मुख्य समाचार
धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु
धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु

। धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा मोहना नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नदीमा डुबेका उनीहरुलाई मृत अवस्थामा निकालिएको थियो । उनीहरुसँगै नदीमा नुहाउन गएका अन्य दुई किशोर पनि डुबेर घाइते भएका छन् । घाइते हुनेमा फूलबारीकै १६ वर्षीय करनसिंह धामी र १५ वर्षीय अदर्श पुजारा रहेका छन् । दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री समेत रहेका कुलपति केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालय (केयू) को सभा (सिनेट) आह्वान गरेका छन् । सिफारिस समितिले उपकुलपतिका लागि नाम सिफारिस गर्न नसकेपछि कुलपति समेत रहेका ओलीले सभा बोलाएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार बस्नेगरी सभाको बैठक बोलाइएको हो । केयूका पूर्वउपकुलपति सुरेशराज शर्माको संयोजकत्वमा तीन सदस्य समिती बनाइएको थियो । समितिले फागुन २ र ...
— हरेक पाँच वर्षमा हुँदै आएको गैंडा गणना आर्थिक अभावका कारण यो वर्ष नहुने भएको छ । दाताहरुको सहयोगमा गणना हुँदै आएकामा यस वर्ष सहायता नपाएपछि त्यो रोकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताए । सरकारले गैंडाको नियमित अभिलेख राख्न बजेटको व्यवस्था गरेको छैन । यस वर्ष गणना गर्न नसकिए पनि निकुञ्जका पोष्टमार्फत ...
। बागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलालले राजतन्त्र फर्काएर देशको विकास हुनै नसक्ने दाबी गरेका छन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा ३३ वर्षसम्म राजतन्त्र पक्षधरले शासन गर्दा पनि कुनै विकास हुन नसकेको जिकिर गर्दै अब पनि विकासको कुनै सम्भावना नभएको दाबी गरे । ‘चिहानबाट भूतहरू जागेर आफ्नो मोजमस्ती र अ‍ैसआरामका लागि राजतन्त्र फर्काएर नेपालको विकासको परिकल्पना कहिल्यै ...
— गृह मन्त्रालयद्वारा गठित वार्ता समितिले ‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलाएको छ । वार्ता समितिका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले शुक्रबार मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ अन्तरदलीय संघर्ष समिति, ताप्लेजुङलाई सम्बोधन गर्दै पत्र पठाएका हुन् । वार्ताका लागि ताप्लेजुङका स्थानीय प्रतिनिधिलाई आमन्त्रण गरिएको छ । पत्रमा पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या ...
। तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । रा१ख २६२२ नम्बरको टिपरले प्र३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा काभ्रेको पनौती नगरपालिका-११ का सुकराम तामाङ र बेथानचोक गाउँपालिका-६ का रमेश तामाङको मृत्यु भएको हो । टिपरले आज बिहान साढे ४ बजे तीनकुनेको गैरीगाउँस्थित प्रेट्रोल पम्प अगाडिको सडकमा मोटरसाइकललाई ठक्कर ...