मुख्य समाचार
लो स्कोरिङ थ्रिलरमा एपीएफलाई २ विकेटले हराउँदै पुलिसले अपराजित यात्रा कायमै
लो स्कोरिङ थ्रिलरमा एपीएफलाई २ विकेटले हराउँदै पुलिसले अपराजित यात्रा कायमै

। नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।

शुक्रबार देउखुरी क्रिकेट रंगशालामा भएको लो स्कोरिङ थ्रिलरमा एपीएफलाई २ विकेटले हराउँदै पुलिसले अपराजित यात्रा कायमै राखेको हो । एपीएफले दिएको ९५ रनको लक्ष्य पुलिसले २६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।


पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाए । गुल्शन झा १२ रनमा नटआउट रहे । अर्जुन साउदले ११ तथा राशिद खानले १० रन बनाए । सुरुवात राम्रै गरेको भएपनि ५९ रन जोड्दा सेट ब्याटर कुशल भुर्तेल आउट भएपछि पुलिस दबाबमा आएको थियो ।

एपीएफका लागि भुवन कार्कीले ७ ओभरमा ३३ रन दिएर ३ विकेट लिए । अभिषेक गौतम र रोहित पौडेलले २-२ तथा कमलसिंह ऐरीले १ विकेट लिए ।


त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफ २७.४ ओभरमा ९४ रनमा अलआउट भएको हो । एपीएफका लागि सन्दीप जोराले सर्वाधिक २६ तथा लोकेश बमले २२ रन बनाए । आसिफ शेख र अमरसिंह राउटेलाले समान १० रन बनाए ।

एपीएफलाई अलआउट गर्न ललितले ७.४ ओभर बलिङ गर्दा ३ ओभर मेडन राख्दै १८ रन मात्र खर्चेर ६ विकेट लिएका हुन् । सागर ढकाल,करण केसी, गुल्सन झा र कुशल भुर्तेलले १-१ विकेट लिए ।

एपीएफलाई सस्तैमा अलआउट गर्न पुलिसका ललित राजवंशीले ७.४ ओभरमा १८ रन दिएर ६ विकेट लिए । सागर ढकाल, करण केसी, गुल्शन झा र कुशल भुर्ते‍लले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...