मुख्य समाचार
नेकपा एकीकृत समाजवादीले सुशासन, रोजगारीलगायत विषयकेन्द्रित देशव्यापी समाजवादी अभियान सुरु
नेकपा एकीकृत समाजवादीले सुशासन, रोजगारीलगायत विषयकेन्द्रित देशव्यापी समाजवादी अभियान सुरु

। नेकपा एकीकृत समाजवादीले सुशासन, रोजगारीलगायत विषयकेन्द्रित देशव्यापी समाजवादी अभियान सुरु गरेको छ ।

आगामी २२ वैशाखसम्म सञ्चालन हुने अभियानमा विभिन्न क्षेत्रका संघ, संगठन तथा व्यक्तिहरूसँग वडा, गाउँ, प्रदेश र केन्द्रस्तरमा छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

अभियानका क्रममा शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधारलगायत क्षेत्रमा विज्ञबाट सुझाव सङकलन गरिने छ । जनताका विकासका चाहना पूरा नभएका बेला उनीहरूका असन्तुष्टि सम्बोधन गर्न तथा देशको वर्तमान अवस्थाबारे उनीहरूलाई अवगत गराउन अभियान उपयोगी हुने विश्वास उनले व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘सगरमाथा संवाद’ मा विश्वका विभिन्न देशका ३ सय ५० जनाभन्दा बढीलाई निमन्त्रणा गरिने भएको छ । सगरमाथा संवाद हुन करिब दुई महिना बढीको समय बाँकी रहँदा आइतबार सरकारले सगरमाथा संवादबारे जानकारी गराएको हो । आगामी वर्ष २०८२ को जेठ २—४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम हुँदैछ । परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले सगरमाथा संवादमा विभिन्न देशका ३ ...
: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले अहिलेको व्यवस्था जनतालाई नभइ सिमित नेताहरूलाई चाहिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले पछिल्लो १६ वर्षको अवधिमा अहिलेको व्यवस्थाले जनताको अवस्था परिवर्तन नभएको भन्दै सिमित नेताहरलाई मिलेर खानलाई अहिलेको व्यवस्था चाहिएको दावी गरे। उनले प्रजातन्त्रसहितको राजतन्त्र आफूहरूको मुद्दा भएकाले राष्ट्रपतिको स्थानमा राजा राख्ने व्यवस्था आवश्यक ...
। चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) मा कामको खोजीमा झन्डै साढे ५ लाख युवाले देश छाडेका छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुनमा मात्र ६८ हजार ९ सय ६३ युवाले श्रम स्वीकृति लिएका छन् । योसँगै यस वर्ष कुल ५ लाख ३४ हजार ४ सय ७१ युवाले देश छाडेको देखिन्छ । यो संख्या गत ...
: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मुलुकलाई असफल राष्ट्रबाट हुनबाट जोगाएको दावी गरेका छन्। विज्ञापन बोर्डले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले वर्तमान सरकार गठन भएपछि अपेक्षित काम गर्न नसकेपछि पहिलो काम मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाएको बताएका हुन्। उनले पुराना ऐन कानुनले सुशासन कायम हुन नसकेको,राजस्व संकलन हुन नसकेको,व्यवसाय प्रवद्र्धनमा समस्या देखिएको ...
। नेपालमा पर्यटन प्रवर्द्धन र नवप्रवर्तन प्रोत्साहित गर्ने उद्देश्यले ‘पर्यटन परियोजना प्रदर्शनी २०२५’ हुने भएको छ । एलिसन हस्पिटालिटीको आयोजना र काफल्सको व्यवस्थापनमा सञ्चालन हुने यो प्रदर्शनी आगामी १५, १६ र १७ वैशाखमा काठमाडौंमा हुनेछ । ‘नेक्स्ट–जेन टुरिज्म : फिल्ड टु फ्युचर’ नारासाथ आयोजना गरिने तीन दिने कार्यक्रममा ५ विद्यार्थीको समूहमा १० समूहले प्रतिस्पर्धा गर्दै पर्यटन क्षेत्रका ...