मुख्य समाचार
सरकारले वैदेशिक यात्रामा जान लागेका एनओसीका पदाधिकारीलाई विमानस्थलमै रोक्ने काम गरेको भन्दै आपत्ति
सरकारले वैदेशिक यात्रामा जान लागेका एनओसीका पदाधिकारीलाई विमानस्थलमै रोक्ने काम गरेको भन्दै आपत्ति

। नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सरकारले एनओसीका पदाधिकारीहरुलाई विदेश जान रोक्ने काम गरेको भन्दै खेलकुदमा हस्तक्षेप गरेको बताएका छन् ।

एनओसीले शुक्रबार पत्रकार सम्मेलन नै गरेर सरकारले वैदेशिक यात्रामा जान लागेका एनओसीका पदाधिकारीलाई विमानस्थलमै रोक्ने काम गरेको भन्दै आपत्ति जनाएको हो ।




एनओसी अध्यक्ष श्रेष्ठले सरकारको उक्त कार्य निन्दनिय भएको भन्दै सरकारले नागरिकको संवैधानिक र मानव अधिकारलाई कुन्ठित गरेको आरोप लगाएका छन् ।

अध्यक्ष श्रेष्ठले गत फागुन ११ गते राष्ट्रिय खेलकुद परिषदले ओलम्पिक कमिटीमा निर्वाचित भएका पदाधिकारीहरुलाई वैदेशिक भ्रमणमा रोक लगाउने भनी पत्राचार गरेको भन्दै आपत्ति प्रकट गरेका छन् ।




आफू पूर्वमन्त्री समेत रहेको र आइओसीको रोहबरमा कुवेतमा भएको बैठकमा जाँदा कुवेतको अध्यागमन विभागलाई डिपोर्ट गर्न सूचना गरेको बताए । आफूलाई डिपोर्ट गर्न प्रयास गरिएपनि कुवेत सरकारसँग छलफल पछि मात्रै प्रवेश गर्न दिइएको श्रेष्ठले दावी गरे । उनले सरकारले क-कसलाई विदेश जान रोक्न पत्राचार गरेको भन्ने खुलाएनन् ।

उनले विशेष र गम्भीर अवस्थामा मात्र अधिकार प्राप्त अधिकारीले विदेश भ्रमणमा रोक लगाउने सक्ने अन्यथा रोक लगाउन नमिल्ने समेत दाबी गरे ।

त्यस्तै अध्यक्ष श्रेष्ठले कानुनले तोकिएको कसुरबिना कुनैपनि व्यक्तिलाई हिँडडुल गर्न रोक्ने कार्य निरङ्कुश र तानाशाही चरित्र र व्यवहार भएको भन्दै खेलकुद क्षेत्रमा सरकारले प्रत्यक्ष हस्तक्षेप भएको आरोप लगाए । यस्तो हस्तक्षेप गर्ने कार्य कानुन र ओलम्पिक वडापत्र विपरित कार्य भएको भन्दै एनओसीले यसको घोर निन्दा र भर्सना गरेको श्रेष्ठले बताए ।

श्रेष्ठले सरकारको यस किसिमको गतिविधिले नेपालले सहभागिता जानउने युथ एसियन गेम्स, साग गेम्स र एसियाली खेलकुद प्रतियोगितामा नेपाली खेलाडीले सहभागिता जनाउनै नपाउने अवस्था आउन सक्ने भन्दै सरकारलाई नै चुनौती दिए ।

गत पुषमा एनओसीको अनलाइनमार्फत भएको निर्वाचनबाट जीवनराम तेस्रो पटक एनओसीको अध्यक्षमा निर्वाचित भएपनि सरकारले मान्यता दिएको छैन । यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले एनओसीको निर्वाचन गतिविधिलाई नजिकबाट नियालिरहेको बताएपनि आधिकारिक रुपमा निर्वाचनलाई स्वागत गरेको छैन ।

नेपाल सरकारले उक्त निर्वाचन अदालतको आदेश विपरित र अवैधानिक भएको भन्दै मान्यता दिएको छैन । त्यसैको कारवाहीस्वरुप सरकारले अध्यागमनमा पत्र लेख्दै ओलम्पिकका पदाधिकारीलाई विदेश जान रोक लगाएको हो । सरकारले ओलम्पिक भवन सहितका सरकारी स्रोत, साधन प्रयोग गर्न नदिनेदेखि बैंक खाता रोक्का गर्नेसम्मको निर्णय गरेको छ ।

यस्तै एनओसीको सदस्यता नपाएको भन्दै पाँच खेलकुद संघले एनओसीविरूद्ध अदालत गएको थियो । कुवेतमा आइओसीको रोहबरमा पाँच संघका अध्यक्षसँग भएको छलफलबाट १५ दिनभित्र एनओसीको फुल मेम्बरसिप दिने निर्णय भएको र विना शर्त पाँच संघले सबै मुद्धा फिर्ता लिने सहमति भएको पनि अध्यक्ष श्रेष्ठले बताए ।

श्रेष्ठले यस विषयमा युवा तथा खेलकुद मन्त्रीलाई जानकारी गराउने र अदालतको मुद्दा फिर्ता भएपछि समस्या समाधान हुने दाबी गरे । यद्पयी एनओसीको निर्वाचनका क्रममा अन्य धेरै समस्याहरु उत्पन्न भएका थिए । तर एनओसी अध्यक्ष देवीले पाँच संघले हालेको मुद्दालाई केन्द्रमा राख्दै अरु सबै त्यसैको बाई प्रडक्ट भएको बताए ।

एनओसीको निर्वाचनमा सहभागि भएको र निर्वाचन पनि नगरेका संघलाई राष्ट्रिय खेलकुद परिषदले स्पष्टीकरण सोधेको छ भने जीवनरामको नेतृत्वको एनओसी टिमबाट ५ जनाले राजीनामा नै दिएको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...