मुख्य समाचार
पाकिस्तानमा बन्धक बनाइएका ३४६ रेल यात्रु मुक्त
पाकिस्तानमा बन्धक बनाइएका ३४६ रेल यात्रु मुक्त

— पाकिस्तानको बलुचिस्तान प्रान्तमा सशस्त्र विद्रोहीले रेलमा आक्रमण गरेर बन्धक बनाएकामध्ये कम्तीमा ३ सय ४६ यात्रुलाई सुरक्षाकर्मीले मुक्त गराएका छन् । पाकिस्तानी सेनाले बन्धक मुक्त गराउने क्रममा ३३ विद्रोहीे मारिएका र उद्धारका लागि सञ्चालित कारबाही सम्पन्न भएको जनाएको छ ।


पाकिस्तानी सेनाका अनुसार आक्रमणकारीविरुद्ध सुरक्षा कारबाही सुरु हुनुअगाडि नै रेलमा सवार २७ सर्वसाधारण र चार सैनिकको मृत्यु भएको थियो । तर पाकिस्तानी सञ्चारमाध्यमले कम्तीमा ३० सुरक्षाकर्मी मारिएको उल्लेख गरेका छन् ।


उद्धारका क्रममा घाइते भएका ३७ यात्रुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । पाकिस्तानी रेल अधिकारीका अनुसार रेलमा ४ सय ४० यात्रु थिए । पाकिस्तानी सेनाले उक्त घटनाका योजनाकारहरू अफगानिस्तानमा रहेको आरोप लगाएको छ । विद्रोही समूह बलुचिस्तान लिबरेसन आर्मी (बीएलए) ले मंगलबार क्वेटाबाट पेसावर जाँदै गरेको जाफर एक्सप्रेस रेलमा आक्रमण गरेर कैयौं यात्रुलाई बन्धक बनाएका थिए । क्वेटास्थित रेल अधिकारीका अनुसार मंगलबार ११ बालबालिका र २६ महिलासहित ८० यात्रु भने रेलबाट ओर्लिएर घर फर्किएका थिए । सैनिक अधिकारीका अनुसार रेलमा क्वेटाबाट चढेका सयभन्दा बढी सैनिक थिए ।

बीएलएले विज्ञप्तिमार्फत रेलमा आक्रमण गर्नुअघि दुर्गम सीबी जिल्लास्थित रेल पटरीमा बम विस्फोट गराएको जनाएको छ । बीएलएले आफूले नियन्त्रणमा लिएकालाई उद्धार गर्ने प्रयास गरेको खण्डमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएको थियो । आक्रमणकारीले बलोच राजनीतिक बन्दीहरूलाई ४८ घण्टाभित्र मुक्त गर्नुपर्ने माग राखेका थिए ।

बलुचिस्तानको स्वतन्त्रताका लागि दशकौंदेखि विद्रोह गर्दै आएको बीएलएले प्रहरी स्टेसन, रेलमार्ग र राजमार्गलाई लक्षित गर्दै आएको छ । गत अगस्टमा उनीहरूले बलोचिस्तान प्रान्तस्थित एउटा राजमार्गमा बस र ट्रकबाट मानिसलाई बाहिर निकालेर परिचयपत्र जाँच्दै गोली हानेका थिए । उक्त घटनामा कम्तीमा ३९ जनाको ज्यान गएको थियो । तर पछिल्लो समय भने बीएलएले बलोचिस्तानमा सञ्चालित परियोजनामा कार्यरत चिनियाँ नागरिकलाई निसाना बनाउन थालेको छ । सन् २०११ देखि भने यो समूहले पाकिस्तानी सुरक्षा निकाय, विदेशी कामदार, सरकारी कर्मचारी र पत्रकारमाथि आक्रमण गर्दै आएको छ । बीएलएलाई पाकिस्तानका साथै बेलायत र अमेरिकासहित धेरै पश्चिमी देशले आतंकवादी संगठन घोषणा गरेका छन् ।


सन् १९६४ मा सिरियाको दमास्कसमा स्थापना भएको बलोचिस्तान लिबरेन फ्रन्ट (बीएलएफ) सुरुमा इरानी बलोच विद्रोहमा संलग्न भएको थियो । इरानी बलोचहरूले त्यहाँको सरकारविरुद्ध विद्रोह गरेका थिए । पाँच वर्षको द्वन्द्वपछि इरानको शाहविरुद्धको विद्रोह वार्तामार्फत अन्त्य भएको थियो । त्यसलगत्तै अन्य बलोच संगठनहरूसँगै बीएलएफले पनि पाकिस्तान सरकारविरुद्ध गतिविधि गर्न थालेको हो । सन् १९७० को दशकदेखि यी संगठनहरूले अफगानिस्तानमा शरण लिएर गतिविधि गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...