मुख्य समाचार
सभामुख घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँग प्रभावकारी सहकार्य आवश्यक रहेको बताए
सभामुख घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँग प्रभावकारी सहकार्य आवश्यक रहेको बताए

— सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँग प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन् । काठमाडौंमा शनिबार फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसोलिजमले आयोजना गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) र नेपाल चीन सहकार्यसम्बन्धी ‘काष्ठमण्डप डायलग’मा सभामुख घिमिरेले उक्त धारणा राखेका हुन् ।


नेपालमा चीनको लगानी सम्भावनालाई सही रूपमा पहिचान गरी बीआरआईअन्तर्गत नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्ने पनि सभामुख घिमिरेको भनाइ थियो ।


'नेपाल-चीन सम्बन्ध केबल व्यवसायिक वा आर्थिक सहयोगमा सिमित छैन, सांस्कृतिक, शैक्षिक तथा प्राविधिक हस्तान्तरणका क्षेत्रमा पनि उल्लेख्य योगदान पुर्‍याउन सक्छ,' सभामुख घिमिरेले भने, 'नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक छ । नेपालमा रहेका लगानी सम्भावनालाई सही रुपमा पहिचान गरी बीआरआईअन्तर्गत नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्छ ।’

सभामुख घिमिरेले नेपाल एक चीन सिद्धान्तलाई दृढतापूर्वक पालना गर्नुका साथै यसप्रतिको नेपालको प्रतिबद्धता बलियो रही आएको पनि बताए । बीआरआईमार्फत् नेपाल र चीनबीचको सहकार्य अझै मजबुत भएको उनको भनाइ थियो ।

चीन नेपालको विकासका लागि महत्त्वपूर्ण साझेदार रहेको पनि घिमिरेले बताए । 'चीन विगत लामो समयदेखि नेपालको एक भरपर्दो र महत्त्वपूर्ण विकास साझेदार मुलुकको रुमपा रही आएको छ । नेपाल सरकार र नेपाली जनता चिनियाँ सरकार र जनताका तर्फबाट नेपालको विकासमा हुँदै आएको सहयोग र सहकार्यका लागि आभारी रहेका छन्,' उनले भने, 'नेपाल र चीनको ऐतिहासिक सम्बन्ध, आपसी विश्वास, समझदारी र मैत्रीपूर्ण सहकार्यमा आधारित छ ।'

नेपाल सन् २०२६ भित्र अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुन लागेको बताउँदै सभामुख घिमिरेले सहज स्तरोन्नति र त्यसको दीगोपनाका लागि चीनबाट महत्त्वपूर्ण सहयोग रहने अपेक्षा रहेको सभामुखले बताए ।

नेपालले आफ्नो भौगोलिक अवस्थितिलाई उपयोग गर्दै ‘ट्रान्जिट हब’का रुपमा स्थापित हुनसक्ने औंल्याउँदै यसका लागि दुवै देशबीच भौतिक पूर्वाधार विकास सडक, रेलमार्ग, ऊर्जा, सूचना प्रविधि तथा व्यापारिक सहकार्यलाई प्रवर्धन गर्नुपर्नेमा सभामुखले जोड दिए ।



सात दशकअघि कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्ध निरन्तर विकसित र सुदृढ हुँदै आएको सभामुखले बताए । 'हाम्रो नीति शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त अर्थात् पञ्चशीलद्वारा निर्देशित छ । दुई देशबीचको सुमधुर सम्बन्धलाई थप सुदृढ र घनीभूत तुल्याउँदै लैजान हामी सदा तत्पर रहँदै आएका छौँ,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नहुने बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो फोटो जलाएको विषयमा राप्रपा युवा नेता निराजन बमलाई पक्राउ गरेपछि उनले यस्तो बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन।’ प्रचण्डको फोटो जलाउने राप्रपा ...
। नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले पहिलो महाअधिवेशन चैत्र ८ र ९ गते गर्ने भएको छ । २०६३ सालमा गठन भएको संस्थाले १८ वर्षमा पहिलो महाअधिवेशन गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलन गरेर प्रचार संयोजक माधव चौलागाईंले देशभरबाट एक हजार बढी प्रतिनिधि सहभागी हुने जानकारी गराए । केन्द्रीय कार्यालय सानेपामा हुने पहिलो महाधिवेशनको ...
: काठमाडौंको शान्तिनगरमा एक पुरुषको शव फेला परेको छ। शान्तिनगरस्थित कोरियन्टर गार्डेन नजिकै एक पुरुषको शव फेला परेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ। प्रहरीका अनुसार उक्त शव रामेछाप लिखु-६ नागी घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका सोनाम लामको रहेको छ। उनको शव आइतबार साँझ साढे ६ बजे फेला परेको प्रहरीको भनाइ छ। घटनास्थलको मुचुल्का गरेर शवलाई ...
। स्ववियु निर्वाचनका लागि पद्म कन्या क्याम्पसमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विद्यार्थी संगठनले चुनावी तालमेल गरेका छन् । एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्रको अखिल (क्रान्तिकारी) बीच चुनावी गठबन्धन बनेको हो । अनेरास्ववियुबाट चार पद लिने सहमति बनेको अध्यक्षको उम्मेदवार सुनिता घिमिरेले जानकारी गराइन् । अखिल क्रान्तिकारीबाट सचिवमा सदीक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा ...
: स्कुल बसको ठक्करबाट आइतबार साँझ मोरङमा १ जना बालिकाको मृत्यु भएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार सुनवर्षी नगरपालिका–१ कमलपोखरीस्थित भित्री सडक खण्डमा प्याराडाइज बोर्डिङ स्कुलको ना ४ ख ८८४३ नम्बरको बसले दुर्घटना गराएको हो। साइकलमा यात्रा गरिरहेकी बालिकालाई स्कुल बसले ठक्कर दिएको उनले बताए। जोशीले दुर्घटनामा परेर सुनवर्षी–१ का राजकुमार परियारकी ...