मुख्य समाचार
गुगल प्लेस्टोरमा छिरे उत्तर कोरियाका सरकारी ह्याकर
गुगल प्लेस्टोरमा छिरे उत्तर कोरियाका सरकारी ह्याकर

उत्तर कोरिया सरकारसँग सम्बन्धित ह्याकरहरूको एक समूह एन्ड्रोइडको एपस्टोरमा छिर्न सफल भएको छ ।

उत्तर कोरियाली ह्याकरहरूले गुगल प्लेस्टोरमा एन्ड्रोइड स्पाइवेयर अपलोड गरेका छन् ।

साइबर सेक्योरिटी कम्पनी लुकआउटका अनुसार ह्याकरले अपलोड गरेका ती सफ्टवेयरलाई कतिपय प्रायेगकर्ताले डाउनलोड समेत गरेका छन् ।

बुधबार प्रकाशित रिपोर्ट अनुसार प्यकउथ नामाकरण गरिएका ती भाइरसयुक्त एपहरू (स्पाइवेयर) उत्तर कोरियाली सरकारसँग सम्बन्धित रहेको विश्वस्त प्रमाण प्राप्त भएको बताइएको छ ।


तीमध्ये कम्तीमा एउटा स्पाइवेयर एप गुगल प्लेस्टोरबाट १० पटकभन्दा धेरै डाउनलोड भएको पाइएको छ ।

पछिल्ला केही वर्षयता उत्तर कोरियाली ह्याकरहरूले विश्वभर साइबर आक्रमण तथा क्रिप्टोकरेन्सी चोरी लगायतका कारण चर्चा कमाइरहेका छन् ।

पछिल्लोपटक उत्तर कोरियाली ह्याकरहरूले क्रिप्टो विनिमय प्लाटर्फम बाइबिटबाट १ अर्ब ४० करोडको इथेरियम क्रिप्टोकरेन्सी चोरी गरेका थिए ।

क्रिप्टोचोरीको प्रमुख उद्देश्य उत्तर कोरियाको प्रतिबन्धित आणविक कार्यक्रमलाई अझै अघि बढाउनु रहेको छ ।

यद्यपि गुगल प्लेस्टोरमा स्पाइवेयर एप छिराउने उत्तर कोरियाली ह्याकरको नयाँ कदमको उद्देश्य भने खुलेको छैन ।

लुकआउटका सेक्योरिटी इन्टेलिजेन्स रिसर्चका निर्देशक क्रिस्टोफ हेबेइजेनका अनुसार यी स्पाइवेयरहरू कम मात्रामा डाउनलोड भएको देखिएबाट ती निश्चित मानिसप्रति लक्षित रहेको आँकलन गरिएको छ ।

रिपोर्ट अनुसार प्लेस्टोरमा छिराइएका ती स्पाइवेयरले प्रयोगकर्ताका विभिन्न संवेदनशील जानकारीहरू व्यापक मात्रामा संकलन गरेका छन्, जसमा एसएमएस, कल विवरण, डिभाइसको लोकेसन डेटा, फाइल तथा फोल्डरहरू, प्रयोगकर्ताले थिचेका की, वाइफाइ नेटवर्कको डिटेल्स तथा फोनमा इन्स्टल गरिएका एपका सूचीहरू रहेका छन् ।

साथै कोस्पाइले अडियो रेकर्ड गर्नसक्ने, फोनको क्यामेराबाट फोटो लिनसक्ने र फोनको स्क्रिनको स्क्रिनसट समेत लिनसक्ने बताइएको छ ।

गुगलका प्रवक्ता इद फर्नान्डेजले गुगल प्लेस्टोरमा त्यस्ता स्पाइवेयर फेला परेको तथ्यलाई स्वीकार गर्दै ती सबैलाई हटाइसकिएको दाबी गरेका छन् ।

साथै उनले गुगल प्लेले त्यस्ता खालका मालवेयरबाट स्वचालित रुपमा एन्ड्रोइड डिभाइसलाई बँचाउने बताएका छन् ।

-टेकक्रन्चबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...