मुख्य समाचार
रुसी सेनाले कुस्र्क क्षेत्रको प्रमुख सहर सुड्झालाई पुनः कब्जा गरे
रुसी सेनाले कुस्र्क क्षेत्रको प्रमुख सहर सुड्झालाई पुनः कब्जा गरे

— रुसी सेनाले कुस्र्क क्षेत्रको प्रमुख सहर सुड्झालाई पुनः कब्जा गरेको छ । जुन पहिले युक्रेनको नियन्त्रणमा थियो । रुसी रक्षा मन्त्रालयले उत्तरी समूहका सेनाका एकाइहरूले आफ्नो आक्रामक कारबाहीको क्रममा मेलोभोई, पोडोल र सुड्झाका बस्तीहरू मुक्त कब्जा गरेको बताएको छ ।


अगस्ट २०२४ मा सीमापार आक्रमण भएदेखि युक्रेनी नियन्त्रणमा रहेको सुड्झा कुस्र्क क्षेत्रमा युक्रेनको सञ्चालनका लागि आपूर्ति सुरक्षित गर्ने महत्त्वपूर्ण स्थान हो ।


क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार कुस्र्क क्षेत्र पुनः कब्जा गर्ने रूसी सैन्य कारबाही अन्तिम चरणमा प्रवेश गरेको बताए । रुसी सेना प्रमुख भ्यालेरी गेरासिमोभका अनुसार रुसी सेनाले कुस्र्क क्षेत्रमा १ हजार १ सय वर्ग किलोमिटरभन्दा बढी भूभाग पुनः प्राप्त गरेको छ । जुन पहिले युक्रेनले कब्जा गरेको क्षेत्रफलको ८६ प्रतिशतभन्दा बढी हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपेली संघ (ईयू) का प्रमुख सदस्य राष्ट्रहरू एकजुट भएका छन्। उनीहरूले ब्रसेल्सलाई कडा व्यापार नीति ल्याउन दबाब दिइरहेका छन्। यो नीति चिनियाँ शैलीको अत्यधिक औद्योगिक उत्पादन (ओभरक्यापासिटी ) संगको प्रतिष्पर्धामा केन्द्रित छ। यस नयाँ नीतिमा आकस्मिक महसुल द्रुत रूपमा लगाउने योजना छ। यसमा बृहत्तर सुरक्षा उपायहरू समावेश छन्। साथै, नियम छल्ने प्रवृत्तिलाई रोक्न नयाँ शक्तिहरू थपिने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वी देशहरू र पाकिस्तानका नेताहरूसँग ’कन्फरेन्स कल’ गरेका छन् । उनले ती देशहरूलाई इजरायलसँगको सम्बन्ध सामान्य बनाउन ‘अब्राहम सम्झौता’ मा सहभागी हुन आग्रह गरेका छन्। वासिङ्टन र तेहरानबीच जारी युद्ध अन्त्यका लागि शान्ति सम्झौता भएमा यो कदम चाल्न उनले प्रस्ताव गरेका हुन् । दुई अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै न्यूज पोर्टल ‘एक्सिओस’ ले ...
मलेसियाको सरकारी ऊर्जा कम्पनी पेट्रोनासको एक जहाजबाट खसेर तीन जना मजदुरको मृत्यु भएको छ । आइतबार दिउँसो कम्पनीको ‘एफएसओ सेपात’ नामक फ्लोटिङ स्टोरेज एन्ड अफलोडिङ जहाजमा लाइफबोट मर्मत गर्ने क्रममा मजदुर समुद्रमा खसेका थिए । जहाज मलेसियाको पूर्वी तटीय राज्य तेरेङ्गानुआ नजिकै समुद्रमा रहेको थियो । मर्मतका क्रममा लाइफबोट समुद्रमा खस्दा तीन जना कामदारको मृत्यु भएको छ। ...
: रुसले युक्रेनमाथि ठूलो आक्रमण गरेको छ । रुसले युक्रेनमाथि सयौं ड्रोन र दर्जनौं मिसाइल प्रहार गरेको जनाएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले राजधानी कीएभ मुख्य निशानामा परेको बताएका छन्, तर अन्य क्षेत्रहरूलाई पनि लक्ष्य बनाइएको थियो । यी आक्रमणमा कम्तीमा ८३ जना घाइते भएका छन् । कीएभ र वरपरका क्षेत्रमा चार जनाको मृत्यु भएको ...
: अमेरिका, इजरायल र इरानबीच जारी युद्ध अन्त्य हुन सक्ने सम्झौताको आशामा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ भने एसियाली सेयर बजारमा वृद्धि देखिएको छ। शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान (इरान) सँगको सम्झौताका लागि 'धेरैजसो वार्ता' भइसकेको र यसको विस्तृत विवरण चाँडै घोषणा गरिने बताएका थिए। यद्यपि, भोलिपल्टै उनले आफ्नो वार्ता टोलीलाई सम्झौताका लागि ...