मुख्य समाचार
अन्तर्राष्ट्रिय आगमन कल बाइसपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा एक युवक पक्राउ
अन्तर्राष्ट्रिय आगमन कल बाइसपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा एक युवक पक्राउ

। अन्तर्राष्ट्रिय आगमन कल बाइसपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२० घर भएका १९ वर्षीय धिरज पटेल छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले वीरगञ्जबाट २६ फागुनमा पक्राउ गरेको हो ।

उनले वीरगञ्जकै लालपर्सा भन्ने ठाउँमा अमेरिका पटेलको १ तले घर र वीरगञ्ज–१६ स्थित अनुजकुमार सरार्फको २ तले घरको कोठाबाट इन्टरनेट प्रयोग गरी कल बाइपास गरेको पाइएको सीआईबीका एसपी तथा प्रवक्ता शुधिरराज शाही बताउँछन् ।

पक्राउ परेका उनीविरुद्ध दूरसञ्चार ऐन २०५३ अन्तर्गतको कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।


उनीबाट भीओआईपी सञ्चालन गर्न प्रयोग भएका विभिन्न सामानहरु पनि प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भाइमाराहरूलाई राजा बन्ने सपना नदेख्न चुनौती दिएका छन्। सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले ज्ञानेन्द्र शाह लक्षित उक्त टिप्पणी गरेका हुन्। उनले आफ्नै सन्तान मार्नेहरूलाई नेपाली जनताले कहिल्यै नस्वीकार्ने बताए। ‘नेपालका ठूल्ठूला मूर्ति चोरहरू अहिले राजा?’, आक्रोशित हुँदै उनले भने, ‘भाइमारा को हो? सुन तस्कर को हो? आफ्नै ...
। मधेश प्रदेश सरकारले सर्लाहीको मलंगवामा १९ वटा स्वास्थ्यसंस्था अनुगमन गर्दा १५ वटा अनाधिकृत रुपमा सञ्चालन भइरहेको पाइएको छ । ती १५ वटैलाई बन्द गर्न सरकारले निर्देशन दिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहितको टोलीले सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पतालसहित १९ वटा निजी अस्पताल र पोलिक्लिनिकहरूको विहीबार साँझ अनुगमन गरेको थियो । त्यसक्रममा अवैधानिक तथा अनाधिकृत रूपमा ...
। पूर्वराजा ज्ञानेन्द्र शाहको भान्जा भन्दै सवा करोड भन्दा बढी ठगी गरेको आरोपमा पक्राउ परेका अनुप सिंह कारागार चलान भएका छन् । उनी धरौटी नबुझाएपछि कारागार चलान भएका हुन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको २८ फागुनको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतले १२ लाख धरौटीमा तिरेर रिहा आदेश दिए पनि धरौटी ...
। समाजवादी मोर्चाले राजावादीहरुको सक्रियतालाई ‘गम्भिर’ र ‘परिस्थिति जटिल बनाउने कसरत’ भनेर निष्कर्ष निकालेको छ । त्यसैले राजसंस्थाको पक्षधरहरुलाई जवाफ दिन चैत १५ गते काठमाडौंमा ‘भव्य’ प्रदर्शन गर्ने निर्णय मोर्चाले गरेको छ । गत फागुन २५ गते राप्रपा, राप्रपा नेपाल लगायत राजसंस्था पक्षधर समूहले काठमाडौंमा भव्य प्रदर्शन गरेपछि मोर्चाले पनि गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेको हो ...
। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले संघीयतासहितको गणतन्त्रको विकल्पमा नभएको बताएका छन् । जनतालाई यो व्यवस्थामा जति अधिकार अन्य कुनै शासन व्यवस्थामा प्राप्त नहुने उनको भनाइ छ । संखुवासभाको चैनपुर नगरपालिका–११ लोहाकोटमा निर्मित वडा कार्यालय भवनको बिहीबार उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा जनता सर्वाधिक अधिकार सम्पन्न भएको बताए । व्यवस्था राम्रो आए पनि सरकार स्थिर ...