन्तरिक तथा वाह्य ऋणमा भर पर्नुपर्ने अवस्था छ ।

१ चैत, काठमाडौं । विकास खर्चमा सरकारले पुनः आफूलाई कमजोर सावित गरेको छ ।




बजेट निर्माणका हरेक चरणमा प्रमुख मुद्दा बन्ने गरेको विकास खर्चलाई गति दिन नसक्दा चालु आर्थिक वर्ष २०८१/८२ आठ महिना बितिसक्दा विकास खर्च २३.३७ प्रतिशतमात्र पुगेको छ ।

कुल ३ खर्ब ५२ हर्ब ३५ करोड रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखेको सरकारले फागुन मसान्तसम्म ८२ अर्ब ३३ करोडमात्र विकास खर्च गर्न सकेको छ । लक्ष्य अनुसार विकास खर्च गर्न अब सरकारले बाँकी चार महिना अवधिमा २ खर्ब ७० अर्ब रुपैयाँ खर्च गर्नुपर्छ ।




अर्थात्, हरेक महिना ६७ अर्ब ५० करोड रुपैयाँका दरले विकास खर्च हुनुपर्छ । यसका लागि प्रतिदिन २ अर्ब २५ करोड रुपैयाँका दरले विकास खर्च भएको हुनुपर्छ ।

अर्थ मन्त्रालय तथा विकासे मन्त्रालयका अधिकारीहरू भने अन्तिम चौमासमा विकास खर्चले गति लिने बताउँछन् । तेस्रो चौमाससम्म पूर्वतयारीका काममा समय जाने र फागुन–चैतपछि कामले गति लिँदा अन्तिम चौमासमा बढी भुक्तानी हुने गर्छ ।

यस वर्ष सरकारले ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ बराबर चालु खर्च गर्ने लक्ष्य राखेको छ । फागुनसम्म ५ खर्ब ८४ अर्ब १२ करोड रुपैयाँ बराबर खर्च भइसकेको छ ।
विकास खर्च कमजोर देखिए पनि चालु खर्च र वित्तीय व्यवस्थातर्फको खर्च भने उल्लेख्य देखिन्छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार फागुन मसान्तसम्म चालु खर्च लक्ष्यको ५१.२१ प्रतिशत भइसकेको छ ।

यस वर्ष सरकारले ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ बराबर चालु खर्च गर्ने लक्ष्य राखेको छ । फागुनसम्म ५ खर्ब ८४ अर्ब १२ करोड रुपैयाँ बराबर खर्च भइसकेको छ ।

यस वर्ष वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब रुपैयाँ बराबर खर्च लक्ष्य राखिएकोमा फागुनसम्म १ खर्ब ७२ अर्ब ८९ करोड रुपैयाँ खर्च भएको छ । जुन लक्ष्यको ४७.०७ प्रतिशत हो ।

यसरी समग्रमा सरकारले फागुन मसान्तसम्म ८ खर्ब ३९ अर्ब ३५ करोड रुपैयाँ बराबर बजेट खर्च गर्न सकेको छ । जुन लक्ष्यको ४५.१२ प्रतिशत हो । चालु आवमा सरकारले १८ खर्ब ६० अर्ब बराबर बजेट कार्यान्वयन गरिरहेको छ ।

८ महिनामा ५० प्रतिशतमात्र राजस्व संकलन

उता, राजस्व संकलन समेत कमजोर अवस्थामा देखिन्छ । यस वर्ष आठौं महिना बितिसक्दा राजस्व संकलन भर्खरै ५० प्रतिशत उक्लिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार फागुनसम्म ७ खर्ब २० अर्ब ३४ करोड बराबर राजस्व उठेको छ । जुन लक्ष्यको ५०.७५ प्रतिशत हो । यस वर्ष सरकारले १४ खर्ब १९ अर्ब ३० करोड बराबर राजस्व उठाउने लक्ष्य राखेको छ । यस वर्ष कर राजस्व लक्ष्यको ४९.७४ प्रतिशत र गैरकर राजस्व ६०.३६ प्रतिशतमात्र उठेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार फागुनसम्म ८ खर्ब ३९ अर्ब ३५ करोड खर्च हुँदा कुल प्राप्ति ७ खर्ब ३८ अर्ब ८२ करोडमात्र रहेको छ । बाँकी खर्च जुटाउन सरकारले आन्तरिक तथा वाह्य ऋणमा भर पर्नुपर्ने अवस्था छ ।
त्यसैगरी वैदेशिक अनुदान ९ अर्ब १६ करोड रुपैयाँमात्र प्राप्त भएको छ । यस वर्ष ५२ अर्ब ३२ करोड रुपैयाँ अनुदान उठाउने लक्ष्य राखिएको छ । अन्य प्राप्ति ९ अर्ब ३१ करोड भएको छ । यस प्रकार सरकारको कुल प्राप्ति ७ खर्ब ३८ अर्ब ८२ करोड रहेको देखिन्छ ।

