मुख्य समाचार
नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई १९३ रन अन्तरले हराउँदै प्रधानमन्त्री कपमा लगातार चौथो जीत
नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई १९३ रन अन्तरले हराउँदै प्रधानमन्त्री कपमा लगातार चौथो जीत

— उपाधि दाबेदारी देखाइरहेको नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई १९३ रन अन्तरले हराउँदै प्रधानमन्त्री कपमा लगातार चौथो जीत निकालेको छ ।


लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार पुलिस क्लबले दिएको २८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश प्रदेशको टिम ९५ रन बनाउँदै २६ दशमलव १ ओभरमा अलआउट भएपछि १९३ रनको सहज जित निकालेको हो ।


मधेश प्रदेशलाई सस्तैमा समेट्न खेलमा ललित नारायण राजवंशीले सानदार बलिङ गरेर महत्त्वपूर्ण ५ विकेट लिए ।

पहिलो ओभरको पाँचौं बलमा कप्तान अनिलकुमार साहलाई करण केसीले बोल्ड गर्दै ४ रनमा पेभेलियन फर्काएपछि सुरु भएको विकेट पतन २६ दशमलव १ ओभरमा सकियो ।

मधेशका दिपेश दासले ५९ बल खेल्दै १ छक्का र २ चौकाको मद्दतमा ३१ रन बनाए । रुपेश सिंहले १६ रन र विशाल पटेलले १३ रन बनाए । हरिशंकर शाहले ३ रन, रोशन विकले ८ रन, पवन सर्राफले ३ रन, निखिल सिंहले ७ रन र कमल गुप्ताले १ रन बनाए । अरु खेलाडीले खाता नै खोल्न सकेनन् ।

ललितले ९ दशमलव १ ओभर बलिङ २ मेडनसहित २८ रन खर्चेर पाँच विकेट लिए । उनले मयन यादव, हरिशंकर शाह, रोशन विक, दिपेश दास र पवन सर्राफको विकेट लिए । यस्तै, कुशल भुर्तेलले ३ ओभर बलिङ गर्दै २ मेडनसहित १२ रन दिएर २ विकेट लिए । पुलिसका करण केसी, सागर ढकाल र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिए ।

टिमलाई भारी रन अन्तरले जिताउन महत्त्वपूर्ण भूमिका खेलेका ललितनारायण राजवंशी 'प्लेयर अफ द म्याच' भए ।



यसअघि, नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरीले कप्तानी पारी खेल्दै ६३ रन बनाएपछि मधेश प्रदेशको टीमलाई २८९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

पुलिस क्लबले २८८ रन बनाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २८८ रन बनायो । प्रतियोगितामा अहिलेसम्मकै उच्च रन बनाउन कप्तान दीपेन्द्रसिंह ऐरीले विस्फोटक पारी खेले । उनले ३६ बल खेल्दै ४ छक्का र ५ चौकाको मद्दतमा ६३ रन बनाउँदै विशाल पटेलको बलमा निखिल सिंहको हातबाट क्याच आउट भए ।

यसैगरी आरिफ शेखले ५४ बलमा १ छक्का र ४ चौकाको मद्दतमा ५५ रन बनाउँदै विशाल पटेलकै बलमा कप्तान अनिल साहको हातबाट क्याच आउट भए ।

दीलिप नाथ ४५ रनमा कमल गुप्ताको बलमा एलबीडब्लूको सिकार भए । ओपनर अर्जुन साउदले ४७ रनमा रञ्जित कुमारको बलमा मयन यादवले क्याच आउट गरे ।

पुलिस क्लबका शंकर रानाले २७ रन, रासिद खानले १४ रन र कुशल भुर्तेलले ११ रन बनाए ।

पहिलो विकेटका रुपमा कमल गुप्ताले आठौं ओभरको पहिलो बलमा स्पम्पिङ आउट गर्दै ब्रेकथ्रु गरेपनि तेस्रो विकेटका लागि मधेशका खेलाडीलाई संघर्ष गर्नुपर्‍यो ।

तेस्रो विकेटका लागि दीलिप नाथ र आरिफ शेखले ५० रनको साझेदारी गरे । यसैगरी दीपेन्द्र र आरिफ बीचको ३२ बलमा ५० रनको अर्को साझेदारी बनेको थियो ।

मधेश प्रदेशका लागि रुपेश सिंहले ८ दशमलव ५ ओभरमा ६२ रन दिएर ४ विकेट लिए । विशाल पटेलले ९ ओभरमा ५७ रन खर्चेर ३ विकेट लिँदा कमल गुप्ताले १० ओभर बलिङ गर्दै ५७ रन दिएर २ विकेट लिए ।

रञ्जित कुमारले ७ ओभरमा १ मेडनसहित ४० रन खर्चेर १ विकेट लिए । यो जितसँगै पुलिस क्लब चार खेलमा अपरााजित हुँदै ८ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

मधेश प्रदेश भने ३ खेलमा १ मा जित र दुईमा हार व्यहोर्दै २ अंकका साथ छैठौं स्थानमा झरेको छ ।

यसअघि शुक्रबार भएको खेलमा पुलिसले एपीएफलाई दुई विकेटले हराउँदा ललित नारायण राजवंशीले ७ विकेट लिएका थिए । विभागीय टिम पुलिस क्लबले शुक्रबार डर्बी एपीएफलाई २ विकेटले हराउँदा यसअघि कोशी प्रदेशलाई १५४ रन र लुम्बिनी प्रदेशलाई ८७ रनले हराउँदै पिएम कपको दाबेदारी देखाइरहेको छ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगिता अन्तर्गत अब आइतबार लुम्बिनी प्रदेश र बाग्मती प्रदेश टमबीच बिहान ९ बजे देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल हुनेछ ।

३ विभागीय टीम आर्मी क्लब, एपीएफ क्लब र पुलिस क्लबसहित सात प्रदेश टिमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलिरहेका छन् ।

दाङसहितमा रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरु भएको प्रतियोगिताका खेलहरु राउण्ड रोविनका आधारमा भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी ...
। नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको ...
। एबेरेची एजेले ह्‍याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो । एजेको ह्‍याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे । खेलको ३६औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका ...