मुख्य समाचार
इराक र सिरियामा इस्लामिक स्टेट (आईएस) का वरिष्ठ नेता अब्दुल्ला मक्की मुस्लीह अल-रिफा मारिएको घोषणा
इराक र सिरियामा इस्लामिक स्टेट (आईएस) का वरिष्ठ नेता अब्दुल्ला मक्की मुस्लीह अल-रिफा मारिएको घोषणा

। इराकका प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीले इराक र सिरियामा इस्लामिक स्टेट (आईएस) का वरिष्ठ नेता अब्दुल्ला मक्की मुस्लीह अल-रिफा मारिएको घोषणा गरेका छन्।

इराकी नेशनल इन्टेलिजेन्स सर्भिस र अमेरिकी नेतृत्वको गठबन्धन सेनाले संयुक्त रूपमा सञ्चालन गरेको विशेष अपरेसनमा अबू खादीजा भनेर चिनिने अल-रिफाको मृत्यु भएको दाबी गरिएको हो।




प्रधानमन्त्री सुदानीका अनुसार अबू खादीजालाई ‘इराक र विश्वकै सबैभन्दा खतरनाक आतंककारीमध्ये एक’ मानिन्थ्यो।

अमेरिकी सेनाले के भन्यो ?

अमेरिकी सेन्ट्रल कमाण्डले सामाजिक एक्समा एक भिडियो सार्वजनिक गर्दै यो आक्रमण बिहीबार इराकको पश्चिमी अल-अनबार प्रान्तमा गरिएको जानकारी दिएको छ।

सेन्ट्रल कमाण्डका अनुसार अबू खादीजा आईएसको निर्णय गर्ने सर्वोच्च निकायका प्रमुख थिए र उनी संगठनका वैश्विक अभियान, रसद आपूर्ति र योजनाका मुख्य जिम्मेवार व्यक्ति थिए।

साथै, आईएसका लागि ठूलो आर्थिक कोषको व्यवस्थापन पनि उनीबाट नै भइरहेको अमेरिकी सेनाको भनाइ छ।

ट्रम्पको प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस कारबाहीलाई अमेरिकी सेनाको सफलताको रूपमा चित्रित गर्दै भनेका छन्, ‘हाम्रा निडर सैनिकहरूले निरन्तर उनको पिछा गरे ।’

यस कारबाहीलाई अमेरिकी नेतृत्वको आईएसविरुद्धको दीर्घकालीन रणनीतिको निरन्तरता मानिएको छ। विगतमा पनि अमेरिकी सेनाले आईएसका शीर्ष नेताहरूलाई लक्षित गर्दै विशेष अभियान सञ्चालन गर्दै आएको छ।

यस घटनाले इराक, सिरिया र समग्र मध्यपूर्वमा आतंकवादविरुद्धको लडाइँमा नयाँ प्रभाव पार्ने सम्बद्ध पक्षको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानले गाजामा सेना पठाउने चर्चा चलिरहेको छ। बीबीसी उर्दूका अनुसार यस सम्बन्धमा सोधिएको प्रश्नमा पाकिस्तानका सैन्य प्रवक्ता अहमद शरीफले सरकारले कुन संरचनाअन्तर्गत सेना पठाउने भन्ने कुरामा निर्भर हुने बताए। शान्ति सम्झौताअन्तर्गत पाकिस्तानले गाजामा सेना पठाउने कि नपठाउने भन्ने बारेमा मिडियामा बहस चलिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०-बुँदे शान्ति योजनाले गाजामा स्थिरता र ...
— तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसनले कडा सुरक्षाबीच दोस्रो कार्यकालका लागि शपथ लिएकी छिन् । शनिबार सार्वजनिक मतपरिणामअनुसार ९८ प्रतिशत मत ल्याएर उनी विजयी भएकी हुन् । यद्यपि, विपक्षीहरूले यसलाई झुठो र देखावटी निर्वाचनका रुपमा टिप्पणी गरेका छन् । अधिकांश विपक्षी दलहरूले यस निर्वाचनमा सहभागिता जनाएका थिएनन् । कतिपय विपक्षीलाई सहभागी हुनबाट रोक लगाइएको थियो ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन एबीएस न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि उत्सुक रहेको दाबी गरेका हुन् । उनले भने, ‘निश्चय नै उनीहरूले भन्ने छैनन्, उनीहरूले यस्तो भन्नु पनि हुँदैन, कुनै पनि कुशल वार्ताकारले यस्तो भन्दैनन् तर, इरान सम्झौताका लागि निकै उत्सुक छ ।’ हालैका ...
। भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले व्यवसायी अनिल अम्बानीको स्वामित्वमा रहेका रिलायन्स ग्रुप सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ । ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दामा रिलायन्स ग्रुप अन्तर्गतका ४० वटा कम्पनीको सम्पत्ति जफत गरेको इन्डियन एक्सप्रेस जनाएको हो । ईडीले मुम्बईस्थित अनिल अम्बानीको निजी घर, दिल्लीको रिलायन्स सेन्टर, र दिल्ली, ...
। बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरुले बताएका छन् । ८० वर्षीया खालिदा जियाले चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उनको भनाइ छ। उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको ...