मुख्य समाचार
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलाए
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलाए

— गृह मन्त्रालयद्वारा गठित वार्ता समितिले ‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलाएको छ । वार्ता समितिका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले शुक्रबार मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ अन्तरदलीय संघर्ष समिति, ताप्लेजुङलाई सम्बोधन गर्दै पत्र पठाएका हुन् ।


वार्ताका लागि ताप्लेजुङका स्थानीय प्रतिनिधिलाई आमन्त्रण गरिएको छ । पत्रमा पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि सम्बन्धित सरोकारवाला आयोजना निर्माण पक्षसँग समेत समन्वय गरी माघ २२ गतेदेखि निरन्तर वार्ता भइरहेको स्मरण गराइएको छ ।


यसै सन्दर्भमा ‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका स्थानीय मागका सम्बन्धमा स्थानीय सरोकारवालासँग वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्ने विषयमा वार्ताका लागि ताप्लेजुङ जिल्लाका स्थानीय प्रतिनिधिहरुलाई आमन्त्रण गर्दछु,' पत्रमा भनिएको छ ।

आन्दोलनरत समूहले भने मन्त्रिस्तरिय वार्ता समिति निर्माण गरी आधिकारिक आह्वान पत्राचार गरिनुपर्ने, पक्राउ परेकाको रिहाइ, निर्माणकार्य बन्द, पाथीभरा क्षेत्रबाट सशस्त्र र जनपथ प्रहरी फिर्ता हुनुपर्ने माग यसअघि गरेका थिए । प्रहरीले ताप्लेजुङमा १८ जनालाई मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काममा फेरि स्थानीयले अवरोध गरेका छन् । निर्माणको गति बढिरहेकै बेला चन्द्रागिरि नगरपालिका–२ स्थित टुटिपाखाका स्थानीयले पूरा भइसकेका मागलाई व्यवस्थित गर्नुपर्ने भन्दै काममा अवरोध गरेका हुन् । स्थानीयले सुरुङ निर्माणमा अवरोध गरेको यो पहिलो घटना भने होइन । यसमा काम गर्न नदिन मात्रै स्थानीयले निर्माण सुरु भएयता छैटौं पटक आइतबार अवरोध ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेस-एमालेसहितको सरकारमा सहभागी हुने कुनै नीति नरहेको स्पष्ट पारेका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारमा जाने कुनै नीति नलिएको र यसबारे कुनै छलफलसमेत नभएको बताए। प्रचण्डले मुलुकमा कुनै संकट आएको खण्डमा समाधानको विचार दिन भने आफूहरू तयार रहे पनि सरकारमा सामेल हुन भने नसकिने स्पष्ट पारे। कांग्रेस, ...
— संसद्ले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानुन बनाउन लागेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको हो । समितिअन्तर्गतको उपसमितिले ६ पटकसम्म ...
— संसद्ले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानुन बनाउन लागेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको हो । समितिअन्तर्गतको उपसमितिले ६ पटकसम्म ...
: रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ७ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको महाराष्ट्र प्रदेश मुम्बईको गुलनाज बेग रहेको प्रहरी स्रोतले जनाएको छ। ‘सोमबार दिउँसो थाइल्याण्डबाट थाई एयर एसियाको विमानमा आएकी उक्त महिलाको लगेज चेकजाँच गर्ने क्रममा करिब ७ किलो गाँजा बरामद भएको हो’, प्रहरी स्रोतले भन्यो, ‘महिलालाई पक्राउ गरेर थप ...