मुख्य समाचार
बागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलालले राजतन्त्र फर्काएर देशको विकास हुनै नसक्ने दाबी
बागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलालले राजतन्त्र फर्काएर देशको विकास हुनै नसक्ने दाबी

। बागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलालले राजतन्त्र फर्काएर देशको विकास हुनै नसक्ने दाबी गरेका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा ३३ वर्षसम्म राजतन्त्र पक्षधरले शासन गर्दा पनि कुनै विकास हुन नसकेको जिकिर गर्दै अब पनि विकासको कुनै सम्भावना नभएको दाबी गरे ।


‘चिहानबाट भूतहरू जागेर आफ्नो मोजमस्ती र अ‍ैसआरामका लागि राजतन्त्र फर्काएर नेपालको विकासको परिकल्पना कहिल्यै पनि हुन सक्दैन,’ माओवादी केन्द्रीय सदस्य समेत रहेका दुलालले भने, ‘न हिजो इतिहासमा भयो न हुने सम्भावना छ ।’

शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटन समारोहमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले गणतन्त्र र संघीयतापछि माओवादी नेतृत्वले नै यहाँका सडक लगायतका विकास निर्माणमा भूमिका खेलेको जिकिर गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर राणा पनि यही क्षेत्रबाट प्रतिनिधित्व गर्छन् । उनले राप्रपा नेता राणाप्रति लक्षित गर्दै ३३ वर्षसम्म कुनै विकास नगरी जनतालाई भ्रममा राखेको बताए ।

‘बिडम्बना भोग्नुपरेको क्षेत्र हो यो । जहाँ ३३ वर्ष राजाका पक्षधरले शासन गर्नुभयो र यहाँका जनताले साथ दिन विवस हुनुपर्‍यो,’ दुलालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काममा फेरि स्थानीयले अवरोध गरेका छन् । निर्माणको गति बढिरहेकै बेला चन्द्रागिरि नगरपालिका–२ स्थित टुटिपाखाका स्थानीयले पूरा भइसकेका मागलाई व्यवस्थित गर्नुपर्ने भन्दै काममा अवरोध गरेका हुन् । स्थानीयले सुरुङ निर्माणमा अवरोध गरेको यो पहिलो घटना भने होइन । यसमा काम गर्न नदिन मात्रै स्थानीयले निर्माण सुरु भएयता छैटौं पटक आइतबार अवरोध ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेस-एमालेसहितको सरकारमा सहभागी हुने कुनै नीति नरहेको स्पष्ट पारेका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारमा जाने कुनै नीति नलिएको र यसबारे कुनै छलफलसमेत नभएको बताए। प्रचण्डले मुलुकमा कुनै संकट आएको खण्डमा समाधानको विचार दिन भने आफूहरू तयार रहे पनि सरकारमा सामेल हुन भने नसकिने स्पष्ट पारे। कांग्रेस, ...
— संसद्ले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानुन बनाउन लागेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको हो । समितिअन्तर्गतको उपसमितिले ६ पटकसम्म ...
— संसद्ले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानुन बनाउन लागेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको हो । समितिअन्तर्गतको उपसमितिले ६ पटकसम्म ...
: रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ७ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको महाराष्ट्र प्रदेश मुम्बईको गुलनाज बेग रहेको प्रहरी स्रोतले जनाएको छ। ‘सोमबार दिउँसो थाइल्याण्डबाट थाई एयर एसियाको विमानमा आएकी उक्त महिलाको लगेज चेकजाँच गर्ने क्रममा करिब ७ किलो गाँजा बरामद भएको हो’, प्रहरी स्रोतले भन्यो, ‘महिलालाई पक्राउ गरेर थप ...