मुख्य समाचार
तीनकुनेमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु
तीनकुनेमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु

। तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

रा१ख २६२२ नम्बरको टिपरले प्र३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा काभ्रेको पनौती नगरपालिका-११ का सुकराम तामाङ र बेथानचोक गाउँपालिका-६ का रमेश तामाङको मृत्यु भएको हो ।

टिपरले आज बिहान साढे ४ बजे तीनकुनेको गैरीगाउँस्थित प्रेट्रोल पम्प अगाडिको सडकमा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट सुकराम र रमेश घाइते भएका थिए । उनीहरुलाई उद्धार गरी ट्रमा सेन्टरमा पुर्‍याइएको थियो । उपचारकै क्रममा बिहान उनीहरुको मृत्यु भएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।


ठक्कर दिने टिपरका चालक फरार रहेका छन् । टिपरको मालिक भने सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्ववियु निर्वाचनका लागि पद्म कन्या क्याम्पसमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विद्यार्थी संगठनले चुनावी तालमेल गरेका छन् । एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्रको अखिल (क्रान्तिकारी) बीच चुनावी गठबन्धन बनेको हो । अनेरास्ववियुबाट चार पद लिने सहमति बनेको अध्यक्षको उम्मेदवार सुनिता घिमिरेले जानकारी गराइन् । अखिल क्रान्तिकारीबाट सचिवमा सदीक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा ...
: स्कुल बसको ठक्करबाट आइतबार साँझ मोरङमा १ जना बालिकाको मृत्यु भएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार सुनवर्षी नगरपालिका–१ कमलपोखरीस्थित भित्री सडक खण्डमा प्याराडाइज बोर्डिङ स्कुलको ना ४ ख ८८४३ नम्बरको बसले दुर्घटना गराएको हो। साइकलमा यात्रा गरिरहेकी बालिकालाई स्कुल बसले ठक्कर दिएको उनले बताए। जोशीले दुर्घटनामा परेर सुनवर्षी–१ का राजकुमार परियारकी ...
। नेपाल सम्पत्ति शुद्धीकरण विरुद्धको अन्तरसरकारी निकाय ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीए) को ग्रे लिस्टमा परेको अवस्थामा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गम्भीर कानुनी, नियामकीय र सुपरीवेक्षकीय सुधार आवश्यक रहेको जनाएको छ । नेपालमा आईएमएफसँगको सहकार्यमा जारी विस्तारित कर्जा सुविधा कार्यक्रमको पाँचौं समीक्षा पारित गर्ने क्रममा आईएमएफका कार्यकारी निर्देशकहरूको बोर्डले एफएटीएफले ग्रे लिस्टमा राखेको कुरा ध्यानमा ...
: पाल्पा ढाका कपडाको राजधानी हो। संघीय सरकारले पाल्पालाई ढाका कपडाको राजधानी घोषणा गरी मान्यता दिएको छ। पाल्पामा २०१५ सालदेखि ढाका कपडाको उत्पादन हुँदै आएको छ। पाल्पाको पहिचान नै ढाका र करुवा हो। तानसेन नगरपालिकाको १५ औं नगरसभामा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले प्रस्तुत गरेको २०८१/०८२ को नीति तथा कार्यक्रममा पाल्पाली ढाका कपडाको विकास, विस्तार प्रचारप्रसार ...
। पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तस्वीर जलाएको आरोपमा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीका एक नेता पक्राउ परे । पक्राउ पर्ने कालिकोटका निराजन बम राप्रपाको भ्रातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव समेत हुन् । उनलाई भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । उनले हेटौंडाको एक कार्यक्रममा शनिबार प्रचण्डको तस्वीर जलाएका थिए । उनले कार्यक्रममा ‘तपाईंहरू यो ...