आम्दानी र खर्चबीच १ खर्बको खाडल

सरकारको आम्दानी र खर्चबीच आठौं महिनासम्म आइपुग्दा १ खर्ब रुपैयाँ बराबरको खाडल देखिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार फागुनसम्म ८ खर्ब ३९ अर्ब ३५ करोड खर्च हुँदा कुल प्राप्ति ७ खर्ब ३८ अर्ब ८२ करोडमात्र रहेको छ । बाँकी खर्च जुटाउन सरकारले आन्तरिक तथा वाह्य ऋणमा भर पर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भाइमाराहरूलाई राजा बन्ने सपना नदेख्न चुनौती दिएका छन्। सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले ज्ञानेन्द्र शाह लक्षित उक्त टिप्पणी गरेका हुन्। उनले आफ्नै सन्तान मार्नेहरूलाई नेपाली जनताले कहिल्यै नस्वीकार्ने बताए। ‘नेपालका ठूल्ठूला मूर्ति चोरहरू अहिले राजा?’, आक्रोशित हुँदै उनले भने, ‘भाइमारा को हो? सुन तस्कर को हो? आफ्नै ...
। मधेश प्रदेश सरकारले सर्लाहीको मलंगवामा १९ वटा स्वास्थ्यसंस्था अनुगमन गर्दा १५ वटा अनाधिकृत रुपमा सञ्चालन भइरहेको पाइएको छ । ती १५ वटैलाई बन्द गर्न सरकारले निर्देशन दिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहितको टोलीले सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पतालसहित १९ वटा निजी अस्पताल र पोलिक्लिनिकहरूको विहीबार साँझ अनुगमन गरेको थियो । त्यसक्रममा अवैधानिक तथा अनाधिकृत रूपमा ...
। पूर्वराजा ज्ञानेन्द्र शाहको भान्जा भन्दै सवा करोड भन्दा बढी ठगी गरेको आरोपमा पक्राउ परेका अनुप सिंह कारागार चलान भएका छन् । उनी धरौटी नबुझाएपछि कारागार चलान भएका हुन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको २८ फागुनको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतले १२ लाख धरौटीमा तिरेर रिहा आदेश दिए पनि धरौटी ...
। समाजवादी मोर्चाले राजावादीहरुको सक्रियतालाई ‘गम्भिर’ र ‘परिस्थिति जटिल बनाउने कसरत’ भनेर निष्कर्ष निकालेको छ । त्यसैले राजसंस्थाको पक्षधरहरुलाई जवाफ दिन चैत १५ गते काठमाडौंमा ‘भव्य’ प्रदर्शन गर्ने निर्णय मोर्चाले गरेको छ । गत फागुन २५ गते राप्रपा, राप्रपा नेपाल लगायत राजसंस्था पक्षधर समूहले काठमाडौंमा भव्य प्रदर्शन गरेपछि मोर्चाले पनि गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेको हो ...
। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले संघीयतासहितको गणतन्त्रको विकल्पमा नभएको बताएका छन् । जनतालाई यो व्यवस्थामा जति अधिकार अन्य कुनै शासन व्यवस्थामा प्राप्त नहुने उनको भनाइ छ । संखुवासभाको चैनपुर नगरपालिका–११ लोहाकोटमा निर्मित वडा कार्यालय भवनको बिहीबार उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा जनता सर्वाधिक अधिकार सम्पन्न भएको बताए । व्यवस्था राम्रो आए पनि सरकार स्थिर ...