मुख्य समाचार
साउदी अरेबिया सरकारको लगानी रहेको कम्पनी ‘स्कोप्ली’ ले चर्चित मोबाइल गेम ‘पोकेमोन गो’ खरिद गर्ने
साउदी अरेबिया सरकारको लगानी रहेको कम्पनी ‘स्कोप्ली’ ले चर्चित मोबाइल गेम ‘पोकेमोन गो’ खरिद गर्ने

— साउदी अरेबिया सरकारको लगानी रहेको कम्पनी ‘स्कोप्ली’ ले चर्चित मोबाइल गेम ‘पोकेमोन गो’ खरिद गर्ने तय भएको छ । पोकेमन निर्माता 'नियान्टिक'ले ३.५ अर्ब अमेरिकी डलरमा आफ्नो यस गेम तथा गेमिङ डिभिजन स्कोप्लीलाई बिक्री गर्न लागेको जनाएको छ । सन् २०१६ को डिसेम्बरमा पोकेमन गो नेपालसहित दक्षिण एसियाली देशहरूमा पनि उपलब्ध भएको थियो ।


पोकेमन गोसँगै नियान्टिकका गेम डेभेलपरहरू र मन्स्टर हन्टर नाउ र पिकमिन ब्लुमजस्ता मोबाइल गेम पनि साउदी कम्पनीकै स्वामित्वमा आउने गरी सम्झौता भएको छ । अग्मेन्टेड रियालिटि (एआर) प्रविधिमा आधारित गेम बनाउने कम्पनीका रूपमा ख्याती कमाएको नियान्टिकले आफ्ना चर्चित गेम साउदी अरेबिया सरकार मातहतको कम्पनीलाई बिक्री गर्नुलाई गेमिङ उद्योगमाझ चासोसाथ हेरिएको छ ।


यो खरिद साउदी अरेबियाको तेलमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्ने रणनीतिअन्तर्गत गरिएको कतिपयको विश्लेषण छ । द गार्जियनका अनुसार साउदीले आफूलाई गेमिङका लागि 'ग्लोबल हब' बनाउने लक्ष्य लिएको छ । यसका लागि साउदी कम्पनीले नियान्टिकको विज्ञता सदुपयोग गर्दै ‘फरेभर गेम्स’ विकास गर्न लागेको जनाएको छ । फरेभर गेम भनेका लामो समयसम्म खेल्न मिल्ने वा कहिल्यै नसकिने र सँधै अपग्रेड हुँदै जाने गेमहरू हुन् ।

पोकेमन गोका हाल विश्वभर १० करोडभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता छन् । सन् २०१६ मा यो गेम रिलिज हुँदा पहिलो वर्ष नै ५० करोडभन्दा धेरैले डाउनलोड गरेका थिए । सन् २०२० मा कोभिड लकडाउनपछि भने यसको क्रेज घट्यो । लकडाउनमा बाहिर निस्किन नमिल्ने भएपछि यो गेम खेल्न समस्या भएको थियो । यसमा खेलाडी (पोकेमन ट्रेनर)हरूले जीपीएस लोकेसन र डेटा अन गरेर नक्सामा देखाइएका पोकेस्टपहरूमा गएर पोकेमन खोज्ने, समात्ने र तिनलाई बलियो बनाएर ब्याटल गर्ने गर्छन् ।

पोकेमन गो एआर प्रविधिमा निर्माण गरिएको हुँदा यसमा भर्चुअल र वास्तविक दुवै दुनियाँको संयोजन हुन्छ । खेलका क्रममा फोनको क्यामेरा कुनै ठाउँमा प्वाइन्ट गर्दै जाँदा पोकेमन देखिन सक्छन्, त्यसरी पोकेमन खोज्दै जानुपर्छ । ती पोकेमनलाई समात्दा खेलमा नम्बर प्राप्त हुन्छ । कुनै बेला पोकेमन खेल्ने क्रममा कतिपय खेलाडी हराएका, दुर्घटनामा परेका, पोलमा ठोक्किएर घाइते भएका समाचार समेत बाक्लै आउने गर्थे ।


पोकेमन गोको बिक्रीले गेमिङ उद्योगमा एआर र लाइभ-सर्भिस गेमहरूको महत्व बढ्दै गएको देखाउँछ । साथै, सरकारी लगानीहरूले गेमिङको भविष्यमा निर्णायक भूमिका खेल्नसक्ने संकेत पनि गरेको अर्कोथरी विश्लेषण छ । यसले पोकेमोन गोको भविष्यलाई सुरक्षित गर्नुका साथै साउदी अरेबियालाई विश्व गेमिङ बजारमा महत्त्वपूर्ण खेलाडीको रूपमा उभ्याउने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...